
सिन्धुली, १० फागुन – समाजमा हुने गरेको फजुल खर्च जोगाई सनातन हिन्दु सस्कार र सस्कृतिलाई जीवन्त राख्ने मुल उदेश्यले सिन्धुली जिल्ला सदरमुकाम स्थित रातमाटा रामेश्वरधाम परिसरमा सामुहिक ब्रतबन्ध सम्पन्न गरिएको छ ।
रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिको आयोजना श्रीमद्भागवत ज्ञानमहायज्ञ समापनको अवसरमा न्युनतम खर्चमा सर्वसाधण दर्जनौ बटुकहरुको सामुहिक व्रतबन्ध गरिएको थियो ।

सामुहिक ब्रतबन्ध कार्यक्रममा सदरमुकाम सिन्धुलीमाडीका कुल १३ जना बटुकहरुको सामुहिक रुपमा ब्रतमन्ध गरिएको रामेश्वरधाम मन्दीर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद कोईरालाले बताउनु भयो ।
सामुहिक व्रतबन्ध कार्यक्रममा स्थानीय सयौं महिला पुरुषहरुले बटुकहरुलाई सामुहिक रुपमा भिक्षा प्रदान गरेका थिए । ब्रतबन्धमा सामेल बटुकहरुलाई गुरु पुरोहित अर्जुन सापकोटले मन्त्र सुनाउनु भएको थियो ।

घरघरमा एकल रुपमा हजारौं रुपैयालाई फजुल रुपमा खर्च गरेर विवाह तथा व्रतबन्ध कार्य सम्पन्न गरी क्रृणको बोझ बोकेका स्थानीय बासिन्दाहरु एक हजार एक सय शुल्क तिरेर गरिएको सो सामुहिक व्रतबन्ध कार्यक्रमबाट भने प्रभावित भएका थिए ।
सामुहिक रुपमा आयोजना गरिएको सो व्रतबन्धमा सामेल बटुकहरु समूहमा सहभागी भै भिक्षा कार्यक्रममा रहभागी हुन पाएकोमा खुसी समेत देखिन्थे ।

सो अवसरमा जिल्ला सदरमुकाम माडीवजारका बासिन्दाहरु सबैलाई एकै साथ भिक्षा दान गराउन र सामुहिक रुपमा मितव्ययी भोजको समेत आयोजना गरिएकोे थियो ।
