Wednesday, March 12सत्यम खबर
Shadow

धार्मिक

कालीथान मन्दिर व्यवस्थापन समिति श्रेष्ठको नेतृत्वमा

कालीथान मन्दिर व्यवस्थापन समिति श्रेष्ठको नेतृत्वमा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ पुस – श्री कालीथान मन्दिर व्यवस्थापन समितिको २१ औं साधारण सभाले स्थानीय गोविन्द नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार सम्पन्न २१ औं साधारण सभा तथा अधिवेशनले उक्त कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष पदमा हौसीलाल चिडीमार, सचिवमा वीरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष पदमा श्रीमती सरिता श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा वडा नं. १२ का सदस्य राज कुमार बाल्मिकी, श्याम सुन्दर अधिकारी, माधव प्रसाद पोखरेल, राजीव रेग्मी, विशाल गुप्ता र मीना वर्मा रहनु भएको छ । त्यसैगरि संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष श्री तरुण बज्राचार्यलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा अजीतकुमार शर्मा, श्रीमती लता शर्मा, श्यामबहादुर मल्ल, चतुर्भूज ज्ञवाली रहनु भएको छ । यसअघि समितिका अध्यक्ष श्रीमती लता शर्माको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन गर्दै प...
डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २१ पुस – बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा प्रार्य प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो । पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नाला लगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । उहाँका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ । डुडुवामा अधिराज्य कै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरण अन्तर्गत वाउण्ड्री (वाल) निर्मा...
राप्ती नदी सिधनियाघाटमा पाँचौ संस्करण गंगा महाआरती

राप्ती नदी सिधनियाघाटमा पाँचौ संस्करण गंगा महाआरती

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ पुस – बाँकेको राप्ती नदी सिधनियाघाटमा सोमबार पाँचौ संस्करण गंगा महाआरती गरिएको छ । महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको पाइएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव –१०८ शिवलिङ्ग विश्वम्भर महादेव मन्दिरमा गंगा महाआरती भएको हो । बाँके जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारण भक्तजनले आज आइतबार महाआरतीको क्रममा गंगा माताको विशेष पुजापाठ समेत गरेका थिए । धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती हँुदै आएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा गत भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाको दिनदेखि शुरु भएको महाआर...
विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, २१ मंसिर – त्रेता युगमा मिथिला नरेश राजा जानककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ । यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोश्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झाले जानकारी दिएका छन् । नेपाल भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन् । खुला सीमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ ह...
धार्मिक सन्तुलनका लागि मुस्लिम आयोग खारेज गरिनु पर्छ : यादव

धार्मिक सन्तुलनका लागि मुस्लिम आयोग खारेज गरिनु पर्छ : यादव

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ मंसिर – राष्ट्रिय एकता अभियान नेपालगन्जले मुस्लिम आयोग खारेजीको माग गर्दै स्थानीय बुद्धिजीवीहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी रामाशंकर माधव दासको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, संगठन महामन्त्री हर्क स्वाँर, र अन्य स्थानीय बुद्धिजीवीहरूले मन्तव्य व्यक्त गरे । कार्यक्रमका अध्यक्ष रामाशंकर माधव दासले भने, “मुस्लिम आयोगले आफ्नो अस्तित्वलाई समाजका सबै वर्गका लागि उपयोगी बनाउन सकेको छैन । अहिलेको समयमा हामीलाई समाजमा समता र एकता कायम राख्न केन्द्रित प्रयास चाहिन्छ, अलगाववादलाई प्रोत्साहन दिने संस्थाहरू होइन ।“ केन्द्रीय अध्यक्ष विनय यादवले मुस्लिम आयोग खारेजीको मागलाई औचित्यपूर्ण ठहराउँदै भने, “हामी कुनै पनि समुदायको विरुद्ध छैनौं, तर यो आयोगले समाजमा साम्प्रदायिक ध्रुवीकरण मात्र बढाएको छ । अब हामीले सबै समुदायला...
गौरव स्मृतिद्वारा निःशुल्क आँखा तथा कानको शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

गौरव स्मृतिद्वारा निःशुल्क आँखा तथा कानको शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – श्री १००८ हडिया बाबा आश्रममा आयोजना गरिएको साधुसन्त, भक्तजन तथा सर्वसाधारणहरूका लागी गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जना बिरामीहरु लभान्वित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–४ मा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ मा रहेको श्री १००८ हडिया बाबा आश्रममा निःशुल्क आँखा तथा कानको परीक्षणका गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ । नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज फुल्टेक्राको संयुक्त सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो । गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा आयोजना गरिएका निःशुल्क आँख...
नेपाल र भारतबीच धार्मिक– विकासमा कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका

नेपाल र भारतबीच धार्मिक– विकासमा कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, ३० कार्तिक – नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ । यी दुई देशका जनता बीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राख्छन् । यसै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारत बीचको धार्मिक–सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ । यसै अवसरमा नेपाल भारत खुला सिमा सम्बादले नेपाल भारतबाट आएका साधु सन्तहरुको लागी संस्थाको मधेस प्रदेश सहसंयोजक दिपक यादवको संयोजकत्वमा साधु सम्मान र भण्डाराको आयोजना गरिएको छ । करीब २५० को संख्यामा रहेको साधु सन्तहरुलाई च्युरा, दही, चिनी, तरकारी अंचारको भण्डारा (खाना) गरिएको थियो । कार्तिक पूर्णिमा र कमला नदी स्नानको महत्वको बारेमा बोल्दै संस्थाको केन्द्रिय अध्यक्ष राजीव झाले कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजा...
मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ । आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराउनु भयो । अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो । ...
हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै

हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ कार्तिक – चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग ...
शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, १३ कार्तिक - कपिलवस्तुक   प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा मूल मूर्ति विसर्जन समितिको छलफल कार्यक्रममा बोल्दै उहाँले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गर्नुभयो । प्रजिअ अर्यालले भन्नुभयो, “कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गर्नु पर्छ ।” उहाँले तिहार पर्वले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गर्नु भयो । तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न नगर प्रमुख शाहले अनुरोध गर्नु भयो । कपिलव...