Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

असई शर्माको अगुवाईमा तस्कारहरुबाट सेटिङ्ग !

असई शर्माको अगुवाईमा तस्कारहरुबाट सेटिङ्ग !

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असार – नेपालगन्ज भान्सारमा खुलआम तस्करसँग बार्गेनि· हुँदै तस्करी हुने गरेको पाईएको छ । सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी सुम्पिएको छ । तर सोहीको फाईदा उठाउँदै हाल सीमानाका भान्सारमा केही समय अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सोमराज शर्माले खुलेआम सेटिङ्ग गर्दै तस्करै गराउने गरेको तथ्य खुलेको छ । केही तस्करहरुले नाम नबताउने सर्तमा मासिक ५ देखि १० हजार सम्म दिने सर्तमा सेटिङ्ग गरिएको बताईएको छ । तस्करका अनुसार असई सोमराज शर्मा सिविल डे«समा आई हामीसित सेटि· गर्ने गरेको बताएका छन् । बर्दिया जिल्लाबाट केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक शर्मामाथि डिआईजी दिपेन्द्र कुँवरको कृपा दृष्टि रहेको हुँदा यसरी खुलेआम सानो–ठूलो तस्करहरुबाट सेटिङ्ग गर्ने गरेको बताउँछन् । यसबारे जानकारीको ल...
वाटरपार्कमा क्यामरामैनद्वारा दैनिक पर्यटक लुटिंदा सम्बन्धित पक्ष मौन

वाटरपार्कमा क्यामरामैनद्वारा दैनिक पर्यटक लुटिंदा सम्बन्धित पक्ष मौन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ नं. वडाको सीमामा रहेको पर्यटकीय स्थलको रुपमा पहिचान कमाउन सफल वाटरपार्कमा हाल फोटो सुट गर्नेहरुले गर्दा बदनाम हुन थालेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ जयसपुरबाट केही युवाहरुको समूह सोमबार घुमघाम गर्ने उद्देश्यका साथ वाटरपार्क पुगेको बोटि· गरेको थियो । सो बोटि· पछि साथीहरु मिलेर फोटोसुट गर्ने विचार गरी २–३ थान फोटोसुट गर्न त्यहाँ रहेको क्यामरामेनलाई भनेर मेरो २–३ थान फोटो निकालिन दिनुस भनी अनुरोध गरेको बताउँछन् समिर अन्सार । समिर अन्सारीका लागि मैले २–३ थान फोटो मात्र सुट गर्न भनेको भएपनि पछि मेरो मोबाईलमा दर्जनबढी फोटोहरु उठाएर त्यसवापत प्रतिफोटो ४० का दरले ११ सय रुपैयाँ सम्बन्धित क्यामरा मैनले माग गर्दा मैले २–३ थान मात्र भनेको हजुरले यति धेरै किन फोटो निकाल्नुभयो भनी प्रश्न गर्दा मलाई गालीगलौज गरेको बताउँछन्...
श्रमजिवि सिलाई व्यवसायीहरुको समस्या समाधानका लागि ज्ञापनपत्र

श्रमजिवि सिलाई व्यवसायीहरुको समस्या समाधानका लागि ज्ञापनपत्र

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ असार – भारतीय कालोबजारीलाई रोक्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा आबद्ध श्रमजिविहरुको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई आज ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा ‘मानव सभ्यताको विकासको चरणमा वस्त्रालयबाट उत्पादित बस्त्र पूर्ण तयारी अवस्थामा नआउने हुँदा प्रत्येक मानिसलाई आफ्नो चाहाना अनुसारको बस्त्र तयार गर्न जान्ने मानिसको सुरुवात सँगसगै वस्त्र तयार गर्नको लागी सिलाई व्यवसायको सुरु भएको हो । सिलाई व्यवसायको हक हित र संरक्षण स्वनिर्भरको निम्ति नेपाल कपडा तथा सिलाई व्यवसायी संघको स्थापना भएको हो । पेशा तथा व्यवसायलाई देशका आम नागरिक तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पुर्याउनको लागी नेपाल कपडा तथा सिलाई व्यवसायी संघलाई चिनाउन र संस्थागत बिकासको निम्ति अति आवश्यक रहेको विषयलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघको विधान २०७५ जारी भएको छ । नेपालको ७० जिल...
बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ असार – किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा निःशुल्क आँखा परिक्षण शिविर तथा मल्टीभिटामिन वितरण कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको प्रांगणमा भिजन आँखा अस्पताल नेपालगञ्जको प्राविधिक सहयोग र श्री बागेश्वरी महाआरती संचालन तथा व्यवस्थापन समितिको सहकार्यमा सोमबार महाआरतीको अवसरमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम मार्फत एक सय ८५ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक वृजेश मिश्रले जानकारी गराए । जस मध्ये ५५ जना पुरुष र एक सय ३० जना महिला छन् । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको र साथै मल्टीभिटामिन वितरण गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए । यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब...
नेपालगन्ज नाकाबाट कैलाश मानसरोवरको यात्रा छिटो छरितो….. (फोटोफिचरसहित)

नेपालगन्ज नाकाबाट कैलाश मानसरोवरको यात्रा छिटो छरितो….. (फोटोफिचरसहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असार – भारतीय पर्यटकहरुलाई लक्षित गरी विगतका वर्षहरुमा शुरु गरिएको कैलाश मानसरोवरको यात्रा विगतमा करोनाकालदेखि २०७६ यता बन्द रहेको हुँदा हाल केही दिन अगाडीदेखि पुनः शुरु भएकोमा पर्यटकहरुद्वारा खुशी व्यक्त गरिएको छ । भारतीय पर्यटकहरुले नेपालगन्ज नाका प्रयोग गर्दै कैलाश मानसरोवर सम्मको यात्रा गर्ने गरेका छन् । जसबाट नेपालगन्जमा रहेको होटल व्यवसायीहरुलाई एक–दुई तीन सम्म भारतीय पर्यटकहरुलाई सेवा दिन मौका मिल्ने गरेकोमा विगत ०७४ देखि बन्द हुँदा आर्थिक नोक्सानी हुँदै आएकोमा हाल केही दिन अगाडी देखि शुरु भएदेखि नेपालगन्जका होटल व्यवसायीहरुले समेत खुशी व्यक्त गरेका छन् । कोरानाकालमा चाईनाले भारतीय पर्यटकहरुलाई रोक लगाएपछि कैलाश मानसरोवरसम्मको यात्रा रोकिएको थियो । धार्मिक पर्यटकहरुको लागि कैलाश मानसरोवरको यात्रा गर्दै सबभन्दा छिटो र छरितो भनेकै नेपालगन्ज नाका हुँदै गरिने यात्र...
लागु औषधसहित लक्ष्मीनगरबाट एक जना पक्राउ

लागु औषधसहित लक्ष्मीनगरबाट एक जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
कृष्णनगर (कपिलवस्तु), २३ असार - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार बेलुका साढ़े छ बजे तिर संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनी बस्ने २० बर्षको कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेका छन् । शंका लागी चेकजाँच गर्दा निजले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका चौधरी लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी न...
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर

राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असार - राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले सोमवार १८ जना किसानलाई मिनी टिलर वितरण गरेको छ ।   वडा कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को सिलिंग बजेटमार्फत पावर टिलर किसानलाई वितरण गरिएको वड़ा अध्यक्ष लवराज खरेलद्वारा जानकारी गराईएकाे छ । राप्ती सोनारी वडा नम्वर ६ को कार्यालय परिसर पनेरियामा एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष लवराज खरेल सचिब प्रकाश भारती एवं वड़ा सदस्यहरुद्वारा संयुक्त रुपमा मिनी टिलर कृषकहरुलाई हस्तान्तरण गरिएकाे थियाे । मिनी टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले कृषिमा प्रगती गर्नका लागी मानिसहरुलाई ईच्छा जागरुक गर्नका लागी र आजको प्रविधी युगमा जोत्न सहज होस भनेर ५० प्रतिशत अनुदानमा १८ वटा टोल विकासलाई एक एक वटा मिनी टिलर वितरण गरेको बताए । वडाको वार्षिक वजेटबाट ७ लाख विनियोजन गरि वितरण गरिएको उनले बताए । साथै वडाध्यक्ष...
परिवर्तन पत्रिकाको लोकार्पण

परिवर्तन पत्रिकाको लोकार्पण

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असार – प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाको आयोजनामा परिवर्तन पत्रिकाको लोकार्पण तथा कल्पध्वनि लघुकथा संघको समीक्षा एक कार्यक्रम बीच शनिवार खजुरामा सम्पन्न गरिएको छ । खजुरा गाउँपालिका अन्तर्गत ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा आयोजित प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाकी अध्यक्ष चरित्रा शाहको अध्यक्षता, प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद तिमिल्सिनाले ब्यानर वाचन गरेर उद्घाटन गर्नु भएको थियो । प्रगतिशील लेखक सङ्घ नेपाल बाँकेकी इन्दिरा गौतमद्वारा सञ्चालित कार्यक्रममा प्रलेसका उपाध्यक्ष सुन्दर गुरुङले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथि र अतिथि लगायतले परिर्वतन पत्रिकाको संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । प्रलेस बर्दिया शाखाका अध्यक्ष तथा समीक्षक प्रभात सुवेदीले परिवर्तन पत्...
चाेरीकाे मोटरसाइकलसहित व्यक्ति पक्राउ

चाेरीकाे मोटरसाइकलसहित व्यक्ति पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
कृष्णनगर (कपिलवस्तु), २३ असार - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट चोरीको मोटरसाइकिल सहित भारतीय नागरिक पक्राउ परेका छन् । असार २० गते करिब ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ११ सरफर बस्ने रामनाथ चौधरीको नाममा रहेको मोटरसाइकल कृष्णनगर नगरपालिका वडा नं १ मड्हा स्थित आरटीओ सड्कखण्ड बाट चोरी भएको थियो। ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर DAZWED-11257 भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल इलाका प्रहरी कार्यालय कृष्णनगरले खोज तलाश गर्दा यात्रु गेटबाट मोटरसाइकल सहित भारतीय नागरिक सोनु कुर्मी लाइ पक्राउ गरिएको छ। अषाढ २० गते अन्दाजी १५ :३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रुगेट स्थितमा देश भारत उत्तर प्रदेश जिल्ला कुशीनगर लाजाबजार खड्डाबस्ने बर्ष २५ का सोनु कुर्मीले लिदैगरेको अबस्थामा फेला पारी ...
भेरी अस्पतालमा छैन रेबिज विरुद्धको भ्याक्सिन

भेरी अस्पतालमा छैन रेबिज विरुद्धको भ्याक्सिन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असार – ६ महिनादेखि नेपालगन्जको भेरी अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन नहुँदा विरामीहरु निजि क्लिनिकबाट किनेर लगाउन बाध्य भएका छन् । अस्पतालमा रेबिज विरुद्ध खोप लगाउन खटिएका चिकित्सकले भ्याक्सिन सकिएकोले बहिराबाट ल्याएर मात्र भ्याक्सिन लाग्ने सल्लाह दिएपछि विरामीहरु निजि क्लिनिकबाट महंगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका हुन् । अस्पतालमा निशुल्क उपलब्ध हुने भ्याक्सिन नभएपछि विरामीहरु बहिराको क्लिनिकबाट ७ सय ८५ रुपैयाँ महंगो शुल्क तिरेर अस्पतालमा ५० रुपैँयाको पर्चा कटाएर करिब ३ घण्टाको लाईनमा बसेर भ्याक्सिन लगाउँदै गरेको खजुरा गाउँपालिका वडा नम्वर ५ का राजाराम गोडियाले बताए । उनले भने, हामी जनता निशुल्क मिल्छ भनेर आउने तर अस्पतालमा आउँदा ६ महिनादेखि भ्याक्सिन सकिएको बताउँछन् र बहिराको क्लिनिकमा गएर ५० रुपैयाँ तिरेर पर्चा कट्ना लगाएर भ्याक्सिन लगाउन भन्छन् । अस्पता...