अतिविपन्न परिवारहरुलाई खाद्यान्न सहयोग
नेपालगन्ज, ३१ जेष्ठ – भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केयर नेपालको सहयोगमा नेपालगन्ज उपमहानगर क्षेत्र भित्रका कोभिड–१९ बाट प्रभावित भएका अति विपन्न, दलित र शारिरिक अशक्त भएका परिवारहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।पहिलो चरणमा २५ परिवारलाई बितरण गरिएको छ । बाँकी दोश्रो चरणमा ७५ परिवारलाई पनि बितरण गरिने कार्यक्रम रहेको संस्थाका निर्देशक डम्मर सुनारले बताउनु भयो ।
बितरण गरिएको सामाग्रीहरुमा चामल ५० किलो, रहर दाल ३ किलो, चना डेढ किलोे, पिठो ५ किलोको प्याकेट, तोरीको तेल साढे २ लिटर, २ किलो आयोनून, २ किलो चिनी र नुहाउने लाईफ व्वाय साबुन ४ थान गरी प्रति परिवारलाई ५ हजार २ सय रुपैया पचास पैसा बराबरको खाद्य भौचर मार्फत उपलब्ध गराईएको बी–ग्रुपका लेखा अधिकृत बेदप्रकाश दिक्षितले जानकारी दिए ।
बाँकेमा कोरोना संक्रमणको त्रासबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाका कारण जनजिविक...









