Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

दुई दिने जेसी कार्यशाला

दुई दिने जेसी कार्यशाला

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १८ अषाढ – बाँके डुडुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूल प्रवाहीकरण सम्वन्धी दुई दिने कार्यशाला शुरु भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बनी प्रदेशको सहयोगमा डुडुवा गाउँपालिकाले आज शुक्रबारदेखि दुई दिने कार्याशाला शुरु गरेको हो । गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण जेसीको अवधारणालाई कार्यन्वयन गर्न स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न लागिएको हो । कार्यशालामा अधिवक्ता विश्वजित तिवारीले सहजीकरण गर्नुभएको छ । यो कार्यशाला पश्चात गाउँपालिकामा जेसी फोकल पर्सन चयन, जेसी निती निर्माण, समिति निर्माण गरि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना निर्माण गरिएको छ । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले गाउँपालिकालाई जेसी नितिको आवश्यकता रहेको भन्दै यो कार्यलाई...
बिद्युत प्राधिकरणसँग सूचना माग

बिद्युत प्राधिकरणसँग सूचना माग

CoVid19, अपराध, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ अषाढ – बिद्युत अनियमितताका बिषयमा आज सूचना माग गरिएको छ । नेपालगन्ज लोडसेडिंग मुक्त हुँदा पनि दिनहुँ बिद्युत सेवा अनियमित हुन थालेपछि नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रसँग सूचना माग गरिएको हो ।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम सूचना माग गर्दै स्थानीय युवाहरुले नेपालगन्ज बितरण केन्द्रमा निवेदन दर्ता गराएका हुन् । फोटोः गुगलबाट नेपालगन्ज १२ का नमस्कार शाह, लुना बुढाथोकी, मुना बिष्ट नेपालगन्ज २२ का शिवकुमार बर्मा, लोकबहादुर घर्ती मगर र नेपालगन्ज १० का हेमराज भट्टले सूचना माग गर्दै निवेदन दर्ता गराएका हुन् ।उनीहरुले बिद्युतसँग माग गरेका सूचनाहरुमा नेपालगन्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण, एक दिनमा बिद्युत सेवा अवरुद्ध हुने समय, समस्या समाधानका लागि गरिएको प्रयास, बिद्युत सेवा अवरुद्ध हुने बारेको सूचना प्रवाह सम्वन्धि विवरण, गुना...
धुम्रपान दिवसमा डकुड्रामा उत्पादन

धुम्रपान दिवसमा डकुड्रामा उत्पादन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ अषाढ – मे ३१ मा मनाईने बिश्व धुम्रपान रहित दिवसको सन्दर्भ पारेर बासले धुम्रपान बिरुद्ध सन्देशमुलक डकुड्रामा उत्पादन गरेको छ ।धुम्रपान बिरुद्ध सन्देश प्रबाह गर्ने उद्देश्यले उत्पादन गरिएको साथि नामक डकुड्रामा आज सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, बाँके र खजुरा गाउँपालिकाको सहयोगमा तयार पारिएको श्रव्य दृश्य २० मिनेटको रहेको छ ।धुम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, त्यसको प्रयोगबाट पुग्ने असर लगायतका बिषयमा केन्द्रित साथी नामक श्रव्य दृश्यमा मन भण्डारी, जस्मिन शाह, शोभा थापा मगर, लोकबहादुर घर्ती, श्रुती चौधरी, दिला शाह, सरिता बि.क., अशोक रावल, तपेन्द्र मलातीले अभिनय गरेका छन् । मन भण्डारीको कथा, लोकबहादुर घर्ति मगरको निर्देशनमा सो श्रव्य दृश्य उत्पादन भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराउनु...
अभिभावक सचेतना कार्यशाला

अभिभावक सचेतना कार्यशाला

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ अषाढ – बालबालिकाहरुको भविष्य निर्माणमा अभिभावकको भुमिकालाई प्रभावकारी बनाउन नेपालगन्जमा अभिभावक सचेतना कार्यशाला गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको कार्यशालामा बालबालिकाको शिक्षा, ज्ञान सिकाउनमा अभिभावकको जिम्मेवारी र भुमिकाका बारेमा जानकारी गराइएको थियो । कार्यशालामा बालबालिकाको शिक्षा, विद्यालय, घरभित्रको बाताबरण, अभिभावकको समय व्यवस्थापन, जिम्मेवारी तथा दायित्व, बालमनोविज्ञान, विभिन्न कुलतमा फस्नबाट बचाउन, सकरात्मक सोचको विकासतर्फ उत्प्रेरित गर्ने लगायतका विषयमा सिविन नेपालगन्ज प्रमुख सिद्धराज पनेरु, शिक्षा विज्ञ कृष्णमुरारी प्रसाद भट्ट र पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कार्यबाहक वडाध्यक्ष नरबहादुर विष्ट, कार्यपालिका सदस्य बसन्ता जोशी,...
चुनौती र अवसरका बीच प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

चुनौती र अवसरका बीच प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

CoVid19, अपराध, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – बाँकेको मुटु भनी चिनिने गरेको सदर मुकाम नेपालगन्जलाई अवसर र चुनौतीको रुपमा लिन सकिन्छ । सोही अवसर र चुनौती कै बीच कोही नाम गरेर जाने गरेका उदाहरणहरु पाईन्छ भने कोही गुमनाम भई जाने गरेका उदाहरण पाईएको छ ।सोही चुनौती र अवसर कै रुपमा आफूलाई स्थापित गर्न ४ दिन अगाडि बाँके प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी बाँकेको जिम्मेवारी पाउन साथ प्रतिबद्धताको टोकरा सञ्चारकर्मी माझ राखेका छन् प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी । नेपालको राजश्व असुलीमा दोस्रो स्थान प्राप्त नेपालगन्ज भान्सार कार्यालयसँगै जोडिएको सीमानाकामा दैनिक जसो हुने गरेको घटनाहरुलाई नियन्त्रण गर्ने प्रमुख प्रतिबद्धता रहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा आज बुधबार सञ्चारकर्मीहरुसँग भेटघाट गर्ने क्रममा प्रहरी प्रमुख एसपी अधिकारीले प्रतिबद्धता नै प्रतिबद्धत...
खजुराका किसानहरू पुरूस्कृत

खजुराका किसानहरू पुरूस्कृत

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १६ अषाढ - खजुरा गाउँपालिका बाँकेकाे आयाेजनामा धान दिवसकाे अवसर पारी किसानहरूलाई प्राेत्साहन गर्न पुरस्कार वितरण गरिएकाे छ । खजुरा गाउँपालिका कृषि शाखाको आयोजनामा खजुरा गापाका प्रमुख प्रसाशाकीय अधिकृत मणिराम खरालको अध्यक्षतामा असार १५ गते मंगलबार धान दिवसका दिन किसानहरुलाई प्रोत्साहन गर्न बढी अन्न तथा तरकारी उत्पादन प्रतियोगिताका कृषकहरुलाई पुरस्कार वितरण कार्य सम्पन्न गरिएकाे बिनय यादवले बताए । किसान प्रतियाेगिता बारे कृषि शाखा कार्यालय खजुराले प्रकाशन गरेको सुचनाको आधारमा स्थानीय तहको सिफारिस सहित भरेको निबेदन फारम शाखामा दर्ता भए पश्चात प्राबिधिकहरु खेत खेतमा गई वडा सदस्यहरूको रोहबरमा बालि नमुना फरक फरक पलटबात १¬¬२ मिटरको दरले संकलन गरि बाली चुटेरा प्रत्येक पटकको बाली अलग अलग तौल गरिएको थियो र बाली प्रतियोगितामा भाग लिना धान, गहुँ, दलहन मसुरो, टमाटर, च्याउ र आलु बालीहरुलाई प...
१८ औं चार्टर्ड डे सेलिब्रेशन तथा स्थापना समारोह सम्पन्न

१८ औं चार्टर्ड डे सेलिब्रेशन तथा स्थापना समारोह सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – रोट्रयाक्ट क्लब अफ धरान घोपाले आफ्नो १८ औं चार्टर्ड डे सेलिब्रेशन तथा स्थापना समारोह अषाढ १५ गते मंगलबार प्राविधिको उपयोग गर्दै भर्चुअल सफलतापूर्वक सम्पन्न गरेको छ ।हाल कोभिड–१९ कोरोना भाईरसले थल परेको अवस्थामा प्राविधिको भरपुर उपयोग गरी क्लब तथा आमन्त्रित गरी करिब ६० जनाको उपस्थितिका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । भर्चुअल समारोहमा रोटरी कल्ब अफ धरान घोपाका २०÷२१ र २१÷२२ का अध्यक्ष राजेश अग्रवाल, तुलसीप्रसाद जोसी तथा विभिन्न रोट्रयाक्ट क्लबका प्रतिनिधिहरु, ईन्ट्रयाक्टरहरु तथा मिडिया पार्टनरहरुको सहभागिता रहेको बताईएको छ । कार्यक्रम क्लबका सर्जेन्ट आर्टआर्म सिमोन कार्कीद्वारा सुरु गरिएको कार्यक्रम रितिकराज पासवानले होस्ट गरेर कार्यक्रमलाई निरन्तरता प्रदान गरेका थिए । क्लबकी अध्यक्ष रसमिता सुनुवारको स्वागत मन्तव्य सहित क्लबका सचिव सुरज साहले क्लबले १ वर्षभरी ...
बाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव सम्पन्न

बाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव सम्पन्न

CoVid19, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – बाँके जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव “धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि” मूल नाराका साथ अषाढ १५ गते मंगलबार मनाइएको छ ।बाँकेको जानकी गाउँपालिका वार्ड नं.३ करमोहना स्थित हेल्थ पोष्ट नेपालगन्ज नजिक रहेको खेतमा धान रोपाई गरी मनाइएको हो । प्रमख अतिथि भूमि व्यवस्था तथा सहकारी लुम्बिनी प्रदेश मन्त्री विजयबहादुर यादवले जानकी गाउँपालिका वार्ड नं.–३ करमोहनाका सन्तकुमार वर्माको निजी २ विगहा पक्की जगहमा धान रोप्ने मेशीन चलाएर धान रोपाईको उद्घाटन गर्नु भएको थियो ।उद्घाटन गर्दै मन्त्री यादवले १८ वर्षदेखि धान दिवस मनाउँदै आइरहेका छौं, कृषकमा जागरुकता आओस् भनेर प्रदेश भरिमा पर्वको रुपमा धान दिवस मनाइरहेका बताउनुभयो । सचिव डा. रेवती रमण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि विकास निर्देशनालय मुकाम बुटवलकी वर...
शिक्षक महासंघद्वारा ज्ञापन-पत्र

शिक्षक महासंघद्वारा ज्ञापन-पत्र

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ - शिक्षकहरुलाई पनि कोरोना विरुद्धको खोप अविलम्ब लगाइनु पर्ने माग गर्दै नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिले ज्ञापन पत्र बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शमसेर राणा समक्ष मंगलबार नगर क्षेत्र भित्रका शिक्षक तथा उमेर पुगेका विद्यार्थीहरुलाई पनि कोरोना विरुद्धको खोपको व्यवस्था गराउन मागसहित उक्त ज्ञापन पत्र बुझाएको हो । कोरोनाको बढ्दो जोखिममा शिक्षक लगातार रहदै आएकोले पेशागत दायित्व निर्वहनमा खोपले थप बल पुग्ने बताउँदै शिक्षकहरुलाई अविलम्ब खोपको व्यवस्थाको माग गरिएको जनाइएको छ । नगर अध्यक्ष मनोजराजा श्रीवास्तव तथा सचिव केशवराज शर्माको संयुक्त रुपमा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाउँदै सो अवसरमा महासंघ केन्द्रिय सदस्यद्वय द्रोण वली, गणेशा कार्की, प्रदेश सदस्य मीना चन्द, नेपाल शिक्षक परिषद बाँके अध्यक्ष बृजेशबहादुर सिंह, नगरसमितिका पदाधिकारी तथा सद...
गाई-भैंसी पालन गर्ने किसानहरूलाई क्यान वितरण

गाई-भैंसी पालन गर्ने किसानहरूलाई क्यान वितरण

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
जानकी, १४ अषाढ - बाँकेको जानकी गाउँपालिका वडा नं १ का गाई भैसी पालन गर्ने २० जना किसानहरूलाई दुध राख्ने भाँडा (क्यान) वितरण गरिएको छ । लुम्बिनी प्रदेश, मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पशुपालक किसानहरूलाई उक्त दुध राख्ने भाँडा प्रदान गरिएको हो । मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग तथा बिहानी युवा क्लबको आयोजनमा आज सम्पन्न भाँडा वितरण कार्यक्रममा यस पटक दुध बोक्ने १० लिटर भाँडा उपलब्ध गराएको लुम्बिनी प्रदेश सदस्य शाेहराब खानले बताउनुभयो । लुम्बिनी प्रदेश सदस्य खानले स्थानिय किसानहरूको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमहरु मुख्य मन्त्री रोजगार कार्यक्रम अन्तर्गत ल्याइएको बताउनुभयो । मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सदस्य तथा अगुवा खानले प्रत्येक्ष किसानहरूलाई फाइदा पुग्ने र रोजगारी सिर्जना गर्ने यसले काम गरिरहेको...