Monday, December 22सत्यम खबर
Shadow

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर – अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पिडित हुने गरेको महिलाहरु बताएका छन । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. २ मा गरेको समुहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकाहरुलाई उच्च शिक्षा नदिनु दुर्भाग्यपुर्ण अवस्था रहेको अगुवाहरु बताएका छन ।

उनीहरुले समाजमा व्याप्त विभिन्न कुरुतीले महिलाहरु समाजमा अघि बढ्न नपाएको बताएका थिए । महिलाहरुले बाल विवाह, दाइजो प्रथा, जातिय भेदभाव, बहु विवाहको समस्याले किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन ।

मधेशी समुदायमा अझै पनि शिक्षाको अभाव भएकाले सबै भन्दा पहिला चेतना अभिबृद्धि गरी उनीहरुको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा महिला अगुवा लिलावती यादव, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, देवकी यादव, धु्रब्रा बर्मालगायतले समाजमा सचेतना अभिबृद्धी भएका लैङ्गिक हिंसा न्युनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *