Tuesday, December 23सत्यम खबर
Shadow

ब्रिनोज कान स्वास्थ्यद्वारा गुलरियामा निःशुल्क सात दिने शिविर सञ्चालन

नेपालगन्ज, १६ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरिएको छ ।

उक्त निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा गुलरिया नगरपालिका बर्दियाको समन्वयनमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाीई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको कान जाँच आउटरिच भिषण थारुले जानकारी गराउनुभयो ।

आउटरिच भिषण थारुले दिएको जानकारी अनुसार ७ दिने निःशुल्क कान शिविरमा सोमबार मंसिर १५ गते खैरापुर स्वास्थय चौकीमा आयोजना गरी जम्मा १ सय १२ जना बिरामीहरुको कान जाँच गरिएको बताए ।

खैरापुर स्वास्थ्य चौकीमा जाँच गरिएको निःशुल्क कान जाँच शिविरमा ४५ जना पुरुष, ६७ जना महिला रहेका थिए भने कान पाक्ने बिरामीहरुमा १८ जना तथा कानको अप्रेशनको लागि रिफर गरिएको बिरामीहरुमा ९ जना रहेको कान जाँच आउटरिच दामोदर चौधरीले बताउनुभयो ।

ब्रिनोज कान स्वास्थय सामुदायिक सेवाले दिएको जानकारी अनुसार आयोजना गरिएको ७ दिने निःशुल्क कान शिविरमा मंसिर १६ गते, मंगलबार आधारभूत स्वास्थ्य केन्द्र, तुलसीपुरमा चेकजाँच भईरहेको छ भने मंसिर १७ गते, बुधबार आधारभूत स्वास्थ्य केन्द्र, बालापुरमा, मंसिर १८ गते, विहिबार आधारभूत स्वास्थ्य केन्द्र चौगुर्जीमा, मंसिर १९ गते, शुक्रबार आधारभूत स्वास्थ्य केन्द्र, आशापुरमा, मंसिर २२ गते, सोमबार मथुराहरद्वार स्वास्थ्य चौकी तथा मंसिर २३ गते मंगलबार महमदपुर स्वास्थ्य चौकीमा निःशुल्क कान शिविर सञ्चालन गरिने भएको हुँदा सम्पूर्ण बिरामीहरुलाई यथास्थानमा गई निःशुल्क सेवा लिन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *