Sunday, December 7सत्यम खबर
Shadow

संयुक्त रक्तदान भब्य रुपमा सम्पन्न

नेपालगन्ज, ३० कार्तिक – नेपाल कै सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा काठमाडौँ महानगरपालिका वडा नं.–१६, बालाजु बाइपास र ललितपुरको लगनखेलमा आयोजित संयुक्त रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रम बिज्ञान पूर्व विद्यार्थी सामाजिक संस्था, तादी गाउँपालिका वडा नं.–५ नर्जामण्डप (नुवाकोट)ले बालाजु बाइपास तथा यल नेवाः समाज र संस्था विकास समितिले ललितपूरको लगनखेलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा सर्वाधिक शतक रक्तदाता प्रेम सागर कर्माचार्यलाई यल नेवाः समाजका उपाध्यक्ष न्हुक्ष नेम्कुलले परम्परागत खादा लगाएर सम्मान गर्नु भएको थियो भने सल्लाहकार रत्नमान चित्रकारले सम्मान पत्र प्रदान गरी सार्वजनिक रुपमा कदर व्यक्त गर्नु भएको थियो ।

दुई स्थानमा आयोजित कार्यक्रममा महिला ३२ जनार पुरुष ६५ जना गरी ९७ जना स्वयंसेवी रक्तदाताले रगतदान गरेका थिए । रक्तदातालाई केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रमाण–पत्र प्रदान गर्दै मानव जीवन रक्षामा दिएको योगदान प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा आयोजक संस्थाहरूले निरन्तर रक्तदान अभियानलाई सुदृढ बनाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *