Wednesday, April 29सत्यम खबर
Shadow

धार्मिक

दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको गाई–गोरुलाई दैनिक दर्जन बढी काट्ने कार्य जारी रहेको स्रोतको दाबी रहेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरमा दैनिक एक दर्जन बढी गाई गोरु काट्ने गरिएको प्रत्येक्षदर्शीहरुको भनाई रहेको छ । यस अगावै समेत समाचार प्रकाशन भई उक्त कार्यमा संलग्न रहेका आरोपीहरुको नाम सार्वजनिक गर्दा पनि हालसम्म प्रहरी प्रशासनले कानुन बमोजिम कुनै कार्यवाही नगरिनुमा स्थानीयहरु आक्रोशित भएका छन् । बाँकेमा वर्षौदेखि गाई–गोरु तस्करीदेखि लिएर काट्ने तथा काटिएका गाई–गोरुलाई सुकाएर सुक्टी बनाएर होटलहरुमा बिक्री गर्दै आईरहेको कतिपय घटनाहरुको तथ्यांक नै रहेको पाईन्छ । जसमा केहीलाई कानुन बमोजिम संजाय भएको छ भने केहीलाई पक्राउ गरि छोडिएको घटनाहरु देख्न सकिन्छ । तर वर्षौदेखि खजुरा गाउँपालिका वडा नं. ८ स्थित रनियापुरमा ...
महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
  प्रेमचन्द्र झा मिति :२०८२ कार्तिक १० गते, सोमबार नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो। यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ। यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ — सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ। यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइया प्रति समर्पित हुन्छ। ‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ। ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो। त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो। बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो सांस्कृतिक रंग पाएको छ। ...
आजदेखि पाँच दिवसीय निःशुल्क योग शिविरको शुभारम्भ

आजदेखि पाँच दिवसीय निःशुल्क योग शिविरको शुभारम्भ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ कार्तिक – नेपालगन्जको रामलीला मैदानमा आजदेखि पाँच दिवसीय निःशुल्क आवासीय ‘युवा संस्कार एवं योग शिविर’ को वैद्धिक मन्त्र साथ उदघाटन गर्दै शुभारम्भ गरिएको छ । आज आईतबार बिहानदेखि आयोजित निःशुल्क योग शिविरमा १५ देखि ३० वर्ष उमेर समूहका युवा–युवती, विद्यार्थी तथा शिक्षक एवं आमन्त्रीतहरूको उल्लेखिय सहभागिता रहेको थियो । निःशुल्क योग शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले योग जीवनमा अति आवश्यक रहेको बताउँदै उनले ‘हामीले प्रयोग गर्ने सबै वस्तुको ध्यान दिने गरेका हुन्छौं तर थोरै समय निकालेर आफ्नो स्वास्थ्यको समेत ध्यान दिन सके हाम्रो जीवन धन्न हुने बताउनु भयो ।’ प्रमुख अतिथि बिष्टले उदाहरण दिंदै हामीसित भएको कार सर्भिसि·को लागि जसरी महिना, १५ दिनमा एकपटक ग्यारेल लग्ने गरेका हुन्छौं त्यसैगरी जीवनमा दैनिक स्वास्थ्य रहन यो...
भाेलिदेखि पाँच दिने नि:शुल्क याेग शिविर, सहभागिताकाे लागि सम्पुर्णमा अनुराेध

भाेलिदेखि पाँच दिने नि:शुल्क याेग शिविर, सहभागिताकाे लागि सम्पुर्णमा अनुराेध

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – नेपालगन्जको रामलीला मैदानमा पाँचदिने निःशुल्क आवासीय ‘युवा संस्कार एवं योग शिविर’ भाेलि आईतबार बिहानदेखि सञ्चालन हुने भएको छ । भाेलि बिहानदेखि आयाेजित निःशुल्क याेग शिविरमा १५ देखि ३० वर्ष उमेर समूहका युवा-युवती, विद्यार्थी तथा शिक्षकहरूकाे सहभागिता रहने आयोजकद्वारा जनाईएकाे छ । आयाेजित शिविरको मुख्य उद्देश्यमा संस्कार, संस्कृति र स्वाभिमानसहितको योग शिक्षा प्रदान गर्ने, युवाहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सशक्त बनाउने वैदिक जीवनशैली र प्राचीन ध्यान विधिको अभ्यास गराउने लगायत बारे प्रशिक्षण प्रदान गरिने प्रशिक्षक दिलिप दीक्षितले बताए । प्रशिक्षक दीक्षितका अनुसार अष्टाङ्ग योगको परिचय र अभ्यास, प्राचीन ध्यान विधिबाट मन शान्त गर्ने तरिका, एकाग्रता र स्मरण शक्ति वृद्धिका विधिहरू, आयुर्वेद र जडीबुटीसम्बन्धी ज्ञान, वैदिक संस्कृति तथा जीवनशैलीको जानकारी, हवन...
बृन्दावन धाममा १०८ पीपलसहित २५० थान बोट लगाईयाे (फाेटाेफिचर सहित)

बृन्दावन धाममा १०८ पीपलसहित २५० थान बोट लगाईयाे (फाेटाेफिचर सहित)

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, ७ कार्तिक - पुर्व निर्धारित कार्यक्रम अनुसार नरैनापुर वार्ड नं. ०६ जमुनी स्थित बृन्दावन धाममा आज १०८ पीपल सहित अन्य जात का गरी २५० थान बोट रोपी १०००० दश हजार पीपल रोपण अभियान को शुभारम्भ गरिएकाे छ । नरैनापुर वार्ड नं ०६ का बडाध्यक्ष प्रेमचन्द्र मौर्य, बन समितिका अध्यक्ष भोलाप्रसाद मौर्य, हिन्दु स्वयंसेवक संघ भेरी बिभागका संघ चालक रामकुमार दीक्षित, नरैनापुरका संघ चालक रामतीर्थ यादव, राप्ती सोनारीका संघ चालक डा. राममनोहर मौर्य, बिश्व हिन्दु परिषद नरैनापुरका अध्यश्र प्रमोदकुमार शर्मा, बिहिप नरैनापुरका सचिव राधेश्याम यादव, बिहिप वार्ड नं ०३ का अध्यक्ष एवं समाजसेवी सुन्दरलाल यादव, बरिष्ठ समाज सेवी राजितराम यादव, जीवनलाल यादव दीपनारायण यादव, शोभाराम यादवलगायत आम जनसमुदायले पीपलको बोट रोपी शुभारम्भ गर्नु भएको थियो। बोट रोप्नु अघि पण्डित विनोद शास्त्री, नन्दकिशोर ...
धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
-क्षितिज विक्रम खनाल मितिः २०८२ कार्तिक १ गते, शनिबार कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धनसम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै दृष्टिलेअत्यन्त गहिरो छ। हिन्दू परम्परामा दीपावलीको समय केवल उज्यालो बाल्ने र नयाँ वस्तु किन्ने मात्र होइन, जीवनमा नकारात्मकता हटाएर आत्मशुद्धि र सन्तुलनको सुरुवात गर्ने पर्व हो। धनतेरस त्यस पर्व यात्राको पहिलो दिन हो , जहाँ शरीर, मन र आत्माको सन्तुलनलाई धन, स्वास्थ्य र विवेकको रूपमा पूजा गरिन्छ। पौराणिक दृष्टिले धनतेरसको मूल जड समुद्र मन्थनसंग सवन्धित छ। कथा अनुसार देवता र असु...
हिन्दू धर्मावलम्बीहरुमा तिहार तथा देउसी भैलोको महत्व

हिन्दू धर्मावलम्बीहरुमा तिहार तथा देउसी भैलोको महत्व

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
मितिः २०८२ असोज ३० गते, विहिबार तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ’त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ। यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्य...
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

अपराध, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुर, २२ असोज – धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वेको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरेका छन्। अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।” धर्नामा विभिन्न सामाजिक संघ–...
नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – हिन्दूहरुको महान पर्व विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ भएको छ । नेपाल र छिमेकी मित्र राष्ट्र भारतमा पनि सोमबार घटस्थापनाको दिन धार्मिक तथा वैदिक विधिपूर्वक विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ हो । नेपालगन्जसंग जोडिएको भारतको रुपईडिहा बजारमा आदर्श थाना कोतवाली इन्चार्ज इन्स्पेक्टर रमेश सिंहले श्री नव दुर्गा पूजा पण्डालको रिबन काटेर उद्घाटन गरे । भारत माता की जय, जय माता दी, जय जय माता दी को नाराले गुञ्जायमान वातावरणमा भएको उद्घाटन कार्यक्रममा रूपैडिहा थाना इन्चार्ज इन्स्पेक्टर रमेश सिंह रावतले शारदीय नवरात्रको सुरुवात केवल एउटा पर्व मात्र होइन, यो एक आध्यात्मिक अभ्यास पनि हो भन्नुभयो । नव दुर्गा पण्डालमा विभिन्न पूजा र प्रार्थना पछि नव दुर्गा पूजा पण्डाल यो । पण्डित पूर्व गाउँको ग्राम पञ्चायत मुरलीधर ददौलीमा नव दुर्गा पूजा समितिमा आएका पाहुनाहरूलाई खाद...
सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ २३ गते, सोमबार सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान र पिण्डदान जस्ता धार्मिक कर्महरू गरिन्छन् । यसै अवधिलाई पितृ पक्ष भनिन्छ । जसलाई ‘महालय’ वा ‘सोह्र श्राद्ध’ नामले पनि चिनिन्छ । हिन्दू मान्यताअनुसार पितृ पक्षमा गरिएका श्रद्धा र कर्महरूले दिवंगत आत्मालाई शान्ति, तृप्ति र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । परिवार र वंशजले पुण्य कमाउने, घरमा सुख समृद्धि आउने र जीवनमा शान्ति कायम हुने धार्मिक धारणा पाइन्छ । शास्त्रीय व्याख्याअनुसार श्राद्ध...