नेपालगन्जमा बाँके रोजगार मेला सुरु : बेरोजगारको लाग्यो लर्को
नेपालगन्ज, १६ चैत – नेपालगन्जमा बाँके रोजगार मेला सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि नेपालगन्जमा आयोजना गरेको दुई दिने बाँके रोजगार मेलाको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओेलीले स्वागत मन्तव्य दिएको उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मेलाको सफलताको कामना गरेका थिए ।
मेलामा जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको लर्को नैैै लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पन...









