Tuesday, February 3सत्यम खबर
Shadow

नरैनापुर-५ मा प्रथम वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट शुरु

नरैनापुर-४, मंसिर – नरैनापुर गाउँपालिका-५ मा आयोजित प्रथम वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट आजबाट औपचारिक रूपमा सुरुवात भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताको योजक DSDN र संयोजक नरैनापुर गाउँपालिका-५ रहेको आयोजक समितिले जानकारी दिएको हो।

स्थानीय युवामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोल तथा क्लबका टिमहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिता तीन दिनसम्म निरन्तर सञ्चालन हुनेछ र अन्तिम दिन फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *