Wednesday, April 15सत्यम खबर
Shadow

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति मार्फत विभिन्न निकायलाई सामग्री हस्तान्तरण

प्रहलाद विश्वकर्मा,
नेपालगंज २४ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले जिल्ला कोभिड संकट व्यवस्थापन समिति मार्फत भेरी अस्पताल, नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री सोमवार हस्तान्तरण गरेको छ ।

बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्रमुख जिल्ला अधिकारी शिवराम गेगाललाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण लगतै प्र.जि.अ.गेगालले भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा.प्रकाश थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक ओमबहादुर राना, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक अशोक वम र नेपाल आर्मीका कैप्टान विक्रम चौधरीलाई व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

भेरी अस्पताललाई पि.पि.इ ८० थान, मास्क ७ हजार, शव व्यवस्थापन व्याग विभिन्न चरणमा गरी ३०० थान, नेपाल प्रहरीलाई मास्क २ हजार ५ सय, शसस्त्र प्रहरीलाई १ हजार ५ सय र नेपाल आर्मीलाई १ हजार थान वितरण गरिएको छ ।

यसैगरी विभिन्न स्थानीय तहहरुले सञ्चालन गर्दै आएको आइसोलेशन केन्द्रलाई व्यवस्थापन गर्न नेरेसोबाट मास्क लगायत अत्यवास्यक सामग्री उपलब्ध गराइएको नेरेसो बाँके शाखाका बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगीले जानकारी दिनु भएको छ ।

कोभिड–१९ प्रतिकायका लागि चाइना रेडक्रसबाट नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई प्राप्त उक्त सामग्री नेरेसो लुम्बनी प्रदेश मार्फत नेरेसो बाँकेले वितरण गरेको छ ।

यसैगरी युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्यद्वारा नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित आइसालेशन व्यवस्थापनका लागि विभिन्न प्रकारका सामग्रीहरु नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरलाई हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगी, सुरक्षा निकायका प्रमुख, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, कोभिड १९ का फोकल पर्सन नरेशबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *