स्वास्थ्य सामाग्री डिसिसिएमसिलाई हस्तान्तण
कोभिड प्रतिकार्यका लागि बास नेपाल, गैसस महासँघ बाँके शाखा र नेपलीज अमेरीकन च्याम्बर अफ कमर्सले संयुक्त रुपमा आज डिसिसिएमसिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।डिसिसिएमसी बाँकेका संयोजक, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा ५ लाख ८५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
यसरी हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २० हजार थान मास्क, ५ हजार ग्लोब्स, १ सय वटा स्यानिटाईजर, १ सय २५ सेट पिपिई र ५० वटा अक्सिमिटर रहेका छन् ।बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलाललाई सहयोग विवरण सहितको पत्र हस्तान्तरण बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।
यसैगरी अक्सिमिटर हस्तान्तरणका प्रतिनिधि अनु वली, पिपिई हस्तान्तरण गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, मास्क...









