
नेपालगन्ज, २४ जेष्ठ – कसौंधन बैश्य समाज जिल्ला कार्य समिति बाँके तथा युवा मञ्च र महिला मञ्चद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३६ जनाले रक्तदान गर्नु भएको छ ।
नेपालगन्जको त्रिभुवन चौकको उत्तरमा रहेको शिव मन्दिरको प्राङ्गणमा महिला पुरुष गरी ३६ जनाले रक्तदान गरेको कसौंधन बैश्य समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष नन्दलाल बैश्यले जानकारी गराउनु भएको छ ।
रक्तदान गर्नेहरुमा कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्य, राकेशकुमार बैश्य, सतिशकुमार बैश्य, कृष्णगोपाल बैश्य, अमूल्य बैश्य, हिमांशु बैश्य, निलेश बैश्य, ज्ञानेन्द्रकुमार गुप्ता, प्रेम बजगाई, आयुशकुमार बैश्य, प्रकाश बैश्य, नागेश्वर गुप्ता, कमलप्रकाश गुप्ता, सत्यनारायण बैश्य, रंजीत केसी, बिशेषकुमार बैश्य, सरिता बैश्य, कुमार गुप्ता, सन्तोषकुमार बैश्य, अजय बंशकार, अंकित गुप्ता, दीपकुमार बैश्य, आकाश गुप्ता, बृजेश बैश्य, अम्बिकाप्रसाद बैश्य, रमेशकुुमार बैश्य, अमित हलवाई, पकंज बैश्य, झपेन्द्रबहादुर शाह, बिशाल जायसवाल, बिजयकुमार बैश्य, कुनाल बैश्य, अनुराज अग्रवाल, एस बैश्य, तकद्दीर शेष लगायत ३६ जनाले रक्तदान गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा कसौंधन बैश्य समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष नन्दलाल बैश्य, युवा मञ्चका अध्यक्ष आदित्य बैश्य, महिला मञ्चकी अध्यक्ष सीतादेवी बैश्य, अल्पना बैश्य, निलम शर्मा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कसौंधन बैश्य समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष नन्दलाल बैश्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा सदरलाईनका अध्यक्ष तथा दुर्लभ रक्तदाता समूहका अध्यक्ष ओमप्रकाश आजाद लगायतले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, होमराज गिरी, गुन्जा कनौजिया र सञ्जय बढहीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।




