Friday, December 19सत्यम खबर
Shadow

विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग

नेपालगन्ज, ३० कार्तिक – नेपालगन्जको बाटो प्रयोग गर्दै भारत प्रवेश गर्न लागेका ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।

नेपाल–भारतको खुला सीमाको फाईदा उठाउँदै विगत वर्षदेखि कतिपय आतंककारी, लभजिहादको (सीमाको प्रेम कहानी) घटनामा संलग्नहरु भारततर्फ प्रवेश गरेको घटनाहरु सार्वजनिक भएसँगै हिजो शनिबार भारततर्फ प्रवेश गरेको ब्रिटिश महिला र पाकिस्तानी पुरुषको घटनाले नयाँ तरंग नै उत्पन्न गरेको छ ।

केही दिन अगाडी मात्र दिल्लीको लालकिलामा कार भित्र बम बिस्फोट भएको थियो । सो बम विस्फोटपछि नेपाल भारत सीमानाका पूर्णरुपमा कडा पारिएको थियो । यस्तो अवस्थामा ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिक भारतीय सीमानाका रुपैडिया प्रवेश गरी एसएसबीको हात लाग्नु कुनै चानचुन घटना होइन ।

यहाँ बुझ्नुपर्ने के देखिन्छ भने उनलाई यहाँसम्म ल्याउने को हो ? उनलाई नेपालगन्जमा रहेको बि.एन. अस्पतालले शिविरमा चिकित्सकको रुपमा बोलाएको थियो भन्ने जानकारी स्रोतले दिएको छ ।

स्रोतले दिएको जानकारी अनुसार कुनै पनि विदेशी नागरिकलाई नेपालमा रोगी चेकजाँच गर्ने वा उपचार गर्न नेपाल मेडिकल काउन्सिलको अनुमति लिनुपर्ने नियम रहेको छ । तर यहाँ बि.एन. अस्पतालले कुनै अनुमति लिएको प्रमाण देखिएको छ ।

स्रोतले दाबी गरे अनुसार भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा लिइएका दुई विदेशी नागरिक नेपालगन्जमा आयोजना गरिएको कान अप्रेशन शिविरमा आएका विदेशी चिकित्सकहरु रहेको खुलेको छ । उनीहरुलाई शनिवार विहान रुपैडिया थानाको प्रहरी टोली र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले जमुनाह नाका पार गरेर भारतीय सीमा प्रवेश गरेलगत्तै नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ब्रिटिश नागरिक ६१ वर्षीया सुमित्रा शकील ओलिसिया र पाकिस्तानी नागरिक ३५ वर्षीय हस्सन अम्मान सलीम रहेका छन् । सुमित्राको स्थायी निवास उडुपी कर्नाटक, भारत रहेको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीले सुमित्रा ब्रिटिश पासपोर्ट रहेको र उनी ओसिआई कार्डधारी रहेको बताईएको छ । यस्तै हस्सन पाकिस्तानी रहेको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । हाल उनी १ ए, डाल्मोर्टन रोड, म्यान्चेस्टर, बेलायतमा बस्दै आएको खुलेको छ ।

नेपालगन्ज गणेशमान चोकस्थित बि.एन अस्पतालले यही कार्तिक २२ गतेदेखि ३० गतेसम्म कान शिविर आयोजना गरेको छ । ब्रिनोज युके ब्रिटेन नेपाल अटोलोजी सर्भिस युकेको सहकार्यमा बि.एन कम्युनिटी ईयर केयर सर्भिसद्धारा बि.एन अस्पताल सञ्चालित छ । चिकित्सकको रुपमा नेपालगन्ज आएका उनीहरु कुन प्रयोजनका लागि रुपैडिहा गएका थिए भन्नेबारे खुलेको छैन ।

यद्यपि एकजना नेपालगन्ज कै चिकित्सको निजी गाडी लिएर गएका उनीहरु नेपालगन्ज–रुपैडिया मार्ग हुँदै अवैध रुपमा भारतीय सीमा प्रवेश गरेको भन्दै नियन्त्रणमा लिइएको भारतीय सुरक्षाकर्मीको दावी छ । दुवैजना माथि भारतीय विदेशी अधिनियम १४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सो मुद्दा म.उ.स. ३३४/२०२५ को रुपमा रुपैडिहा थानामा दर्ता गरिएको भारतीय प्रहरी स्रोतले जनाएको छ ।

यसबारे बाँकेमा रहेका प्रहरी प्रशासनले समेत जानकारी नगराईएको बताएका छन् । यस्तो अवस्थामा दुई जना विदेशी नागरिकलाई नेपालमा शिविर सञ्चालन गरी कार्य गरेका बि.एन. अस्पतालमाथि अनुसन्धान हुनुपर्ने माग गरिएको छ ।

यसबारे सार्वजनिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न स्टाटस लेखेका छन् । एकजनाले फोटो राख्दै लेखेका छन्– ‘नेपालगंजको बाटो भई भारत प्रवेश गर्न लागेका ब्रिटिश महिलासहित एकजना पाकिस्तानी नागरिकलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । नेपाललाई धर्मशाला बनाई, पाकिस्तानी, बंगलादेशी, रोहिंग्या, तिब्बतीयन नागरिकहरु नेपाललाई क्रिडा स्थलको रुपमा प्रयोग गर्दै आएका छन् । सरकार यस विषयमा गम्भीर भई कडा कदम नचाले एकदिन भयावह स्थितिको सामना गर्नुपर्ने छ ।’ भन्दै स्टाटस सार्वजनिक गरेका छन् ।

सोही स्टाटसमा यस्तो कार्यमा संलग्न बि.एन. अस्पतालमाथि कार्यवाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *