
गौरव स्मृतिद्वारा जेष्ठको अन्तिम मंगलबारका दिन बृहत प्रसाद वितरण (फोटोफिचरसहित)
नेपालगन्ज, २७ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा जेष्ठ महिनाको ठूलो मंगलबारमा आज अन्तिम मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको अन्तिम ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । गौरव स्मृतिद्वारा जेष्ठ महिनाको ५ वटै ठूलो मंगलबारका दिन बृहत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिनुका साथै नगरको अन्य स्थानमा समेत आर्थिक सहयोग गरिएको संरक्षक शाहले बताउनुभयो ।
प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता...