Friday, March 14सत्यम खबर
Shadow

धार्मिक

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र कपिलवस्तु, २८ भाद्र - कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघरबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरिन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थलसम्म पुर्याइएको थियो । कृष्णनगरमा बजार क्षेत्र ...
शिक्षाको नाममा धार्मिक प्रचारप्रसार, विद्यालय हाता भित्र चर्च राख्नुको उद्देश्य के ? कोहलपुर शिक्षा शाखा मौन किन ?

शिक्षाको नाममा धार्मिक प्रचारप्रसार, विद्यालय हाता भित्र चर्च राख्नुको उद्देश्य के ? कोहलपुर शिक्षा शाखा मौन किन ?

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र – कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको जीवन ज्योती स्कुलले आप्mनो विद्यालय हाताभित्र देखाएको तमाम गल्तिलाई अखिल क्रान्तिकारीले उठान गरेपछि मुद्दा डाईभर्ट गर्न चन्दा मागेको भन्दै आप्mना केहि आसेपासेलाई राखेर जोमन जेम्स नेतृत्वको जीवन ज्योती स्कुलले पत्रकार सम्मेलन गरेको छ । पछिल्लो समयमा जीवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई गम्भिर उल्लंघन गरी अवैध क्रियाकलापमा संलग्न भएको यथेष्ठ प्रमाणहरु भेटीएको भन्दै अखिल क्रान्तिकारीले विद्यालयको हाता भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती वितरणमा गम्भिर अपारदर्शीता, विद्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले विद्यार्थीहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भएको क्रान्तिकारीले दावि गरेको थियो । सोहि दावि सहितको विज्ञप्ति सार्वजनिक पछि यतिवेला जीवन ज्योती स्कुलका जोमन जेम्स र नि...
अवधी पत्रकार संघद्वारा कजरी तीजको शुभकामना आदान–प्रदान

अवधी पत्रकार संघद्वारा कजरी तीजको शुभकामना आदान–प्रदान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – अवधी पत्रकार संघ बाँके शाखा जिल्ला कार्य समिति बाँकेको आयोजनामा तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । अवधी पत्रकार संघ केन्द्रिय कार्य समितिका कोषाध्यक्ष सन्ध्या शर्माद्वारा सञ्चालित कार्यक्रम नेपालगन्ज उद्योग बाणिज्य संघको सभा हलमा सञ्चालित कार्यक्रममा, अवधी पत्रकार संघ बाँके शाखाका अध्यक्ष प्रहलाद विश्वकर्माको अध्यक्षतामा, लुम्बनी प्रदेश सभासद् माननीय अम्बिका काफ्लेको प्रमुख अतिथ्यितामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काफ्लेले अवधी पत्रकार संघलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरीफ अन्सारी, अवधी अगुवा तथा नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका प्रमुख बिजय वर्मा, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत बिनिता यादव, अवधी साँस्कृतिक प्रतिष्ठा...
खजुरा बृहत तीज महोत्सव : मौलिक भाषामा प्रत्यक्ष सांगतिक कार्यक्रम

खजुरा बृहत तीज महोत्सव : मौलिक भाषामा प्रत्यक्ष सांगतिक कार्यक्रम

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० भाद्र - भाद्र २१ गते अर्थात भोली महिलाहरुको महान चार्ड हरितालिका तीज हो । यस अवसरमा धार्मिक परम्पारागत महिलाहरुले वर्त बस्ने, नाचगान गर्ने जस्ताका कार्यक्रमहरु गर्ने गर्छन् । साथै तीजको अवसमार देशभरका धेरैजसो स्थानमा तीज विशेष कार्यक्रम पनि आयोजना गरिन्छ । यसै सन्दर्भमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि बृहत ‘खजुरा बृहत तीज महोत्सव–२०८१’ आयोजना हुँदैछ । जसको तपारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९औं सृखला हो । विशेषगरी यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसवर्...
तीज मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न

तीज मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – बाँकेको नेपालगन्जमा भेरी साहित्य समाज जिल्ला कार्य समिति बाँकेको आयोजनामा १५९ औँ मोतीराम भट्टको जन्मजयन्ती, तीज मिलन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जको महेन्द्र पुस्तकालय सभाहलमा आयोजित कार्यक्रममा भेरी साहित्य समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष राजकुमार देवकोटाको अध्यक्षता, प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, बिशिष्ट अतिथि भेरी साहित्य समाज केन्द्रिय समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार हरिप्रसाद तिमिल्सिना, प्राज्ञ सदस्य शशिराम कार्की, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्य, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादवको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि रेग्म...
जय श्रीराम लाठी केन्द्रको प्रेस सल्लाहकारमा आकाश नियुक्त

जय श्रीराम लाठी केन्द्रको प्रेस सल्लाहकारमा आकाश नियुक्त

आस्था, कला/साहित्य, धार्मिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – जय श्रीराम शक्ति दल केन्द्र लाठी समितिको पदअधिकारीहरुको बैठकले सर्वसहमति प्रेस सल्लाहकारमा आकाश कसौधनलाई नियुक्त गरेका छन् । विगत लामो समयदेखि यसै क्लबको खेलाडी समेत रहेका कसौधनले क्लब विकासका लागि आफ्नो तहबाट साथ र सहयोग गर्दै आएको भन्दै समितिले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको जानकारी समितिका अध्यक्ष सुजीतकुमार गुप्ताले दिए ।...
प्रेस युनियनद्धारा तीज लेखनबृति प्रतियोगिता : सुवेदी प्रथम

प्रेस युनियनद्धारा तीज लेखनबृति प्रतियोगिता : सुवेदी प्रथम

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनबृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम हुनु भएको छ । प्रतियोगितामा सहभागि भएका सात जना महिला पत्रकार मध्ये सुवेदीको लेख प्रथम भएको हो । प्रतियोगितामा साबित्री बिश्वकर्मा द्धितिय र आरती कट्टेल तृतिय हुनु भएको छ । उत्कृष्ट भएसँगै उहाँहरु क्रमशः पाँच, तीन र दुई हजार रुपैयाले पुरस्कृत हुनुभएको छ । युनियन बाँकेले लेखनबृति प्रतियोगितामा सहभागिताका लागि महिला पत्रकारहरुलाई आह्वान गरेको थियो भने प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानोलेसमेत सहभागिता जनाउनुभएको थियो । लेखनमा उत्प्रेरित गर्नका लागि उहाँहरुलाई नगद एक÷एक हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागि सबैलाई लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी...
अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र - अखिल नेपाल महिला संघ बाँके जिल्ला कमिटि र अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका कमिटिको आयोजनामा महिला हिंसा विरुद्ध चेतनामुलक तिजगित प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नेपालगन्ज वडा नं.९ प्रथम गीता अर्यालको टिम दुतिय, निर्मला विसीको टिम तृतीय, कमला गौतमको टिमले शान्तवना पुरस्कार पाएको छ । अनेमसंघ अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न महिला हिंसा विरुद्धको तीजगीत प्रतियोगितामा अनेमसंघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्र्चाज विना ज्ञवालीले महिलाहरुलाई चेतना जगाउने र परम्परा र संस्कृतिलाई जोगाइ राख्न मौलिक गितको ठुलो महत्व हुने कुरामा जोड दिदै महिला एकजुट भएर अगाडि बढ्न सुझाव दिनुभयो । नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालले माइति टाढा हुनेहरुलाइ यसरी जम्मा गरेर तिज मनाउन पाउँदा टाढा माइति भएका महिलाहरुलाई माइतिको याद मेटाउने बता...
नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर

नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – बाँके जिल्लाको विभिन्न भागमा एक सातादेखि हरितालिका तिजको रौनक छाएको छ । नेपाली नारीहरुको साँस्कृतिक पर्व तिजको अवसरमा जिल्ला स्थित विभिन्न राजनीतिक दल, वर्गीय संगठन, सामाजिक संघ संस्थाहरुद्वारा शुभकामना आदान प्रदान तथा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमहरुको आयोजना गरिएको हो । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका १२ नम्बर वडा कमिटीको आयोजनामा वडाका चेलीबेटीहरुलाई सहभागी गराई तिजको शुभकामना आदान प्रदान, चेतनामूलक गीत नृत्य प्रदर्शन तथा दर खुवाउने कार्यक्रम सम्पन्न भयो ! वडा नं. १२ कमिटीका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं बाँके जिल्ला इञ्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेश सदस्य मिना ढकाल, हिरा खराल, जिल्ला कमिटी सदस्यद्वय कृष्णकुमार थ...
कृष्णनगरमा तिज बिशेष शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

कृष्णनगरमा तिज बिशेष शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र कृष्णनगर, १४ भाद्र - नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकी थिइन्। प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्णकुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, सुमन खरेल, महेन्द्र पोखरेल, वृजेशकुमार गुप्ता, आशिष कौशल, धिरेन्द्र सिंह, केशर विश्वकर्मा, भूमि भट्टराई, संजयकुमार गुप्तालगायत वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगा...