किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम
नेपालगन्ज ५ भदौ – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई तडक–भडकपूर्ण नभइ अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ ।
नेपाल किसान महासंघ बाँकेद्वारा बुधबार ढकेरीमा आयोजित ‘तीज मिलन तथा शुभकामना आदानप्रदान सांस्कृतिक कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सदियौँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासद तथा नेपाली काँग्रेस बाँकेकी सचिव सञ्जु कुमारी चौधरीले पछिल्ला दिन तीजका नाममा भड्किलो र बेथेती बढ्दै गएकोमा दुखेसो पोखिन् । उनले परम्परागतरुपमा मनाइदै आएको तिज उच्छृङ्ल हुँदै जाँदा मौलिकतामा ध्यान दिनुपर्ने बताईन् ।
तीजको नाममा विकृति फैलिरहेको हुँदा यसलाई सभ्य ढंगबाट मनाउन महिला दिदिबहिनीहरुलाई उनले आग्रह गरिन् ।
उनले भनिन् ‘...









