Thursday, March 13सत्यम खबर
Shadow

सीमा सुरक्षामा अवैध सामान बरामद, कानूनी कारवाही जारी

कपिलवस्तु, १९ फागुन – सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट आज सोमबार लत्ता, कपडा तथा किराना अवैध सामान करीब १ लाख बराबर बरामद गरिएको छ ।

उक्त सामानहरु कपिलवस्तु जिल्दला कृष्णनगर नगरपालिका–२ ब्यारियर स्थित चेकपोस्टमा बिशेष सुचनाको आधारमा कृष्णनगरदेखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई राखिएको अवस्थामा बरामद गरिएको छ ।

उक्त बक्स भित्र (साडी, लेडिज सुट, कुर्ता सुरवाल, लेडिज अण्डर वियर, लेडिज वानपिस, चिसो पेय पदार्थ, ड्राई फ्रुट्स काजु, बदाम, पेस्ता र खजुर) आदी अबैध सामानहरु भारतबाट भन्सार छली ल्याउँदै गरेको अन्दाजी मूल्य एक लाख पाँच सय बराबरको लत्ता कपडा र किराना सामान बरामद गरी कृष्णनगर भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको ।


साथै प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि. भिल्मिबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोमबहादुर सारुको गस्ती टोलीले कपिलवस्तु महाराजगंज नगरपालिका–७ सतभरा स्थित ईलाकामा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी मूल्य रु.३२,२७१÷– बराबरको (गुल, बिडि, सुर्ति, काजु बदाम) किराना सामानहरु बरामद गरी कृष्णनगर भन्सार कार्यालय आवश्यक कार्बाहीको लागी बुझाईएको ।

साथै प्रस्तावत सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि.बिजयनगर कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीको गस्ती टोलीले कपिलवस्तु बिजयनगर गाउँपालिका–२ लोहरौलामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १५० के.जि. ब्रोइलर कुखुरा पक्राउ गरी स्थानिय जनप्रतिनिधि तथा पशु क्वारेन्टाईनको रोहबरमा नष्ट गरीएको छ । उक्त ढुवानीमा प्रयोग भएको मो.सा. आवश्यक कार्बाहीको लागी कृष्णनगर भन्सारमा बुझाईएको

प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि.हरु सहित दुई लाख बत्तीस हजार सात सय एकहत्तर बराबरको अबैध सामान र सावारी साधान कृष्णनगर भन्सार कार्यालयमा आवश्यक कार्बाहीको लागी बुझाईएको छ ।

सशस्त्र प्रहरी बलले अवैध सामान तस्करी रोक्न सीमा क्षेत्रमा कडा गस्ती जारी राखेको छ । यसरी पक्राउ गरिएका सामानहरू सम्बन्धित कार्यालयमा बुझाइएको छ र कानूनी कारबाही अगाडि बढाइएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *