Saturday, May 16सत्यम खबर
Shadow

निशुल्क मास्क तथा खाजा वितरण

दिनेश ठाकुर

नेपालगन्ज, २३ जेष्ठ – नेपालगन्ज मुस्लिम समाजले त्रिभुवन चौकमा निःशुल्क मास्क तथा नेपाल प्रहरी सशस्त्र प्रहरीहरूलाई खाजा वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला बाँकेमा पनि यसको त्रास देखिएकोले नेपाालगन्जको बाटोमा आवतजावत गर्ने व्यक्तिहरुलाई त्रिभुवन चौकमा निः शुल्क मास्क तथा नेपाल प्रहरी सशस्त्र प्रहरीहरूलाई खाजा वितरण गरिएको समाजका सचिव मेराज अहमद हल्वाई हिमालयले जानकारी दिए । एतिहासिक शहर नेपालगन्जको एतिहासिक त्रिभुवन चौकमा एक कार्यक्रमको आयोजना गरि ३ हजार माक्स बितरण गरेको छ ।


नेपालगन्ज मुस्लिम समाज बाँकेका अध्यक्ष हकीम हल्वाई, नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिष्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना) नेपालगन्ज मुस्लिम समाज बाँकेका सचिव मेराज हिमालय फिरोज वारशी, ज्याउलहक हल्वाई, बाबुनेता गुड्डू सिद्दीकी लगायतको सहभागितामा बटुवाहरूलाई निशुल्क मास्क वितरण गरिएको छ ।
साथै नेपाल प्रहरीका ड्यूटीमा रहेका प्रहरीहरूमा खाजा र पानी बोतल वितरण समेत गरिएको थियो । नेपालगन्ज मुस्लिम समाज बाँकेले निरन्तर राहत स्वरुप खाद्यान समेत वितरण गरिरहेको छ ।


हालसम्म सात सय बोरी राहत खाद्यान्न वितरण गरिसकेको समाजले गरिबहरुलाई खाद्यान्न वितरण पछि मास्क बितरण सुरु गरेको हो । विशिष्ट अतिथिमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसूरी र सचिव चिरंजीवी ओलीको सहभागिता रहेको थियोे । समाजले बाटोमा आवतजावत गर्ने व्यक्तिहरुलाई मास्क वितरण गर्नुका साथै कोरोनाबाट सुरक्षित रहन सुझाव दिएका छन् ।
छैठो चरणको राहत खाद्यान्न वितरण गरिने नेपालगन्ज मुस्लिम समाज बाँकेका सचिव हिमालयले जानकारी दिए । नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिष्ठ उपाअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना)ले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *