Wednesday, April 15सत्यम खबर
Shadow

खजुरा आइसोलेशनमा आशाद्धारा स्वास्थ्य सामाग्री प्रदान

खजुरा, २४ जेष्ठ – कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको छ । कोभिड १९ का कारण बाँके जिल्लामा पनि असर पारेको छ । कोरोनाको हटस्पट बनेको बाँकेलाई न्युनिकरण गर्न आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

खजुरा गाउँपालिका वडा नंं. ३ मा रहेको आइसोलेसनलाई सोमवार स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो । आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति र डाक्टर सुदिप रिजाललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएकाे छ ।

आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा पिपिई सेट, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीले जानकारी गराउनुभयो ।

आशा संस्था २०७४ जेठ २ गतेदेखी सञ्चालनमा रहेको छ । खजुरा शाखामा १ हजार ३ सय ६७ जना सदस्य रहेका छन् । जसमा संस्थाले १४ करोड लगानी गरेको छ भने ९ सय ११ जनाले यस संस्थाबाट कारोबार अर्थात ऋण प्रवाह गरि लाभ लिएका छन् । शाखामा ३ करोड ९५ लाख बचत रहेको यस संस्थाले कोरोना पोजेटिभ ६०० जना सदस्यलाई मास्क बितरण गर्ने शाखा प्रमुख अवस्थीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *