पोखरेल सृजनशील पत्रकारिता पुरस्कारबाट सम्मानीत
नेपालगन्ज, २५ अषाढ – आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेश बुटवलद्वारा बाँकेका पत्रकार अछरी पाखरेल सम्मानित भएकी छन् । विगत २१ बर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पोखरेल महिला संचार साप्ताहिक बाँकेका सम्पादक÷प्रकाशक हुन् ।नेपाल पत्रकार महासंघ बाँकेमा पटक–पटक केन्द्रिय पार्षद रहेकी पोखरेल क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष, केन्द्रिय सदस्य हुँदै प्रेस चौतारी नेपालका जिल्ला सदस्य, अन्चल अध्यक्ष, केन्द्रिय सदस्य हँदै प्रेस चौतारी नेपालका केन्द्रिय कोषाध्यक्ष भएर काम गरी सकेकी छिन् । उनी विगत १६ बर्षदेखि महिला संचार साप्ताहिक पत्रिकामा सम्पादक भएर काम गरिरहेकी छन् । २०६० सालमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेकी पोखरेल साप्ताहिक पाक्षीक संजाल बाँकेकी अध्यक्ष हुन् ।
यसैगरी बरिष्ठ पत्रकारिता पुरस्कार दाङका पत्रकार सुसिल गौतमलाई लुम्बिनी प्रदेश सरकारले अग्रज ...








