Wednesday, December 24सत्यम खबर
Shadow

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम

नेपालगन्ज १२ मसिंर – महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत बाँकेमा १६ दिन १६ वटा कार्यक्रम गरि मनाइदैछ । २५ डिसेम्बरका दिनदेखि शुरु भएको अभियान अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र नारी विकास केन्द्र नेपालगन्जको संयुक्त पहलमा अभियान शुरु गरिएको हो ।

१६ दिने अभियान अन्तर्गत निःशुल्क कानुनी परामर्श शुरु भएको छ । समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गरिने संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार पिडित तथा गरिब असहाय महिलाहरुलाई कानूनमा पहुच पुरयाउनका लागि निःशुल्क कानूनी परामर्श सेवा शुरु गरिएको हो ।

योसंगै दिप प्रज्जवलन, प्ले कार्ड प्रर्दशन, सचेतनामुलक रिवन वितरण, बागेश्वरी मन्दिरमा महिलाहरुको जुत्ता चप्पल सरसफाई गर्ने, लैङ्गिक हिंसा पिडितहरुसगं छलफल, रेडियो संवाद, सामाजिक सञ्जालमा सचेतना अभिबृद्धि, सचेतनामुलक सन्देशसहितको व्यानर प्रर्दशन, महिला सम्वन्धी कानुनको बारेमा जानकारी, विद्यार्थीहरुलाई साइबरबारे अभिमुखीकरण गर्ने लगायत १६ वटा कार्यक्रम गरिने नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यो १६ दिने अभियान मात्र नभई महिलाहरुको हक अधिकार तथा लैङ्गिक हिंसा निवारणका लागि ३६५ दिन निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।

१६ दिने अभियानमा विशेष गरि महिलाको कानूनी अधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गर्न शुरु गरिएको संस्थाका अध्यक्ष अधिबक्ता तिवारीले बताउनुभयो ।

संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसंख्यक समुदायका नागरिकहरुको कानूनी प्रक्रिया अन्र्तगत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दालगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो ।
संस्थाले कानूनको क्षेत्रमा विशेष काम गरिरहेकाले कानूनसंग सम्वन्धित विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ । संस्थाले कानूनी परामर्शसंगै अन्य सरोकारवाला निकायसंगको समन्वयमा सचेतनामुलक अभियानमा पनि जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *