Wednesday, February 4सत्यम खबर
Shadow

श्री १००८ हडिया बाबा मेलामा साधुसन्तलाई आँखा र कानको निःशुल्क शिविर

नेपालगन्ज, २५ कार्तिक – श्री १००८ हडिया बाबा आश्रममा आयोजित मेलामा साधुसन्तहरुलाई आँखा कानको निःशुल्क शिविर आयोजना गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रामा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन, नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको संयुक्त आयोजनामा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

मेलामा उपस्थित रहेका करिब ८ सय साधुसन्त, महत्माहरुलाई निःशुल्क शिविरमा चेकजाँच गरिएको गौरब स्मृति तथा वियोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदिप शाहले जानकारी गराए । उनका अनुसार शिविरमा चेकजाँच गराएका साधुसन्त, महत्माहरुलाई जटिल रहेका र सैल्यक्रिया गर्नु परेका सबै निःशुल्क रहने संरक्षक शाहले जानकारी गराए । साधुसन्त, महत्माहरुलाई कान र आँखाको जटिल समस्या देखा परेको जानकारी गराए । सैल्यक्रिया गर्नु परे करिब २० देखि ३० हजारसम्म खर्च आउने भएपनि सबै निःशुल्क रहेको जानकारी गराए ।यो आयोजना बर्षैदेखि चल्दै आएको हडिया बाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले जानकारी दिए । श्री १००८ हडिया बाबा आश्रममा कार्तिक र्पुणिमादेखि लाग्ने यो मेला करिब ५ दिनसम्म चल्ने र मेलामा आएका साधुसन्त, महत्माहरुलाई हरेक बर्ष स्वास्थय शिविर लगायत विभिन्न सेवाहरु दिंदै आएको सदस्य श्रीवास्तावले जानकारी गराए । मेलामा नेपालको बाँके, बर्दिया, दांग, कैलालीलगायत छिमेकी मित्र राष्ट्र भारतबाट समेत साधुसन्त, महत्माहरु आउने गरेको उनले जानकारी गराए ।

श्री १००८ हडिया बाबा मेलामा आएका साधुसन्त, महत्माहरुलाई लिएर नगरपरिक्रमा गराउने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तथा हडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराए । साधुहरुलाई नगरपरिक्रमा गराए नगरमा सुखशान्ति मिल्ने विश्वास गरेको अध्यक्ष वैश्यले जानकारी गराए । यो मेला बर्षौदेखि निरन्तर रुपमा चल्दै आएको छ ।

मेलामा उपस्थित भएको साधुसन्त, महत्माहरुको आँखामा मोतिया बिन्दु र कानमा बढी फोहोर भएको कारणले सुन्ने क्षमता कम भएको शिविरमा उपस्थित भएको चिकित्सकहरुको भनाई छ । उमेर बढी भएको कारण सरसफाईमा ध्यान नदिने र खानपानमा कमि भएको कारणले यो समस्या आएको जनाईएको छ ।

मेलामा राती प्रवचन नाटक मञ्चन लगायत विभिन्न भक्तिका कार्यक्रमहरु हुने गरेको हुन्छ । मेलामा उपस्थित साधुसन्त, महत्माहरुलाई हरेक समयमा खाना नास्तालगायतको उचित व्यवस्थापन गरिनुका साथै बिदाईको बेला कम्मल, दक्षिण आदिको राम्रो व्यवस्था गरिएको र बास बस्नका लागि पनि श्री १००८ हडिया बाबा आश्रम मै व्यवस्था गरिएको बताईएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *