३८औं लागु औषध दुरुपयोग अन्तर्राष्ट्रिय दिवसमा ४८ जनाले गरे रक्तदान
नेपालगन्ज, ११ असार – नेपालगन्जमा ३८औं लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको २६ जून २०२५ को अवसरमा अषाढ ११ गते बुधवार आयोजित रक्तदान कार्यक्रममा महिला÷पुरुष गरी ४८ जनाले रक्तदान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा रिकभरिंग नेपाल, लुम्बिनी प्रदेशको समन्वय र सहकार्यमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा प्रबीन बिसी, बसन्तशाह, खगेन्द्र खत्री, बिमल पौडेल, धु्रवराज वर्मा, दिपेन्द्र खडका, रुमा योगी, साबित्री खडका, सीमा खडका, प्रकाश गुरुङ्ग, सुरेश थारु, आशीष बुढामगर, सुष्मा थारु, सगुन रिजाल, कलिम खान, अंकित मानन्धर, सहवाज शाह, राम थारु, कुशल जैसी, त्रिलोक केसी, बादशाह कलवार, बिपिन पाठक, साया केसी, राजेश खडका, रोहित केसी, स्मारिका गिरी लगायत ४८ जनाले रक्तदान गरेका छन् ।
प्रादेशिक रक्त सञ्चार सेवा के...









