
नेपालगन्ज, २९ माघ – नेपाल–भारत खुला सीमानाकाले गर्दा दैनिक करोडौंको माल सामानहरु तस्करी हुँदै आईरहेको समाचार नौलो होइन होला । दैनिक रुपमा बाँकेका सञ्चार गृहहरुले तस्करी सम्बन्धी समाचारहरु सार्वजनिक गर्दै आईरहेका छन् ।
तस्करी गर्नेहरु पनि आ–आफ्नो स्तरबाट लाईन मिलाएर काम कारोबार गरिरहेको सम्बन्धित कारोबारमा संलग्नहरु कै भनाई रहेको छ । तर विगतदेखि सञ्चारकर्मीहरुको दृष्टि समेत पुग्न नसकेको विषय बनेको छ कबाड कारोबार । कबाड भन्ने बित्तिकै हामीले फालेको, काम नलाग्ने सामानहरुको कारोबार गर्ने व्यक्तिलाई बुझ्न सकिन्छ ।
नेपाल मै बेष्ट गईरहेको सामानहरुको रिसाईक्ली· गर्ने व्यवस्था भएपनि सम्बन्धित सीमानाकामा खटेका प्रहरी, भन्सार कर्मचारी, सशस्त्र प्रहरी बल लगायतको लापरवाहीले दैनिक ५ ट्रक प्लाष्टिकजन्य पदार्थहरु तस्करी भएर नेपालगन्जबाट भारत तर्फ गईरहेको कबाडी व्यवसायीद्वारा नै जानकारी गराईएको छ ।
प्लाष्टिक जन्य तस्करीलाई रोक्न बुटवलका प्लाष्टिक रिसाईक्ली· फैक्ट्री सञ्चालक हरि न्यौपाने केही दिन अगाडी मात्र आएर सशस्त्र प्रहरी प्रमुख, बाँके जिल्ला प्रहरी प्रमुख तथा सरोकारवाला निकायलाई भेटेर कसरी तस्करी नियन्त्रण गर्न सकिन्छ त्यसबारे कुराकानी गरेको बताउनुभयो ।
बाँके कबाडी मालसामान व्यवसायी संघका अध्यक्ष मोहम्मद उमर हल्बाईले हामी सफाई सम्बन्धी कारोबार गरेका छौं, तर पनि सम्बन्धित सरोकारवाला निकायले हामीलाई केही सहयोग गर्दैनन्, तस्करी नियन्त्रण गर्न हाम्रो प्रयास जारी छ, यसका लागि एक हप्ता अगाडी मात्र हाम्रो कुराकानी प्रमुख जिल्ला अधिकारी ज्यूबाट भएको बताउनुभयो ।
हुन त दैनिक साईकल, रेक्सबाट मात्र नेपालगन्जबाट भन्सार नाका हुँदै भारततर्फ प्लाष्टिकका खाली बोतल, गत्ताहरु तस्करी हुने गरेको भएपनि सीमा सुरक्षाको उदासिनताले गर्दा नेपाल सरकारलाई राजश्वमा घाटा लागिरहेको जानकारहरु बताउँछन् ।
रिसाईक्ली· फैक्ट्री सञ्चालक न्यौपानेका अनुसार केही वर्षदेखि नेपाल मै कच्चा पदार्थको रूपमा प्रयोग गर्ने गरि गल्ने कारखाना भएको बताउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेशको प्रमुख डिआइजीलाई भेटेर जानकारी गराउँदा समेत उनीहरूले नियन्त्रणमा चासो नदेखाएको गुनासो गरे ।