मानवीय सहयाेगमा कशाैधन युवा मञ्च
नेपालगन्ज, २५ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसले आक्रान्त बनेकाे नेपालगन्जमा सरकारद्वारा लगाईएकाे लकडाउनेले यहाँ रहेका थुप्रै सहयाेगी हातहरूले काेही भाेकभाेकै नरहुन भनी आ-आफ्नाे स्थानबाट सहयाेग गर्दै आईरहेका छन् ।
यिनी सहयाेगी हातहरू मध्यबाट एक हाे कशाैधन वैश्य समाज युवा मञ्च बाँके । विगत एक महिनादेखि नेपालगन्जका गरिब, असहाय न्यून आय भएकाेहरूलाई भाेकभाेकै बस्न नपराेस भनी खाधान्न लगायत सहयाेग गर्दै आईरहेकाे छ ।
कशौधन बैश्य समाज युवा मञ्च बाँकेले आज मंगलबार नेपालगन्जमा रहेका निलसागर सेवाश्रमलाई खाद्यान्न लगायतको सामाग्री सहयाेग गरेको छ । मञ्चले सेवाश्रममै पुगेर आवश्यक खाद्यान्न तथा खेलकुदका सामाग्री सहयोग प्रदान गरेको कशाैधन वैश्य समाज युवा मञ्चका अध्यक्ष आदित्यकुमार गुप्ताले बताउनुभयाे ।
मञ्चका अध्यक्ष गुप्ताले सेवाश्रमका अध्यक्ष सरिता खनाललाई प्रदानित सामाग्री हस्तान्तरण गर्नुभएको...









