Sunday, May 31सत्यम खबर
Shadow

आस्था

पत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम

पत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ जेष्ठ – पत्रकारहरुका लागि मानवअधिकारका विषयमा एक दिने भर्चुअल तालिम नेपालगन्जमा सम्पन्न गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज शनिबार भर्चुअल अनलाईन तालिम गरेको हो ।तालिममा मानवअधिकार, अवधारणा, सिद्धान्तका बारेमा राष्ट्रिय मानवअधिकार आयोगका पुर्ब सदस्य मोहना अन्सारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कार्यान्वयनको फ्रेमवर्कका बारेमा कानूनविद अधिबक्ता मोहनलाल आचार्य र मानवअधिकारका सवालको पहिचान, रिर्पोटिग र पत्रकारहरुको भुमिकाका बारेमा वरिष्ठ पत्रकार धमेन्द्र झाले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी पत्रकारहरुले मानवअधिकार सवालको पहिचान तथा त्यस अन्तर्गतका विषय बस्तुहरुमा रिपोर्टिग गर्ने विश्वास लिइएको छ । तालिममा बाँके र बर्दिया जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब दुई दर्जन सक्रिय ...
बिरामी र कुरूवाकाे सेवामा अहाेरात्र नेकपा बाँके

बिरामी र कुरूवाकाे सेवामा अहाेरात्र नेकपा बाँके

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काेहलपुर, २१ जेष्ठ - नेकपा एमाले बाँकेले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण असपताल कोहलपुरका कोभिड विरामी र कुरुवाका लागि संचालन गरेको भान्साघरमा अहिलेसम्म करिव पाँच हजार पाँच सयले खाना खाएका छन् । विभिन्न संघसंस्थाको सहयोगमा एमाले बाँकेले २२ दिन अघि भान्साघर संचालनमा ल्याएको थियो । कोभिड विरामी र कुरुवालाई लक्षित गरेर ल्याइएको भान्साघरमा ३० रुपैयाँमा एक छाक खाना खाने व्यवस्था मिलाइएको छ । लकडाउन र निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा अप्ठ्यारो झेल्दै आएका विरामी र कुरुवाहरुले राहत महसुस गरेका छन् । सल्यान मार्केका गुरुवा चौधरीले अस्पतालमा सुरु गरिएको भान्साघरको खाना राम्रो र सस्तो रहेको बताउनुभयो । उहाँजस्तै अहिलेसम्म पाँच हजार बढीले खाना खाइसकेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक तीस हजार रुपैयाँ खाना खर्च आउने गरेको छ । विहा...
“लकडाउनले गर्दा बैंकको ब्याजसम्म बुझाउन धौ–धौ” प्रधानाध्यापक बर्मा

“लकडाउनले गर्दा बैंकको ब्याजसम्म बुझाउन धौ–धौ” प्रधानाध्यापक बर्मा

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ जेष्ठ – श्री माध्यमिक विद्यालय बन्जारे गाउँ जानकी गाउँपालिका वडा नं. ३ का प्रधानाध्यापक आदित्यकुमार बर्मा कृषि पेशातिर आकर्षिक हुँदै लाखौं रुपैयाँको लगानी गरी कृषि खेती गरिरहेका छन् ।कोभिड–१९ कोरोना भाईरसको नियन्त्रणका लागि विगत १ महिना २० दिनदेखि सरकारद्वारा लगाईएको लकडाउनले गर्दा उनको उक्त सपना चकनाचुर हुने अवस्थामा पुग्दा समेत सम्बन्धित कसैको आँखा पुग्न नसकेको गुनासो प्रधानाध्यापक बर्माको रहेको छ । सरकारद्वारा गरिएको लकडाउनले गर्दा नै खेतबारीमा उत्पादन भएको हरियो तरकारी समेत बजारमा नपुग्दा लगानी त डुब्यौ त्यसमाथि बैंकबाट लिएको ऋण कसरी तिर्ने र प्रत्येक महिना बुझाउने बैंक ब्याजको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता अर्कोतिर रहेको गुनासो प्रधानाध्यापक बर्माले पोख्नुभयो । जानकी गाँउपालिका ३ बन्जारे गाँउमा बसोबास गर्दै श्री मध्यमिक बिद्यालयका प्रधानाध्यापक भएर शिक...
फुल्टेक्रामा दुःख, कष्ट निवारण गर्न दैनिक सुन्दरकाण्ड पाठ जारी

