Monday, December 8सत्यम खबर
Shadow

दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

नेपालगन्ज, २४ कार्तिक – राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको गाई–गोरुलाई दैनिक दर्जन बढी काट्ने कार्य जारी रहेको स्रोतको दाबी रहेको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरमा दैनिक एक दर्जन बढी गाई गोरु काट्ने गरिएको प्रत्येक्षदर्शीहरुको भनाई रहेको छ । यस अगावै समेत समाचार प्रकाशन भई उक्त कार्यमा संलग्न रहेका आरोपीहरुको नाम सार्वजनिक गर्दा पनि हालसम्म प्रहरी प्रशासनले कानुन बमोजिम कुनै कार्यवाही नगरिनुमा स्थानीयहरु आक्रोशित भएका छन् ।

बाँकेमा वर्षौदेखि गाई–गोरु तस्करीदेखि लिएर काट्ने तथा काटिएका गाई–गोरुलाई सुकाएर सुक्टी बनाएर होटलहरुमा बिक्री गर्दै आईरहेको कतिपय घटनाहरुको तथ्यांक नै रहेको पाईन्छ । जसमा केहीलाई कानुन बमोजिम संजाय भएको छ भने केहीलाई पक्राउ गरि छोडिएको घटनाहरु देख्न सकिन्छ । तर वर्षौदेखि खजुरा गाउँपालिका वडा नं. ८ स्थित रनियापुरमा गाई–गोरु काट्ने गरेको स्थानियहरुको भनाई रहेको छ ।

नाम नलेख्ने शर्तमा एकजना स्थानियले हामी दिक्क भईसकेका छौं, पटक पटक प्रहरीलाई जानकारी दिंदा, प्रहरी कहाँ निवेदन दिंदा समेत हालसम्म कुनै कार्यवाही नहुँदा आरोपी तथा अपराध गर्नेहरुको मनोबल उच्च रहेको दाबी गर्दै प्रहरीको समेत पैसा लेनदेनमा संलग्नता हुनुपर्ने शंका रहेको बताउँछन् ।

यस विषयलाई लिएर सम्बन्धित जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी लिंदा हामीले यस बारे ठोस पाईला चाल्ने जनाईएको छ भने धनौली ईलाका प्रहरी कार्यालय खजुराका प्रमुख नविन प्रकाश चापागाईले आफू कार्तिक २ गते हाजिर भएको तथा आउने बित्तिकै ३ वटा गाईगोरु नेपालगन्ज उपमहानगरपालिकामा रहेको काँजी हाउसको जिम्मा लगाएको बताए ।

प्रमुख चापागाईका अनुसार सिभिलमा प्रहरी परिचालनदेखि दाबी गरिएको स्थानमा निगरानी समेत बढाईएको बताउँछन् ।
यसबारे स्थानीयहरु समेत पीडित रहेको पाईन्छ । स्थानीयहरुका अनुसार १०–१५ जनाले गर्दा हामी पुरै गाउँ नै बदनाम भएको गुनासो गर्छन् ।

हाल गाई–गोरु काट्ने कार्यमा संलग्न रहेको आरोप लागेकाहरुमा ईस्लाम कुरैसी, सन्नम कुरैसी, मुनिर कुरैसी, श्रवर कुरैसी, राजन कुरैसी, वडा कुरैसी, हसिब कुरैसी, मिजन कुरैसी, अयाज खाँ, गुलामी कुरैसी, फिरोज कुरैसी, हुसेन कुरैसी, मुन्नु कुरैसी, हारुन कुरैसी, करिङ्गा खाँ, बोधई खाँ, बडे, दिलसात खाँ, धम्मन खाँ, कारी खाँ, रिजवान कुरैसी, गाठे भन्ने राबीर खाँ, सेकरेटी भन्ने साबान खाँ, गठ्ठु कुरैसी, कालिया कुरैसी, राजु कुरैसी, बुद्धु कुरैसीको नाम उल्लेख गरिएको छ भने स्रोतले गरेको दाबी अनुसार राष्ट्रिय जनावर गाई–गोरु ढुवानी गर्नेमा मोल्हे हल्वाई, गाई–गोरु काट्नेमा कुदुम कुरैसी तथा त्यसलाई बजारमा बिक्री एवं ढुवानी गर्नेमा चाने चमारको नाम सार्वजनिक गरेका छन् ।

माथि उल्लेख गरिएकाहरु माथि कानुनी बमोजिम कार्यवाही हुनुपर्ने मांग बाँकेबासीहरुको रहेको छ । यसखाले घटनालाई न्यूनिकरण गरी पूर्ण रुपमा बन्द गर्नुपर्ने तथा हदैसम्मको कानुनी कार्यवाही गर्नुपर्ने नेपालगन्जबासीहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *