Sunday, May 31सत्यम खबर
Shadow

आस्था

ब्रिनोज कान स्वास्थ्यद्वारा गुलरियामा निःशुल्क सात दिने शिविर सञ्चालन

ब्रिनोज कान स्वास्थ्यद्वारा गुलरियामा निःशुल्क सात दिने शिविर सञ्चालन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा गुलरिया नगरपालिका बर्दियाको समन्वयनमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाीई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको कान जाँच आउटरिच भिषण थारुले जानकारी गराउनुभयो । आउटरिच भिषण थारुले दिएको जानकारी अनुसार ७ दिने निःशुल्क कान शिविरमा सोमबार मंसिर १५ गते खैरापुर स्वास्थय चौकीमा आयोजना गरी जम्मा १ सय १२ जना बिरामीहरुको कान जाँच गरिएको बताए । खैरापुर स्वास्थ्य चौकीमा जाँच गरिएको निःशुल्क कान जाँच शिविरमा ४५ जना पुरुष, ६७ जना महिला रहेका थिए भने कान पाक्ने बिरामीहरुमा १८ जना तथा कानको अप्रेशनको लागि रिफर गरिएको बिरामीह...
ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज १६ मसिंर – अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पिडित हुने गरेको महिलाहरु बताएका छन । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. २ मा गरेको समुहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकाहरुलाई उच्च शिक्षा नदिनु दुर्भाग्यपुर्ण अवस्था रहेको अगुवाहरु बताएका छन । उनीहरुले समाजमा व्याप्त विभिन्न कुरुतीले महिलाहरु समाजमा अघि बढ्न नपाएको बताएका थिए । महिलाहरुले बाल विवाह, दाइजो प्रथा, जातिय भेदभाव, बहु विवाहको समस्याले किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन । मधेशी समुदायमा अझै पनि शिक्षाको अभाव भएकाले सबै भन्दा पहिला चेतना अभिबृद्धि गरी उनीहरुको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा महिला अगुवा लिलावती यादव, ...
सञ्चारकर्मी जयसवालले गरे १०६ पटक रक्तदान

सञ्चारकर्मी जयसवालले गरे १०६ पटक रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ मंसिर – बाँकेका शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवालले आज शुक्रवार (२८ नवम्बर २०२५) को १०६ पटक रक्तदान गरेका छन् । बाँके र बर्दिया जिल्लामा अहिलेको रनिङ्गको समयमा पहिला रक्तदाताको रुपमा रहेका छन् । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँ निवासी शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवाल मधेशी समुदायका हुन । उहाँ नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिको सल्लाहकार, हिमालिनी अनालाईन, दैनिक नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, नयाँ नेपाल अवधी पृष्ठ लगायतमा आवद्ध रहेका छन् । उहाँले आज शुक्रवारको १०६ वीं बार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा १०६ पटक रक्तदान गरेको फाराम नं. ३५०७ रहेको छ । रक्तदानमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका महेश रानाक्षेत्रीले ...
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १२ मसिंर – महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत बाँकेमा १६ दिन १६ वटा कार्यक्रम गरि मनाइदैछ । २५ डिसेम्बरका दिनदेखि शुरु भएको अभियान अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र नारी विकास केन्द्र नेपालगन्जको संयुक्त पहलमा अभियान शुरु गरिएको हो । १६ दिने अभियान अन्तर्गत निःशुल्क कानुनी परामर्श शुरु भएको छ । समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गरिने संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार पिडित तथा गरिब असहाय महिलाहरुलाई कानूनमा पहुच पुरयाउनका लागि निःशुल्क कानूनी परामर्श सेवा शुरु गरिएको हो । योसंगै दिप प्रज्जवलन, प्ले कार्ड प्रर्दशन, सचेतनामुलक रिवन वितरण, बागेश्वरी मन्दिरमा महिलाहरुको जुत्ता चप्पल सरसफाई गर्ने, लैङ्गिक हिंसा पिडितहरुसगं छलफल, रेडियो संवाद, सामाजि...
बाँकेका पत्रकारहरुलाई पर्यटन फोटोग्राफी रिपोर्टिङ सम्वन्धी अनुशिक्षण

बाँकेका पत्रकारहरुलाई पर्यटन फोटोग्राफी रिपोर्टिङ सम्वन्धी अनुशिक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर – नेपाल पर्यटन बोर्डको आयोजनामा आज आईतबार नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगोविकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो । कार्यक्रमको उदघाट्न गर्दे उहाँले लुम्बिनी प्रदेश भित्र थुप्रै पर्यटकिय संभावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पर्यापर्यटनको प्रबद्र्धनका लागि मिडिया र सरोकारवालाहरु बीच समन्वयात्मक भुमिका महत्वपुर्ण हुने बताउनुभयो । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरीएको कार्यक्रमका सहभागीहरुले...
नरैनापुर-५ मा प्रथम वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट शुरु

नरैनापुर-५ मा प्रथम वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट शुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर-४, मंसिर - नरैनापुर गाउँपालिका-५ मा आयोजित प्रथम वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट आजबाट औपचारिक रूपमा सुरुवात भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताको योजक DSDN र संयोजक नरैनापुर गाउँपालिका-५ रहेको आयोजक समितिले जानकारी दिएको हो। स्थानीय युवामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोल तथा क्लबका टिमहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता तीन दिनसम्म निरन्तर सञ्चालन हुनेछ र अन्तिम दिन फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।...
कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल बीच सम्झौता

कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल बीच सम्झौता

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ मंसिर – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत बीच प्रदेश विशेष खस भाषाको समाचारमूलक रेडियो कार्यक्रम र प्रदेश गतिविधि सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सम्झौता सम्पन्न भएको छ । सो रेडियो कार्यक्रम ले प्रदेश कोे सूचना प्रवाहलाई संस्थागत, प्रभावकारी र सहज बनाउने प्रदेशको पहिचान, सेवा–सुविधा, नीति–कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयहरूलाई नागरिक समक्ष छिटो छरितो समय मै र विश्वसनीय रूपमा पु¥याउने मार्ग प्रशस्त गरेको छ । प्रदेश सरकारका कार्यक्रम, योजना र गतिविधिहरूलाई रेडियो नेपालले व्यावसायिक ढंगले उत्पादन गर्नेछ । स्थानीय तह, सार्वजनिक सेवा वितरण, नागरिक सरोकार, कानुनी सचेतना, विपद् व्यवस्थापन, सुशासन जस्ता विषयमा ...
संयुक्त रक्तदान भब्य रुपमा सम्पन्न

संयुक्त रक्तदान भब्य रुपमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – नेपाल कै सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा काठमाडौँ महानगरपालिका वडा नं.–१६, बालाजु बाइपास र ललितपुरको लगनखेलमा आयोजित संयुक्त रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रम बिज्ञान पूर्व विद्यार्थी सामाजिक संस्था, तादी गाउँपालिका वडा नं.–५ नर्जामण्डप (नुवाकोट)ले बालाजु बाइपास तथा यल नेवाः समाज र संस्था विकास समितिले ललितपूरको लगनखेलमा सम्पन्न गरेको छ । कार्यक्रममा सर्वाधिक शतक रक्तदाता प्रेम सागर कर्माचार्यलाई यल नेवाः समाजका उपाध्यक्ष न्हुक्ष नेम्कुलले परम्परागत खादा लगाएर सम्मान गर्नु भएको थियो भने सल्लाहकार रत्नमान चित्रकारले सम्मान पत्र प्रदान गरी सार्वजनिक रुपमा कदर व्यक्त गर्नु भएको थियो । दुई स्थानमा आयोजित कार्यक्रममा महिला ३२ जन...
विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग

विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – नेपालगन्जको बाटो प्रयोग गर्दै भारत प्रवेश गर्न लागेका ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । नेपाल–भारतको खुला सीमाको फाईदा उठाउँदै विगत वर्षदेखि कतिपय आतंककारी, लभजिहादको (सीमाको प्रेम कहानी) घटनामा संलग्नहरु भारततर्फ प्रवेश गरेको घटनाहरु सार्वजनिक भएसँगै हिजो शनिबार भारततर्फ प्रवेश गरेको ब्रिटिश महिला र पाकिस्तानी पुरुषको घटनाले नयाँ तरंग नै उत्पन्न गरेको छ । केही दिन अगाडी मात्र दिल्लीको लालकिलामा कार भित्र बम बिस्फोट भएको थियो । सो बम विस्फोटपछि नेपाल भारत सीमानाका पूर्णरुपमा कडा पारिएको थियो । यस्तो अवस्थामा ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिक भारतीय सीमानाका रुपैडिया प्रवेश गरी एसएसबीको हात लाग्नु कुनै चानचुन घटना होइन । यहाँ बुझ्नुपर्ने के देखिन्छ भने उनलाई यहाँसम्म ल्याउने को हो ? उन...
डब्लुडब्लुजेको १८औं वार्षिकोत्सवमा ३ जनालाई सम्मान, हाम्रो आवाज स्मारिका विमोचन र १० बुँदे घोषणा पत्र जारी

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सवमा ३ जनालाई सम्मान, हाम्रो आवाज स्मारिका विमोचन र १० बुँदे घोषणा पत्र जारी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । डब्लुडब्लुुजे बाँकेले वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा स्मारिका विमोचन, पत्रकार महिलाको बाँके भेला र सम्मान कार्यक्रम गरेको हो । वार्षिकोत्सव समारोहको संस्थाका केन्द्रीय अध्यक्ष रामकला खड्काले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित भएको बताउँदै संस्थाले महिला पत्रकारका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । डब्लुडब्लुजे बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले पत्रकार महिलाहरुको भबिष्य पत्रकारिता क्षेत्रमा राम्रो रहको बताउदै निरन्तरताका लागि सबैको समन्वयात्मक भुमिका आवश्यक रहेको बताउनुभयो । यस्तै स...