भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी
नेपालगन्ज, ६ भाद्र – विश्व कोभिड–१९ को महामारीमा पीडित रहेको बेला सबै ठाउँमा सहयोगी मनहरुले सहयोग गर्ने गरेको उदाहरणहरु प्रसस्त पाईन्छ । त्यही सहयोगी मनहरुमा नेपालगन्ज भन्सार कार्यालय प्रा·णमा करीब एक महिनादेखि निरन्तर रुपमा सीमा नाकाबाट आवत–जावत गर्नेहरुलाई खाना (भण्डारा) खुवाउने कार्य गरिरहेको सहयोगी ध्रुब शर्माले बताउनुभयो ।सहयोगी शर्माका अनुसार रुपईडिहा सीमासँग जोडिएको सीमा नजिक रहेको भन्सार कार्यालय नेपालगन्जको प्रा·णमा जय गुरुदेव बाबाका भक्तहरुद्वारा एक महिनादेखि दैनिक रुपमा भण्डारा आयोजना हुँदै आईरहेको जनाउनुभयो ।
ढोढे गाँव बस्ने राजेश सोनीको भनाई अनुसार शुद्ध मन र भक्तीभावद्वारा सहयोग (दान) स्वीकार गरिएको छ । हामीले कसैलाई केही सहयोग गर्नुपर्छ भनी आजसम्म नभनेको र आउने दिनमा समेत कसैलाई भनिने छैन् ।सहयोगी सोनीका अनुसार हामीले कुनै सरकारी, गैरसरकारी, संघ, संस्था वा कार्यालयबाट...