फुल्टेक्रामा दुःख, कष्ट निवारण गर्न दैनिक सुन्दरकाण्ड पाठ जारी

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, राप्तीरोड स्थित श्री शिवपार्वती मन्दिरमा सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक हुने गर्दछ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीका छोरी नाती समाजसेवी माधवराम वर्माका अनुसार कोभिड–१९ को महामारीमा आम मानिसहरुमा धेरै कष्ट परेको छ, त्यस दुःख कष्टलाई निवारण गर्नका लागी र भगवानले छिटै शान्ति दिऊन भनेर श्री शिवपार्वती मन्दिरमा दोस्रो लकडाउन शुरु भएको बैशाख महिनाको ९ गतेदेखि नै सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक आयेजाना हुने गर्दछ । सन्दरकाण्ड पाठको वाचन कार्यक्रममा आउने श्रद्धालु भक्तजनहरुले सेनीटाइजर र मास्कको प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गरी बस्ने गर्दछन् ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीद्वारा निर्मित श्री शिवपार्वती मन्दिरमा...
एम्बुलेन्स खरिद गर्न अन्सारीले दिए एघार हजार

एम्बुलेन्स खरिद गर्न अन्सारीले दिए एघार हजार

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ जेष्ठ - नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उहाँले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको हो । नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेको हिमालय इंजीनियरिंग वर्कशॉप एंड ट्रेडर्सका सञ्चालक समेत रहनुभएका अन्सारी नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चालन गरिरहेको एम्बुलेन्स खरिद सहयोगार्थ आफुले सहयोग गरेको बताउनुभयो । पत्रकार महासंघका शुभचिन्तक अन्सारीले संघको कार्यसमितिमा रहँदा पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँले उद्योगी व्यवसायीको हकअधिकारका लागि सदैव आवाज उठाउने गरेको यहाँका उद्योगी व्यवसायी बताउँछन् ।...
कोरोना महामारी निवारणार्थ हवन गर्दै आर्य समाज

कोरोना महामारी निवारणार्थ हवन गर्दै आर्य समाज

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको प्रकोपलाई कम गर्न तथा देश भित्रै शान्ति स्थापनार्थ नेपालगन्ज आर्य समाजले बाँकेको सदरमुकाम नेपालगन्जको वडाहरुमा हवन गर्दै आईरहेको छ ।यसैक्रममा मंगलबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रादेखि शुरु गरि वडा नं. २२ पुरैनी, वडा नं. ५ फुल्टेक्रा लाईन, वडा नं. ३ ईदगाह लगायतको स्थानमा हिन्दु धर्मको मान्यता अनुसार मन्त्र जाप गर्दै हवनमा आहुती दिने कार्य आय समाजलगायत नेपालगन्जबासीहरुले गरेका छन् । नेपालगन्ज आर्य समाजले कोरोना महामारी निवारण हेतु औषधीयुक्त विभिन्न जडीबुटी, गाईको शुद्ध घ्यू आदिले गाडीमा हवन कुन्ड राखेर हवन गर्दै नेपालगन्ज बजार परिक्रमा गराईएको थियो ।मंगलबार आर्य समाजद्वारा आयोजना गरिएको हवन कार्यलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंह र भाई सुधिरप्रताप सिंहको विशेष सहयोग रहेको हुँदा उनको प्रति आ...
नेपालगन्जमा हरित हेमन्तले रोपे विश्व मै लोपउन्मुख कल्पबृक्षको बिरुवा

नेपालगन्जमा हरित हेमन्तले रोपे विश्व मै लोपउन्मुख कल्पबृक्षको बिरुवा

CoVid19, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ जेष्ठ – हरित अभियान्ता हेमन्तराज काफ्लेले लोपउन्मुख विरुवाको पनि संरक्षण गर्न थालेका छन् । उनले यस्ता विरुवाहरुको खोजी गर्न थालेका छन् ।यसै अभियान अन्तर्गत सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित भगवती टोलमा रहेको भगवती मन्दिरमा उनले लोपउन्मुख कल्पबृक्षको बिरुवा लगाएका छन् । काफ्लेले विरुवा लगाउँदै गर्दा स्थानियहरुले पुजाँआजा गरेर खुसी व्यक्त गरेका थिए ।पश्चिम् अफ्रिकामा पाईने कल्पबृक्षको दाना नर्बेबाट साधना राणाले हरित कोष नामक संस्थाबाट हेमन्तलाई पठाएकी थिईन । कल्पबृक्षको विरुवा लगाएपछि अझै उत्साह थपिएको बताए । उनले यस्ता लोपउन्मुख विरुवाहरुलाई देशभर लगाउने समेत सोच बनाएका छन् । कल्पबृक्षको बिरुवा सम्भवत नेपाल कै पहिलो भएको काफ्लेले दाबी गरेका छन् । स्थानिय समाजसेवी तथा जयपृथ्वी सहकारीका अध्यक्ष लोकेन्द्र चन्दले गाउँघर मै विरुवा लगाएर पुण्यको काम गरेकाले ह...
विपन्न परिवारलाई खाद्यान्न सहयोग

विपन्न परिवारलाई खाद्यान्न सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
हेमन्त राज काफलेनेपालगन्ज, १७ जेष्ठ - ऐसेम्बली अफ न्यू लाईफ मिशन चर्च गणेशपुरद्वारा अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। धर्म भन्दा धेरै माथी मानवता भएकाले कोहि पनि भोकै सुत्नु नपरोस् भनेर सहयोग अभियान चालेको पा. दानीएल शाहीले बताएका छ्न् । जुन ठाउँमा मानिस भोकै छ्न् वा अत्यावश्यक परेका परिवारलाई आफै पुगि सहयोग गरेको उनले बताए । अहिलेसम्म कोहलपुर, नौबस्ता, बैजनाथ, नेपालगन्जका अति बिपन्न ज्यालादारीमा काम गर्ने १ सय बढी गरिब, अति विपन्न परिवारलाई राहत सहयोग गरेको जनाएका छन् । मानिसहरु रोगले मरेकै छ्न्, यो निकै दु:खद हो अझ भोकको पीडा धेरै दर्दनाक हुन्छ, त्यही भएर हाम्राे मण्डलीमा भएका साथीहरु मिलेर अति विपन्न गरिब परिवारहरूलाई सहयोग गर्न लागेका छौ र ५ सयभन्दा बढी विपन्न घर परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको पास्टरले जनाएका छन् । उनीहरुको खादान्न सहयोगमा २० केजी चामल, २ ...
अन्जनी माता रसोईलाई बर्माद्वारा नगद सहयोग

अन्जनी माता रसोईलाई बर्माद्वारा नगद सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ जेष्ठ – बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा अन्जनी माता रसोई श्रीसुन्दरकाण्ड मित्रमण्डललाई जेष्ठ १७ सोमवार भारत लखनउ निवासी विकास शर्माले समाजसेवी माधवराम वर्मामार्फत रु. ५ हजार १ सय रुपैयाँको सहयोग गर्नु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका तथा श्रीसुन्दरकाण्ड मित्रमण्डलद्वारा सञ्चालित अन्जनी माता रसोई भेरी अस्पताल नेपालगन्जमा कोभिड विरामी र बिरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहाँहरूको लागी बिहान र बेलुकाको खानाको व्यवस्थापन गरिरहेको अन्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी हाल भारत उत्तर प्रदेशको लखनउमा बस्दै आउनु भएको विकाश शर्माले मानव सेवा नै धर्म हो यस किसिमको पुण्य कामको लागी उहाँले नगद रू ५ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँंले सहयोग गर्नुभएको रकम नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी पत्रकार तथा समाजसेवी माधवराम वर्माले अन...
३ महिलासहित ४५ जनाले गरे रक्तदान

३ महिलासहित ४५ जनाले गरे रक्तदान

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ जेष्ठ – कुर्मी (वर्मा) सहयोगी हात, बाँके नेपालगन्जले कोभिड १९ को महामारी, बिषम परिस्थितमा मास्क, सेनीटाइजरको प्रयोग गरी र सामाजिक दूरी कायम गरेर जेष्ठ १५ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ स्थित रहेको फत्तेवाल आँखा अस्पताल नेपालगन्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जना महिला र पुरुष गरी ४५ जनाले रक्तदान गरेको छन् ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि डा. धवल शमशेर राणा, र कुर्मी (वर्मा) सहयोगी हात, बाँकेका संयोजक डा. कौशलकुमार वर्माले रक्तदान संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको विधिवत रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको भएको थियो । रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम वर्माका अनुसार रक्तदान गर्नेहरुमा जानकी गाउँपालिका वार्ड नं.–५ का वडाध्यक...