सनातनी परम्परालाई निरन्तरता दिँदै नरैनापुरमा ११०० कन्यापूजन गर्ने निर्णय
नरैनापुर, ४ असोज – विश्व हिन्दू परिषद् नेपाल, नरैनापुरको बैठकले आगामी नवरात्रमा बृहत् रूपमा कन्यापूजन गर्ने निर्णय गरेको छ । नरैनापुर गाउँपालिका–५ मटेहियास्थित मौजीदास बाबा आश्रममा सम्पन्न बैठकले नवरात्रको पञ्चमी तिथिमा कम्तीमा १ हजार १ सय कन्याको पूजन गर्ने निर्णय गरेको हो ।
सनातनी परम्परा र धार्मिक संस्कारलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले आयोजना गरिने कन्यापूजनलाई यस वर्ष विगतको तुलनामा अझ व्यवस्थित र भव्य बनाउने तयारी गरिएको बैठकमा सहभागीहरूले बताएका छन् ।
बैठकले हालै सम्पन्न काँवर यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत ज्ञापन गरेको छ । धार्मिक तथा सामाजिक गतिविधिमा स्थानीय समुदायको सहभागिता बढाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
बैठकमा हिन्दू स्वयंसेवक संघ नेपालका भेरी वि...









