सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस २०२५
विमला. ज्ञवाली
मितिः २०८१ फागुन २५ गते, आईतबार
२०८१ सालमा “कार्यहरुलाई गति दिउँ -Accelerate Action for gender equality_” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । महिलाहरुको शिक्षा, रोजगारी र नेतृत्व क्षमता विकास र अवसरका लागी स्थानिय सरकारले समतामूलक रणनीति बनाइनु पर्ने, सकारत्मक बिभेदको अवधारणा अवलम्बन गर्नु पर्ने जस्ता कुरालाई यो नाराले सम्बोधन गर्न खोजेको देखिन्छ ।
लैङ्गिक समानताका कार्यहरुलाई गतिदिन, नेपालको ग्रामिण क्षेत्रमा महिला प्रधानाध्यापकको महत्व अत्यन्त महत्वपूर्ण छ । महिला प्रधानाध्यापकले विद्यालयको कुशलतापूर्वक संचालनमा मात्रै नभई शिक्षा र समुदायको विकासमा पनि महत्वपूर्ण भूमिका निभाउँछन ।
सामाजिक परिवर्तन र समानताः महिला प्रधानाध्यापकको उपस्थितिले गाउँका महिलाहरुलाई प्रोत्साहन दिन्छ । छोरीहरुलाई सपना दिन्छ । छोराहरुलाई सभ्य समाज दिन्छ । उनीहरुलाई नेत...









