
नेपालगन्ज, २५ अषाढ – आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेश बुटवलद्वारा बाँकेका पत्रकार अछरी पाखरेल सम्मानित भएकी छन् । विगत २१ बर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पोखरेल महिला संचार साप्ताहिक बाँकेका सम्पादक÷प्रकाशक हुन् ।
नेपाल पत्रकार महासंघ बाँकेमा पटक–पटक केन्द्रिय पार्षद रहेकी पोखरेल क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष, केन्द्रिय सदस्य हुँदै प्रेस चौतारी नेपालका जिल्ला सदस्य, अन्चल अध्यक्ष, केन्द्रिय सदस्य हँदै प्रेस चौतारी नेपालका केन्द्रिय कोषाध्यक्ष भएर काम गरी सकेकी छिन् । उनी विगत १६ बर्षदेखि महिला संचार साप्ताहिक पत्रिकामा सम्पादक भएर काम गरिरहेकी छन् । २०६० सालमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेकी पोखरेल साप्ताहिक पाक्षीक संजाल बाँकेकी अध्यक्ष हुन् ।
यसैगरी बरिष्ठ पत्रकारिता पुरस्कार दाङका पत्रकार सुसिल गौतमलाई लुम्बिनी प्रदेश सरकारले अग्रज पत्रकार सम्मान–२०७७ बाट सम्मानित भएका छन् । त्यसैगरी श्रृजनशिल पत्रकारिता सम्मानबाट रुपन्देहीका हिक्मत चौधरी मरणोपरान्त र गुल्मीका जर्नादन घिमिरे सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्नु भएका सम्मानित चारै जनालाई छनौट गरेको छनौट समितिका संयोजक डि.आर.घिमिरेले बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री एंव प्रवक्ता बैजनाथ चौधरीले प्रशंसापत्र र नगद राशी सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित पत्रकार छनौटका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार डिआर घिमिरेको संयोजकत्वमा केपी घिमिरे र विमला चौधरी सदस्य रहेको तीन सदस्यीय छनौट समिति गठन गरेको थियो ।
प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका व्यक्तिलाई सम्मान गर्ने परिपाटीको थालनी भएको बताउँदै सिंगो पत्रकारिता क्षेत्रको गरिमा र महत्व उजागार हुने बताउनुभयो । उहाँले विगत २ बर्षको यो सम्मान कार्यक्रम बापतको बजेट फिर्ता गएको भएपनि आगामि दिनमा निरन्तरता दिइने बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार सञ्चार क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने लक्ष्य रहेको बताउँदै संचार विधेकमा कुन बुँदामा कमिकमजोर रहेको हो किटान भएमा सच्याउन तयार रहेको बताउनु भयो । दाङका पत्रकार शुसील गौतम विगतले विगतको पत्रकारिता र आजको पत्रकारिता फरक रहेको भन्दै पत्रकारितामा शुद्धिकरण हुन जरुरी रहको बताए ।
यसैगरी सम्मानित पत्रकार अछरी पोखरेलले पत्रकारितामा सम्मानको महत्वको बारेमा बताउदै २०६१सालमा महिला बालबालिका मन्त्रालयद्धारा महिला सशक्तिकरण पत्रकारीताबाट सम्मानीत भएका कारण आजसम्म पत्रकारितामा टिकाइराखेको जिकिर गरिन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका जिल्ला अध्यक्ष रामराजा पोखरेल संचार विधेकमा रहेका केही बँदा खारेजी हुनु पर्ने बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नका लागि तयार रहेको बताउनुभयो अग्रज पत्रकारिता सम्मानको राशी १ लाख रुपैयाँ र श्रृजनशिल पत्रकार सम्मानको राशी ५० हजार रहेको थियो ।




