Sunday, December 7सत्यम खबर
Shadow

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सवमा ३ जनालाई सम्मान, हाम्रो आवाज स्मारिका विमोचन र १० बुँदे घोषणा पत्र जारी

नेपालगन्ज, ३० कार्तिक – क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।
डब्लुडब्लुुजे बाँकेले वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा स्मारिका विमोचन, पत्रकार महिलाको बाँके भेला र सम्मान कार्यक्रम गरेको हो ।


वार्षिकोत्सव समारोहको संस्थाका केन्द्रीय अध्यक्ष रामकला खड्काले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित भएको बताउँदै संस्थाले महिला पत्रकारका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

डब्लुडब्लुजे बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले पत्रकार महिलाहरुको भबिष्य पत्रकारिता क्षेत्रमा राम्रो रहको बताउदै निरन्तरताका लागि सबैको समन्वयात्मक भुमिका आवश्यक रहेको बताउनुभयो । यस्तै सञ्चारिका समूहको लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतरा, बाँके शाखा संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरे, महासंघका पूर्वसभापति नीरज गौतम, बरिष्ठ पत्रकार शंकरप्रसाद खनाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियार, प्रेस यूनियन बाँकेका उपाध्यक्ष कमल खत्री, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महिला उद्यमी तारा रोकाय र एक्टिङ स्टार विजेता नवीना रानाभाट लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी पत्रकार महिलाहरु ब्यवसायिक हुन जरुरुी रहेको बताउदै आगामी दिनमा सबै पत्रकार महिलाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले हाम्रो आवाज स्मारिक बिमोचनमा आएका कठिनाइले थप मार्गदर्शन गरको औल्याउनुभयो । कार्यक्रममा सहभागिहरुले पत्रकार महिलाहरुको पेशागत सुरक्षा र निरन्तरताका लागि लेखन क्षमतामा बृद्धि हुनुपर्ने बताउदै हाम्रो आवाज स्मारिकाले यो प्रयासको थालनी गरेकोमा खुशी ब्यक्त गरेका थिए ।

एक्टिङ स्टार नवीना र २ पत्रकारलाई सम्मान
अभिनयमा आधारित रियालिटी शो एक्टिङ स्टारको उपाधि विजेता नवीना रानाभाटसहित ३ जनालाई संस्थाले सम्मान गरेको छ ।
संस्थाकी केन्द्रीय अध्यक्ष रामकला खड्का, लुम्बिनी प्रदेश अध्यक्ष लीला शाह र जिल्ला अध्यक्ष सावित्री गिरीले संयुक्त रुपमा रानाभाटलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

संस्थाले सो अवसरमा नेपालगन्जकी पत्रकार सन्ध्या गैरेलाई उदाउँदो पत्रकारका रुपमा सम्मान गरेको थियो । दैनिक नेपालगन्ज पत्रिकामा कार्यरत गैरेलाई नगद दुई हजार एक सय रुपैयाँ, सम्मानपत्र र दोेसल्ला ओेढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी जिल्लामा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को शाखा स्थापना गर्ने बरिष्ठ पत्रकार अक्षरी पोखरेललाई पनि सम्मान गरिएको थियो । सो अवसरमा संस्थाले महिलाका विषय केन्द्रीत हाम्रो आवाज नामक स्मारिकाको तेस्रो अंक पनि विमोचन गरिएको थियो ।

१० बुँदे घोषणा पत्र जारी
बाँकेमा पत्रकार महिलाको भेलाले १० बुँदे घोषणा पत्र जारी गरेको छ । भेलाले पत्रकार महिलाहरुको व्यवसायिकता र दक्षता अभिवृद्धिका लागि घोषणा पत्र जारी गरेको हो । घोषणापत्रमा पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने, क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी गराउने, मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सन्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि खबरदारी गर्ने उल्लेख छ ।

त्यसैगरी मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व बढाउनका लागि पहल गर्ने, कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रम सन्चालन गर्ने, महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तत्थ जाँचमा जोड दिने, पत्रकार महिलाका लागि खोज पत्रकारिता तालिम, फेलोसिप र लेखनवृतिको अवसर प्रदान गर्ने र बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने घोेषणा पत्रमा उल्लेख छ ।

यस्तो छ, १० बुँदे घोषणा पत्र
क्रियाशील पत्रकार महिला बाँकेको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित बाँके भेलाले पत्रकार महिलाहरुको व्यवसायिकता, दक्षता अभिवृद्धिका लागि निम्न १० बुदै घोषणा पत्र जारी गरेको छ :

१. पेशागत पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने हो ।
२. बदलिँदो परिवेशमा पत्रकार महिलाहरुलाई क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी बनाउने
३. मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सन्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि संचार संस्थालाई खबरदारी गर्ने छ ।
४. कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रमहरुलाई विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर सन्चालन गर्ने ।
५. मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व वढाउनका लागि पहल गर्ने ।
६. देशमा व्याप्त भ्रष्टचारको अन्त्य, सुशाशन कायम होस् भनि जेन्जी आन्दोलनमा उठाइएका सकरात्मक मागप्रति पत्रकारिता क्षेत्रबाट निरन्तर पैरवी गर्ने ।
७. पत्रकारिताप्रतिको विश्वसनियता र जवाफदेहितालाई आत्मसाथ गर्दै खोजमूलक, फेलोसिप सहितको तालिम सन्चालन गर्दै पत्रकार महिलालाई लेखनवृतिको अवसर प्रदान गर्नेछ ।
८. बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्नेछ ।
९. डिजिटल सुरक्षा, तथ्य जाँच, र भ्रामक सूचनाविरुद्ध अभियान (सामाजिक सन्जालमा फैलने भ्रामक सूचना, टिप्पणी, डिजीटल हिंसा बिरुद्ध संगठित रूपमा अभियान चलाउने) महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तत्थ जाँचमा जोड दिन माग गर्दछ ।
१०. लुम्बिनी प्रदेश सरकारले दिने पुरस्कार, सम्मान, विभिन्न नियुक्ति, अध्ययन तथा वैदेशिक भ्रमणका अवसरमा पत्रकार महिलालाई प्राथमिकता दिन जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *