
गौहत्यामा संलग्न ५ जना रंगेहात पक्राउ
नेपालगन्ज, १२ कार्तिक – सिलसिलेवार रुपमा बाँके जिल्ला भित्र निर्धक्कता साथ नेपालको राष्ट्रिय जनावर गाईको हत्या घटनाहरु बेला बखत सार्वजनिक हुँदै आईरहेका हुन्छन् तर त्यसमा सम्बन्धित प्रहरी प्रशासनले रोक किन लगाउन सक्दैन भन्ने प्रश्न आज बाँकेबासीहरुले उठाई रहेका छन् ।
जानकी गाउँपालिका वडा नं. ६ को गनापुरमा गाई चरण स्थलमा आज १४ वटा मृत गाईहरुको अवशेषसहित ५ जनालाई रंगेहात पक्राउ गरिएको छ । गनापुरमा उक्त घटना धेरै दिनदेखि नै हुँदै आईरहेको स्रोतको दाबी छ तर पनि कसैको ध्यानाकर्षण किन हुन सकेको थिएन ?
जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा आज विहिबार छापामारी ५ जनालाई रंगेहात पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका वडा नं. ८ का इस्माइल जोलाह, अमुद्दीन खान, जावेद चिकुवा रहेका छन् भने जानकी गाउँपालिका वडा नं. ५ बुडिया गाउँ बस्ने सफिक आ...