Sunday, May 31सत्यम खबर
Shadow

आस्था

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
रमेश कुमार बोहोरा मितिः २०८२ मंसिर २१ गते, आईतबार नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ । कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ । बितेका सात दशकको राजनीतिक यात्र...
सञ्जय अग्रवालको नेतृत्वमा आमाको माया छात्रावास नेपाल

सञ्जय अग्रवालको नेतृत्वमा आमाको माया छात्रावास नेपाल

अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ मंसिर – जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालको चौथो वार्षिकोत्सवको शनिबार सम्पन्न अधिवेशनबाट सञ्जय अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास नेपालगन्जको शनिबार सम्पन्न चौथो वार्षिकोत्सवमा नयाँ कार्यसमिति चयन गरिएको घोषणा गरिएको थियो । त्यसैगरी चयन गरिएको कार्यसमिति उपाध्यायमा कुशम दुगड, सचिवमा भावना सापकोटा, कोषाध्यक्षमा दीपिका थापा अधिकारी रहेका छन् भने सदस्यहरुमा क्रमशः दिपक अग्रवाल, कृष्णा ओली, नितेश कनोडिया, शारदा बस्नेत, राजकुमारी साहु, रेखा बोथरा, नन्दलाल वैश्य, प्रिन्सु जैन, किशोर पाण्डे, सुमन गिरी, राजा तिमिल्सिना, बबिता मैनाली तथा निवर्तमान अध्यक्षः आशिष अग्रवाललाई चयन गरिएको छ । यसैगरी सल्लाहकारहरुमा द्रुव वैश्य, सञ्जय थापा, प्रदीप कुमार छाजेड तथा जिल्ला सद...
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाट्न

क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाट्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ मंसिर – क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उदघाटन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बसपार्क स्थित कार्यालयको आज एक कार्यक्रमका बीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गर्नुभएको हो । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताउनुभयो । उहाँले पत्रकार महिलाहरुलाई एकठाउँमा गोलबद्ध गर्दे क्रियाशिल पत्रकार महिलाहरुले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गर्नुभयो ।आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढुनुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुझऋषी चौलागाइले क्रि...
कृष्णानगरमा बहादुरगंज आँखा अस्पतालको नयाँ सेवा सञ्चालन, मंसिर २६ सम्म निःशुल्क आँखा परीक्षण

कृष्णानगरमा बहादुरगंज आँखा अस्पतालको नयाँ सेवा सञ्चालन, मंसिर २६ सम्म निःशुल्क आँखा परीक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १९ मंसिर - नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगरपालिका–१, कृष्णनगर बजारमा नयाँ व्यवस्थापन सहित ‘आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । स्थानीय तहमा सहज, गुणस्तरीय र सर्वसुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यही मंसिर २० गतेदेखि केन्द्रको नियमित सेवा प्रारम्भ हुने छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । सेवा प्रारम्भसम्बन्धी नेपाल नेत्रज्योति संघका आजीवन सदस्य नसरुल्लाह खान, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, अस्पताल प्रशासन प्रमुख डा.शमशेर थापा, वरिष्ठ प्रशासक जसराज विश्वकर्मा तथा सूचना अधिकृत बन्तुराम खड्काद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो । नवसञ्चालित सेवा केन्द्रमार्फत आँखा उपचार, परामर्श सेवा, नि...
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउको राष्ट्रिय एकता अभियानद्वारा स्वागत

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउको राष्ट्रिय एकता अभियानद्वारा स्वागत

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ, १८ मंसिर – नेपाल नागरिक उड्डयन प्राधिकरण (ऋब्ब्ल्) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (ऋक्ष्ब्ब्) ले पक्राउ गरेपछि राष्ट्रिय एकता अभियानले सो कदमलाई “सुशासन र जवाफदेहिता स्थापनातर्फको ऐतिहासिक पहल” भनेर स्वागत गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार यो पक्राउले देशमा जरा गाडिरहेको दण्डहीनताको संस्कृतिविरुद्ध महत्वपूर्ण सन्देश दिएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिहरू कानुनभन्दा माथि छैनन् भन्ने ध्वनि पहिलोपटक स्पष्ट रूपमा स्थापित भएको उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा ‘मुख्य जिम्मेवार’ राष्ट्रिय एकता अभियानले विगत लामो समयदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौं रुपैयाँको आर्थिक अनियमितता र त्यसले देशको हवाई सुरक्षा, पर्यटन सम्भावना र राष्ट्रिय गौरवमाथि पारेको असरबारे व्यापक रूप...
लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन, नयाँ मिति छिटै सार्वजनिक गरिने

लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन, नयाँ मिति छिटै सार्वजनिक गरिने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ मंसिर – नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ । नेपालगन्जमा खेलाडी र खेलकर्मीको सम्मानको लागि मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्डको आयोजना गर्ने तयारी गरिएको थियो । अब छिटै नयाँ मिति केहि समय पछि सार्वजनिक गरिने लुम्बिनी स्र्पोटस अवार्ड संयोजक चाहना शाहले बताउनु भयो । आयोजना मिति थपिदा अवार्डलाई थप भव्य बनाउन सहयोग गर्ने लुम्बिनी स्पोर्टस अवार्डका प्रचार प्रसार संयोजक गजे थापाले बताउनु भयो । खेल र खेलाडीको सहरले परिचित नेपालगन्ज सहरमा आयोजनामा हुने स्पोर्टस अवार्डले प्रदेश स्तरका खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने संयोजक थापाले बताउनु भयो । लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड...
कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १८ मसिंर – कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक कार्यक्रममा बताइएको छ । कार्यालयमा पुरुषहरुले अपशब्दको प्रयोग, अवाञ्छित, अश्लील, अपमानजनक, यौनिक टिप्पणी, हेराइ, मजाक गर्ने जस्ता क्रियाकलापले महिलाहरु अपमानजनक र असुरक्षित भएको कुरा औलाइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीसंग बुधबार गरेको छलफल कार्यक्रमका सहभागिहरुले सचेत महिलाले मात्र अवसर पाउने गरेको बताएका थिए । उनीहरुले नगर कार्यपालिकामा सहभागी महिलाहरु बैठकमा निर्धक्कका साथ बोल्न नसकेको अवस्था रहेकोले महिलाहरुलाई अवसर र सचेतनाको आवश्यकता रहेको बताएका थिए । उनीहरुले स्थानीय तहमा महिला जनप्रतिनिधीहरु नाम र कोटाका लागि मात्र सहभागिता गराउने गरिएकोले महिलालाई सक्षम र सबल बनाउनुपर्नेमा जोड दिइका थिए । ...
नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित

नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १७ मंसिर – नरैनापुरका सामुदायिक बिद्यालयहरुमा भईरहेको लापरवाही, बेथिती बिरुद्ध नरैनापुरका युवाहरु आन्दोलित भएका छन् । आन्दोलनमा उत्रिएका युवाहरु नरैनापुर शिक्षा र स्वास्थय बाहेक सम्पुर्ण सेवा र यातायात अवरुद्ध गरेको बताएका छन । आन्दोलनकारीहरुले आज पहिलो दिन नरैनापुर–नेपालगन्ज सडकखण्डको कोहला नजिक ३ घण्टा सम्म सवारी साधन रोकेर बाटो अवरुद्घ गरेको आन्दोलनमा सहभागी नरैनापुर–६ का युवा नेता हेमकुमार यादवले बताए । यादवका अनुसार ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको अनुरोधमा ३ घण्टा पश्चात् अवरुद्ध बाटो खोलेको र आज सांझ बैठक बसेर भोली देखिको योजना सार्वजनिक गर्ने बताए । आन्दोलनकारीहरुले युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण कुमार चौधरीको शरुवा गर्नु पर्ने, गाउँ शिक्षा समिति खारेज गर्नु पर्ने, बिद्यालयहरुमा कक्षा १ देखि ८ सम्म लागू हुने स्थानिय पाठ्यक्रमको किताब यथासिघ्र...
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनु पर्नेमा जोड

अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनु पर्नेमा जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ मंसिर – अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रमा जोड दिइएको छ । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सरोकारवालासंग अपाङ्गता भएका व्यक्तिहरुको सवालमा गरिएको संवाद कार्यक्रमका सहभागीहरुले कानुनमा उल्लेख गरिएका अधिकारहरु पनि ब्यवहारिक नभएकोले ब्यवहारिक बनाउन आवश्यक रहेको बताएका हुन । नेपालगन्ज उपमहानगरपालिका र नगर स्तरीय अपाङ्ग सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन, एसडिएफ बाँके, नेपाल संरक्षक समाज, रेडियो कृष्णसार एफएम र डेक नेपाल लगायत आधा दर्जन बढि संघ संस्थाहरुले सहकार्यमा गरिएको कार्यक्रममा सहभागिहरुका प्रश्न माथि सवाल जवाफ र प्रतिबद्धता ब्यक्त गरिएको थियो । कार्यक्रमको प्यानल लिष्टमा जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर रमेश विष्ट, जिल्ला ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्...
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न

मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, १७ मंसिर – मधेश प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरी प्रदेश सभामा दर्ता गर्ने तयारी गरेको बारेमा राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको मन्त्रि परिषद्ले गरेको निर्णयलाई अभियानले ‘संवेदनशील विषय’ उल्लेख गर्दै यसको सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासनमा पर्न सक्ने प्रभावबारे प्रश्न उठाएको हो । अभियानका मधेश प्रदेश इन्चार्ज मनिष पुर्वेले जारी गरेको विज्ञप्तिमा यो निर्णय पर्याप्त सुरक्षा मूल्यांकन, सार्वजनिक छलफल र सम्भावित जोखिमहरूको अध्ययनबिना हतारमा अघि बढाएको आरोप लगाइएको छ । विज्ञप्तिमा धार्मिक तथा शैक्षिक संस्थाहरूको दायरामा अनियमित गतिविधि, दर्ता प्रक्रियामा अपारदर्शिता, मानवस्रोत व्यवस्थापनमा कमजोर निगरानी जस्ता समस्या देखा परिरहेको उल्लेख गरिएको छ । अभियानले यस्ता संर...