
नेपालगन्ज, १४ जेष्ठ – भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु माथि कुटपिट आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्लीराज रावतका भाइहरु मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।
देशभरीबाट चौतर्फी दबाव सृजना भएपछि पहिला सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँके दबाव पछि ज्यान मुर्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको स्रोतको दाबी रहेको छ ।
मुद्दा दर्ता गरिकाहरुले बिहिवार राती ८ बजे भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आक्रमण गरी कुटपिट गर्नुका साथै अस्पताल भित्र आईसीयुमा रहेको स्वास्थ्य सामाग्रीहरु समेत तोडफोड गरेका थिए । उनीहरुले स्वास्थ्यकर्मीहरुलाई कुटपिट गरेपछि आफूलाई जोगाउन शौचालय भित्र पसी शिसा फोडी छतबाट हाम फालेर बचेको पीडित स्वास्थ्यकर्मीले बताईएकी छन् ।

