Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

एमाले बाँकेले विपन्न समुदायका विरामीको उपचारमा सहयोग गर्ने

एमाले बाँकेले विपन्न समुदायका विरामीको उपचारमा सहयोग गर्ने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ बैशाख – नेकपा एमाले बाँकेले कोभिड संक्रमण भई अस्पतालमा उपचारका लागि आएका विरामीहरु मध्ये विपन्न तथा असहायहरुका लागि वेडको खर्च व्यहोर्ने भएको छ ।कोभिड महामारीको बढ्दो संक्रमणले बाँके जिल्ला आक्रान्त बनिरहेको बेला नेकपा एमाले बाँकेले गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुको उपचारमा सहयोग पु¥याउन दैनिक १० बेडको खर्च सहयोग गर्ने भएको छ । आर्थिक रुपले गरिब, विपन्न परिवारका व्यक्तिहरुले प्रयोग गरिरहेको अक्सिजन सहितको १० बेड सहयोग गर्न लागिएको एमाले बाँकेका सचिव रत्न खत्रीले बताउनुभयो । फोटो गुगल यसका लागि एमाले बाँकेलाई जिल्ला कमिटि सदस्यहरु तथा पार्टी कार्यकर्ताहरुबाट करिब ७ लाख सहयोग प्राप्त भएको छ । एमाले नेता अव्दुल हुसेन खाँका अनुसार शिक्षण अस्पताल कोहलपुरमा हरेक दिन १० वटा अक्सिजन सहितको बेडको खर्च व्यहोर्ने निर्णय भएको छ ।सरकारले सबै कोभिड विरामीहरुको सम्पूर्ण रुपमा निशु...
बी–ग्रुपद्वारा २० अक्सिजन सिलिण्डर सहयोग

बी–ग्रुपद्वारा २० अक्सिजन सिलिण्डर सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ बैशाख – भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले एक्सन एड नेपालको सहयोगमा नेपालगन्जमा स्थापना हुन लागेको नारी विकास भवनलाई अक्सिजन सहितको २० वटा सिलिण्डर जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र मार्फत नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।बाँके जिल्लामा पछिल्लो समयमा कोभिडका बिरामी बढेर बेड र अक्सिजनको कमी भएकोले सो सहयोग गरिएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो । सो हस्तान्तरण कार्यक्रममा एक्सन एड नेपालका कार्यक्रम अधिकृत सुनिता तिवारीले ५ लाख ६९ हजार ४९० बराबरको २० सेट अक्सिजन सिलिण्डर बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत नेपालगन्जका उपमेयर उमा थापा मगरलाई हस्तान्तरण गरिएको थियो ।सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अस्पतालमा अक्सिजन र बेडको अभाव देखिएको कारण अक्सिजन सिलिण्डर सहितको आईशोलेशन निर्माण...
आइएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

आइएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १४ बैशाख – डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु¥याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेवीच सम्झौता सम्पन्न भएको छ ।सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् । उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई पे, एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको बताउनुभयो ।त्यस्तै आईएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि ...
“रेम्डिसिभिरको कालोबजारीमा मेडिकल कालेज कोहलपुरका फार्मेसीहरु सक्रिय” पीडित

“रेम्डिसिभिरको कालोबजारीमा मेडिकल कालेज कोहलपुरका फार्मेसीहरु सक्रिय” पीडित

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख – हाल नेपालमा मात्र नभई छिमेकी मित्र राष्ट्र भारतमा समेत कोरोना संक्रमित बिरामीहरुको चाप अत्याधिक मात्रामा रहेको कसैबाट लुकेको छैन् । खास कुरा हाल नेपालगन्जमा कोरोना संक्रमितहरुको संख्यामा बृद्धि हुँदै जानु र कोरोना संक्रमितहरुलाई लगाईने रेम्डिसिभिर औषधिमा कालोबजारी हुनु आफैमा लज्जास्पद रहेको सरोकारवालाहरु बताउँछन् ।यसबारे आज सोमबार बिहान बर्दिया जिल्लाका फोकलपर्सन नरेश श्रेष्ठले आफ्नो सार्वजनिक सञ्जालमा एउटा स्टाटस लेखेको देखेर मन नै खिन्न भएर वास्तविकता के हो भनी पत्ता लगाउन लाग्दा आज दिन नै बितेको अवस्था कसैलाई भन्दा उसलाई सहजै विश्वास नहुन सक्छ । तर यो वास्तविक र सत्य नै हो । यस बारे नेपालगन्जमा रहेका तमाम मेडिकल, फर्मा, कम्पनीहरुमा वास्तविकता के हो भनी जानकारी माग्दा धेरै जसोले त हामीलाई यसबारे केही जानकारी नै छैन तथा हामीलाई यसको बिक्री वितरणका लागि अधिकार ...
गुप्ताद्वारा २० थान अक्सिजन सिलिन्डर भेरी अस्पताललाई सहयोग

गुप्ताद्वारा २० थान अक्सिजन सिलिन्डर भेरी अस्पताललाई सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
शिवराज साहुनेपालगन्ज, १२ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको केक एण्ड बेकरीका सञ्चालक तथा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि अतुलकुमार गुप्ताले भेरी अस्पताललाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।पछिल्लो समय कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभाव भएर बिरामीलाई समस्या हुन थालेपछि गुप्ताले व्यक्तिगत तर्फबाट भेरी अञ्चल अस्पतालका निर्देशक डा प्रकाश थापालाई २० थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरि सहयोग उपलब्ध गराएका हुन् । अक्सिजन हस्तान्त्रण गर्दै गुप्ताले आईतबार आफूले विभिन्न मिडिया र सामाजिक सञ्जालमा अस्पतालमा अक्सिजन अभावका कारण बिरामीहरु समस्यामा परेको थाहा पाएपछि उक्त सिलिन्डर सहयोग गरेको बताए ।उनले यस समस्याको घडीमा सबै मिलि अक्सिजन खरिद तथा सहयोग गर्न सम्पूर्ण समुदायलाई आग्रह समेत गरेका छन् । यो महामारीको समयलाई सबै एकजुट भएर सामना गर्न उनले आग्रह...
ग्यास चाहिएको हो पूर्वमन्त्री ज्यू, सिलेण्डर होईन !

ग्यास चाहिएको हो पूर्वमन्त्री ज्यू, सिलेण्डर होईन !

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम् शर्मा नेपालगन्ज, १२ बैशाख – भेरी अस्पतालमा देखिएको अक्सिजन ग्यास अभावलाई लिएर सार्वजनिक सञ्जालमा देखिएको दुईमतलाई कसैले सकारात्मक र कसैले नकारात्मक भनी स्टाटस लेख्ने गरेका छन् । लोकतन्त्र हो भाई बोल्न र लेख्न त पाईन्छ नी, होईन त ?भेरी अस्पताल आर्थिक रुपमा आफै सक्षम रहेको पाईन्छ भने फेरी किन आर्थिक संकट भयो भनी भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापासहित व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताललगायतद्वारा अक्सिजन ग्यास खरीद गर्न आर्थिक अभाव भनी स्टाटस लेखियो त ? भित्री कुरा के हो । यस विषयमा भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धितालका अनुसार आर्थिक अभाव त होईन तर केन्द्र सरकार र प्रदेश सरकारले सहयोग नगरेको हुँदा अलि समस्या भएको छ । त्यसमाथि यदि कुनै मनकारी सहयोगी हातहरुले आर्थिक सहयोग गरिरहेका छन् भने त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ भनी बताउनुभयो ।अध्यक्ष धितालले विगतमा ...
भेरीलाई कमला पाण्डेको आर्थिक सहयोग

भेरीलाई कमला पाण्डेको आर्थिक सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १२ बैशाख – खजुरा निवासी कमला पाण्डेले भेरी अस्पताललाई कोभिड संकट व्यवस्थापनका लागि १ लाख ६ सय १२ रुपैयाँ सहयोग गरेकी छिन् । जापानमा रहेकी उनले खजुरा गाउँपालिका प्रमुखमार्फत सहयोग रकम भेरी अस्पताललाई प्रदान गरेकी हुन ।खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले सो रकम बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको रोहवरमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा र अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई हस्तान्तरण गरे । जिल्ला प्रशासनमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रम बाँकेका प्रहरी प्रमुख ओम राना खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार सहभागी थिए ।तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा खजुराकि इन्चार्जसमेत रहेकी पाण्डेले आफ्नो छोरालाई सर्पले टोकेको बेला जसरी बचाएको थियो हाल संकटको बेला पनि सबै नागरिकको ज्यान जोगाउन होस्टेमा हैसे गरेको उनले बताएकी छिन ।...
पुर्वमन्त्री राईद्वारा अक्सिजन खरीद गर्न भेरीलाई ५० लाख उपलब्ध गराउने

पुर्वमन्त्री राईद्वारा अक्सिजन खरीद गर्न भेरीलाई ५० लाख उपलब्ध गराउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ बैशाख - पूर्व शहरी विकास मन्त्री तथा बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद मोहम्मद ईस्तियाक राईले नेपालगन्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।  पुर्व मन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् । मन्त्री राईल भने–‘नेपालगन्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको बिरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।’   पछिलो समय नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको स...
सहसम्पादक काफ्लेको मानवताप्रेमी अभियानमा सबैले हातेमालो गरौं

सहसम्पादक काफ्लेको मानवताप्रेमी अभियानमा सबैले हातेमालो गरौं

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम शर्मानेपालगन्ज, १० बैशाख – नेपालगन्जमा रहेको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नर्सिङ्ग होम नेपालगन्जमा हाल कोभिड–१९ का बिरामीहरुका लागि बेडको अभाव देखिएको छ ।सम्बन्धित अस्पतालकाका प्रमुख डाक्टरहरुदेखि वर्तमान र निवर्तमान फोकलपर्सनहरुले समेत प्रत्येक पालिकाहरुले बाटो बनाई १०–१५ बेड भएको अक्सिजनयुक्त कोभिड अस्पताल निर्माण गर्न जरुरी देखिएको बताउँछन् । विहिबार राती १२ बजेदेखि विभिन्न सार्वजनिक सञ्जालमा सम्बन्धित अस्पतालका प्रमुखदेखि यस क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरुले समेत आ–आफ्नो स्टाटसमा समस्यालाई दर्शाएका छन् ।पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का सांसद मोहम्मद ईस्तियाक राईले आफ्नो स्टाटसमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलसम्मलाई आफ्नो गुट कुर्सी, सरकारसँग जनताको प्राण रक्षाका निम्ति पनि अविलम्ब व्यवस्था...
भारतीय पक्षका संयोजक पत्रकार विनय श्रीवास्तवको उपचारको अभावमा निधन

भारतीय पक्षका संयोजक पत्रकार विनय श्रीवास्तवको उपचारको अभावमा निधन

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ बैशाख – नेपाल भारत संयुक्त मञ्च भारत पक्षका संयोजक तथा वरिष्ठ पत्रकार विनय श्रीवास्तवको निधन भएको छ । उहाँको निधन भारत उत्तर प्रदेश लखनउमा शनिवार निधन भएको हो ।उहाँको निधनमा नेपाल भारत संयुक्त मञ्च नेपाल पक्षका संयोजक पूर्ण लाल चुके र भारत पक्षका सचिव मनीराम शर्माले संयुक्त शोक प्रेस विज्ञप्ति जारी गरी स्वर्गीय श्रीवास्तव प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको योगदानको बारेमा चर्चा गर्नु भएको छ । स्वर्गीय श्रीवास्तवका सुपुत्र हर्षिद श्रीवास्तवका अनुसार उहाँ अस्वस्थ भएपछि उत्तर प्रदेशको राजधानी लखनउका विभिन्न अस्पतालमा उपचारको लागि लैजादा कुनै पनि अस्पतालले भर्ना गर्न नमाने पछि उपचारकै अभावमा उहाँको निधन भएको हो ।निधनको केही घण्टा अगाडी स्व. श्रीवास्तवले आफ्नो फेसबूक स्टाटसमा आफ्नो शरीरमा अक्सीजनको लेवल ५० प्रतिशत भन्दा कम देखिएर स्वास्थ्य समस्या भएपछि लखनउका विभि...