Tuesday, February 3सत्यम खबर
Shadow

सुनारको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

नेपालगन्ज, १५ माघ – नेकपा (एमाले) बाँके क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्धवार खगेन्द्र सुनारको अभिब्यक्तिप्रति भ्रत्सर्ना गर्दै कारवाहीको माग गर्नुभएको छ ।

लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्ब मन्त्री खत्रीले रास्वपाका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार सुनारले नेपालको राष्ट्रिय जनावर गाई काटेर खान पाउनुपर्ने भनि दिएको अन्तरवार्त नेपाली समाजमा सुहाउने बिषय नभएको टिप्पणी गर्नुभयो ।

प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै खत्रीले राष्ट्रिय जनावर गाई प्रति दिएको अभिव्यक्ति प्रति निर्वाचन आयोगको ध्यानार्कषण समेत गराउनुभयो ।

पुर्व मन्त्री खत्रीले सरकार छ भने यसखालका अभिब्यक्तिलाई गम्भिरता पूर्वक लिएर निगरानी गर्न सुझाव दिनुभयो । नेपालमा परापुर्वकालदेखी आदर र सम्मान गर्दै आइरहेको गाईलाई काटेर खान पाउनुपर्छ भन्ने अतिवादी चिन्तन बोक्नेहरुले देशलाई खाल्डोमा हाल्ने भएकाले यस प्रति सचेत बन्न आग्रह गर्नुभयो ।

खत्रीले भन्नुभयो– गाई खाने कुरा गर्ने उमेद्धवारले देशलाई गर्ने योगदान के हो ?,यस्तो मनभावना राख्नेबाट देशलाई जोगाउन सम्बन्धित पक्ष र मतदाता जाग्न अनुरोध गर्नुभयो । उहाँले सबै दल र मतदाताले यसको प्रतिकार गर्न जरुरी रहेको बताउँदैे मुलुकको अस्मिता जोगाउन लाग्न आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *