Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

मोहर्रम पर्वमा डुडुवाद्धारा सार्वजनिक विदा

मोहर्रम पर्वमा डुडुवाद्धारा सार्वजनिक विदा

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
डुडुवा, २२ असार – मुस्लिम धर्मालम्बीहरुको महान चाड मोहर्रम (ताजिया) पर्वमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । आज आईतबार मनाइने उक्त पर्वको अवसरमा पालिकाले सूचना निकालेर सार्वजनिक विदा दिएको हो । पालिका अन्तर्गत सामुदायिक तथा नीजि विद्यालय, मदरसा, मुस्लिम विद्यार्थी तथा मुस्लिम वर्गका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । अध्यक्ष चौधरीले मोहरम पर्वको अवसरमा सम्पुर्ण इस्लाम धर्मालम्बीलाई शुभकामना समेत व्यक्त गर्नु भएको छ ।...
स्वर्णकार समाजको अध्यक्षमा संजय सोनी

स्वर्णकार समाजको अध्यक्षमा संजय सोनी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असार – स्वर्णकार समाज बाँकेको प्रथम साधारण सभा तथा जिल्ला अधिवेशन शनिबार भब्य रुपमा सम्पन्न भएको छ । आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले उपमहानगरको सबभन्दा बढी राजश्व तिर्नेहरुमा स्वर्णकार समाज आउने भएको हुँदा आउने आर्थिक वर्षको बजेटबाट स्वर्णकार समाजका नयाँ करिगढहरुको सीप विकास सम्बन्धी तालिम प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्दै नयाँ आउने टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा अतिथिहरुमा वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंह, १८ नं. वडाका वडाध्यक्ष दिपककुमार वर्मा, १ नं. वडाका वडाध्यक्ष प्रमोद रिजाल, ८ नं. वडाका वडाध्यक्ष विवेक बाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाहुद्दिन जसगढ, पूर्वअध्यक्ष कुबेर सोनीलगायत...
साना उद्यममाथि मृत्युदण्डको छायाँ

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ असार २२ गते नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन क्षमताको विस्तार रोकिएको छ स्वरोजगारको अवसर घटेको छ र आर्थिक प्रणाली झन् आयातमुखी हुँदै गएको छ । २०८१ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जाको मात्र १०.९२ प्रतिशत मात्र लघु साना तथा मझौला क्षेत्रमा लगानी गरेका छन् । जबकि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म यो अनुपात १२ प्रतिशत र २०८४ सम्म १५ प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ । हालको कर्जा प्रवाह दर हेर्दा आगामी लक्ष्य प्राप्ति अस...
समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ असार – लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा नारी विकास केन्द्र बाँकेको समन्वयमा आज नेपालगन्जमा गरिएको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता र समावेशीकरण सम्बन्धी तालिम उदघाट्न कार्यक्रम सम्पन्न गरिएको छ । सहभागीहरूले घरबाट सुरु भएको आवाज समुदायसम्म पुगेर मात्र बलियो र प्रभावकारी बन्न सक्ने बताएका छन् । कार्यक्रममा सहभागीहरूका अनुसार, “लैंगिक हिंसा बढ्नु पर्ने एउटा मुख्य कारण आवाज दबिनु हो । त्यसैले आफ्नो अधिकार र भोगिरहेका समस्यालाई खुल्ला रुपमा छलफल गर्न आवश्यक छ ।” कार्यक्रमका प्रमुख अतिथि तथा यो तालिमका लागि पहलकर्ता लुम्बिनी प्रदेश सांसद मिनाकुमारी श्रेष्ठले तालिम उद्घाटन गर्दै भन्नुभयो, “लैंगिक हिंसा निवारणका ...
निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४२५ सय जना लाभान्वित

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४२५ सय जना लाभान्वित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ असार – जानकी गाउँपालिका वार्र्ड नं.(३ बन्जारेगाउँ स्थित श्री माध्यमिक बिद्यालयमा शनिबार गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४ सय २५ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय श्री माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ २ सय ८२ जना मध्ये पुरुष ९९ सय जना महिला १ सय ८३ जना सहित २ सय ८२ जनाले परिक्षण गराएका थिए भने आँखा परिक्षण तर्फ ५५ जना पुरुष र ८८ जना महिला समेत गरी १ सय ४३ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिनु भएको जानक...
‘फोहोरमा लगानी बालुवामा पानी’ सावित

‘फोहोरमा लगानी बालुवामा पानी’ सावित

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ असार – नेपालगन्ज उपमहानगरपालिका भित्र अधिकांस नाला भित्र रहेका फोहोरहरु सफाई गरिएका छैन् तथा जुन नालाको सफाई गरिएको छ त्यसबाट संकलन गरिएको फोहोरा समेत समयमा नउठाईएको हुँदा आम स्थानीयबासीहरुलाई सास्ती भईरहेको पाइन्छ । यसैगरी ६ नं. वडा कार्यालयले फुल्टेक्रा स्कुल रोडमा करीब १ हप्ता अगाडी नाला सफाई गरी फोहोर नाला अगाडी नै राखेको थियो । उक्त फोहोरबाट दुर्गन्ध त फैलिएकै थियो आज आईतबारको वर्षाले झन फोहोर पुनः नाला भित्रै पु¥याएको पाईन्छ । यसैलाई भनिन्छ ‘फोहोरमा लगानी बालुवामा पानी’ फोहोर संकलन गर्न वडाबाट खर्च गरिएको बजेट पुनः संकलन गर्न खर्च गर्नुपर्ने अवस्था श्रृजना भएको स्थानीयहरुको गुनासो रहेको छ । स्थानीयहरुका अनुसार १ हप्ता अगाडी फोहोर निकाल्ने सफाईकर्मीहरुलाीई छिटो फोहोर उठाउनु होला भन्दा उठाईने तर्क राखे पनि हालसम्म फोहोर नउठाउँदा पुनः नाला भित्रै फोहोर पुगेको हुँ...
असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५: उत्सवको हिलोमा किसानको आँसु

आस्था, प्रदेश ५, बिचार, मौसम, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ असार १५ गते, आईतबार असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य आज यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा हिलो खेल र पर्यटनको चहलपहलमा सीमित बन्दै गएको छ । भाषणमा कृषि प्राथमिकता भएजस्तो देखिए पनि व्यवहारमा भने किसानहरू वर्षेनि उही अभाव पीडा र उपेक्षासँग जुध्न बाध्य छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटले कृषि क्षेत्रका लागि ५२ अर्ब ७९ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ जुन कुल बजेटको २.७ प्रतिशत जति हो । देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर रहँदा कृषि क्षेत्रमा यस्तो न्यूनतम विनियोजन हुनु आफैँमा गम्भीर प्रश्न हो के नेपालका लागि कृषि प्राथमिक क्षेत्र होइन त ? यो तथ्यले राज्यको नीति र व्यवहारबीचको गहिरो ...
ठगीको नयाँ स्वरुपः जग्गा लिजमा लिने एक पक्ष, भाडामा दिएर पैसा खाने अर्को पक्ष

ठगीको नयाँ स्वरुपः जग्गा लिजमा लिने एक पक्ष, भाडामा दिएर पैसा खाने अर्को पक्ष

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ नं. वडाको बीचमा रहेको वाटरपार्क सामुन्नेको कि.नं. ३७३९ को जग्गालाई ५ वर्षको लागि प्रजुन गिरीले लक्ष्मण पोखरेलबाट मासिक २० हजारको दरमा भाडामा लिएका थिए । तर वाटरपार्कमा साझेदार पार्टनर बीच विवाद हुँदा सो ठाउँमा रेष्टुरेण्ट सञ्चालन गर्न नपाई जग्गा खाली राखिएको प्रजुन गिरीको भनाई रहेको छ । प्रजुन गिरीका अनुसार सो समयदेखि करीब १६ महिनाको भाडा मैले जग्गा धनीलाई मासिक २० हजारका दरले बुझाउँदै आएको छु तर सो जग्गामा हाल आएर बोटे बोरा प्रा.लि.का सञ्चालक बिष्णुबहादुर ढकालले आफ्नो मैनेजर मार्फत मासिक १५ हजारका दरले उठाउँदै आएको बताउँछन् । यसबारे बोटे बोरा प्रा.लि.द्वारा सञ्चालनमा रहेको वाटर पार्कमा कार्यरत मैनेजर जय रिजालले भन्नुभयो– ‘हामीले करीब ५–६ महिनादेखि खाली जग्गामा नास्ता गर्ने ठेलावालाहरुबाट पैसा उठाएको तथा सो पैसा बोटे बो...
“अहिले उपचार रोकिएको छ, कारण—पैसाको अभाव“

“अहिले उपचार रोकिएको छ, कारण—पैसाको अभाव“

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असार - समाजसेवा, इमान्दारता र लगनशीलताको पर्याय बनेका अनिल चौधरी आज जीवनमरणको दोसाँधमा हुनुहुन्छ । ढोढरी ७ बर्दिया घर भएका अनिल, आफ्नो कर्मभूमिको रूपमा लामो समयदेखि विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शान्तिबजार शाखामा निष्ठापूर्वक सेवा गर्दै आएका अनिल चौधरी अहिले गम्भीर स्वास्थ्य संकटमा हुनुहुन्छ । २९ वर्षीय अनिलको दुबै मृगौला फेल भइसकेको छ र उहाँ हाल उपचाररत हुनुहुन्छ । तर, दुर्भाग्यवश, आर्थिक अभावका कारण उहाँको उपचार रोकिएको छ ।   अनिलको पारिवारिक अवस्था सामान्य छ । दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्ने अवस्थामा रहेका अनिलका परिवार अहिले संकटको गहिराइमा डुबिरहेका छन् । अनिलको उपचारका लागि पीडित परिवारले देश तथा विदेशमा रहनुहुने मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि विनम्र अपिल गरेका छन् । तपाईंको सानो सहयोगले पनि अनिलको जीव...
वाटरपार्कमा रहेको मोटरबोट बन्द हुने !, सञ्चाक बीच विवाद

वाटरपार्कमा रहेको मोटरबोट बन्द हुने !, सञ्चाक बीच विवाद

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ असार – वाटर पार्कमा सञ्चालनमा आएको मोटर बोट (बोटिङ) विवादमा तानिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ र १८ मा रहेको वाटर पार्कमा बोटिङ सञ्चालनमा २ करोड रकम ठगी भएको आरोपमा विवाद भएको हो । काठमाण्डौ महानगरपालिका वडा नम्वर २६ बस्ने बोटे बोरा प्रालीका सञ्चालक विष्णुबहादुर ढकाल र दोस्रो पक्ष भनिने नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १८ बस्ने रम्मी गिरीको २०८०/०८/२० गते ५०/५० प्रतिशत शेयर लगानीमा सञ्चालन गर्ने सम्झौता भएको थियो । तर बोेटे बोरा प्रालिका सञ्चालक विष्णु ढकालले करिब १५ महिनाको हिसाव नदेखाएर लगानी गरेको रकम २ करोड समेत ठगी गरेको रम्मी गिरीले दाबी गरेकी छिन् । बोटिङ खरिद गरेर सञ्चालन गर्नका लागि ११ सिटर बोट खरिदको लागि ४३ लाख रुपैँया लगानी गरेका थिए तर बोटे बोरा प्रालीका सञ्चालक विष्णुबहादुर ढकालले नयाँ बोट खरिद नगरि भाडामा ल्याएर शुरु मै त्यो रकम ठगी गर...