Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

युवा मञ्चद्वारा खाद्यान्न वितरण

युवा मञ्चद्वारा खाद्यान्न वितरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ जेष्ठ – कसौधन वैश्य समाज युवा मञ्चद्वारा खाद्यान्न वितरण कार्यक्रम आजबाट शुरु गरिएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संकटको बेला सहयोगी मनहरुबाट गरिएको यस्तो खाले खाद्यान्न वितरण कार्यक्रममार्फत नेपालगन्जका मजदुर, गरीब वर्गहरुलाई सहयोग पुगेको बताउनुभयो । कोभिड–१९ कोरोना भाईरसको चैन ब्रेक गर्न स्थापना प्रशासनबाट पटक–पटक गरी गरिएको निषेधाज्ञालाई ध्यानमा राखी कोही गरिब मजदुर घरपरिवारहरुलाई भोकै रहन नपरोस भनी १ सय १ जनालाई १ हजारका दरले खाद्यान्न वितरण गर्न शुरु गरिएको युवा मञ्चका अध्यक्ष आदित्य गुप्ताले बताउनुभयो । कोभिड–१९ को पूर्ण पालना गर्दै स्थानीय सम्बन्धित निकायका जिल्ला प्रमुख शिवराम गेलाल, जिल्ला प्रहरी प्रमुख ओमबहादुर राना, कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष घनश्याम वैश्य तथा कसौधन वैश्य समाज युवा मञ्चका पदा...
कोभिडका बिरामीलाई सहुलियतमा खाना खुवाउँदै एमाले बाँके

कोभिडका बिरामीलाई सहुलियतमा खाना खुवाउँदै एमाले बाँके

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ जेष्ठ – नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियतदरमा खाना खुवाउने कार्य सुरुवात गरेको छ ।कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउने कार्य सुरु गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । हरेक दिन बिहान र बेलुका ३० रुपियाँमा खाना खुवाईने एमाले बाँकेले जनाएको छ । खाना खुवाउने कार्यका लागि एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट ४ लाख ६८ हजार रुपियाँ संकलन गरेको छ । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले १५÷१५ हजार रुपियाँ सहयोग गर्नुभएको छ । अभियानमा केएल दुगड ग्रुप, नेपालगञ्ज शिक्षण अस्पताल लगायतको सहयोग रहेको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिनुभयो । अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र...
अञ्जनी माता रसाेईलाई उपाध्यायद्वारा सहयाेग

अञ्जनी माता रसाेईलाई उपाध्यायद्वारा सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख - काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे हटस्पाेट बनेकाे नेपालगन्जका धेरै संक्रमितहरू भेरीमा रहेकाे तथा उनीहरूकाे सेवामा साँझ-बिहान खाने खानाकाे व्यवस्था गर्दै आईरहेकाे अञ्जनी माता रसाेईलाई थाेरै भएपनि आर्थिक गर्नेहरू सहयाेग गर्ने कार्य जारी राखेका छन् ।आज शुक्रबार अक्षय तृतीया एवम् प्रशुराम जयन्तीकाे शुभ अवसरमा समाजसेवी सुर्यप्रसाद उपाध्यायले नगद पाँच हजार एक सय सहयाेग गरेकाे छन् ।उपाध्यायद्वारा गरिएकाे सहयाेग रकम स्थानीय घनश्यामकुमार वैश्यमार्फत अञ्जनी माता रसाेई सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई हस्तान्तरण गरिएकाे छ ।...
आमा–बुवाको जन्मदिनमा अध्यक्ष रेग्मीद्वारा अञ्जनी माता रसोईलाई सहयोग

आमा–बुवाको जन्मदिनमा अध्यक्ष रेग्मीद्वारा अञ्जनी माता रसोईलाई सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – “जहाँ ईच्छा हुन्छ, त्यहाँ शक्ति हुन्छ” मानवताप्रेमी कार्यमा कसैले केही गर्न चाहना मात्र राख्छ भने उसले जे भएपनि सो कार्यलाई पुरा गरिहाल्छ भनेको कुरा आज देखिएको छ ।भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अञ्जनी माता रसोई घरलाई नेपाल शिक्षक महासंघ डुडुवाका अध्यक्ष भुपेन्द्र रेग्मी (नारायण) ले खाद्यान्न सहयोग गरेका छन् ।अध्यक्ष रेग्मीको बुवा–आमाको जन्मदिनको शुखद अवसर पारी भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोई घरमा आफै सम्पूर्ण व्यवस्था गरि रसोई सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई खाद्यान्न हस्तान्तरण गरेका छन् । अध्यक्ष रेग्मीले “आफ्नो आमा–बुवाको जन्मदिनको उपलक्ष्यमा सुन्दरकाण्ड मित्र मण्डलद्वारा सञ्चालित अञ्जनी माता रसोईलाई आर्थिक सहयोग उपलब्ध गराई करिब २०० जना बिरामी कुरुवाहरुलाई निःशुल्क खाना खुवाउने ब्यवस्था गरिएको जानकारी गराउ“दै यस मावनताप्रेमी कार्यले...
अञ्जनी माता रसाेईलाई शिक्षक संघकाे सहयाेग

अञ्जनी माता रसाेईलाई शिक्षक संघकाे सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख - नेपाल शिक्षक संघले अाफ्नाे ३२ स्थापना दिवसको उपलक्ष्यमा सुन्दरकाण्ड मित्र मण्डलद्वारा सञ्चालित अञ्जनी माता रसोईलाई सहयाेग उपलब्ध गराईएकाे छ ।काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे हटस्पाेट बनेकाे नेपालगन्जका धेरै संक्रमितहरू भेरीमा रहेकाे तथा उनीहरूकाे सेवामा साँझ-बिहान खाने खानाकाे व्यवस्था गर्दै अाईरहेकाे अञ्जनी माता रसाेईलाई थाेरै भएपनि अार्थिक सहयाेग गर्न पाएकाेमा संघका अध्यक्ष विरेन्द्र यादवले खुशी व्यक्त गरेका छन् ।अध्यक्ष यादवले नगद २ हजार ५ सय सहयाेग गरेकाे जानकारी गराउँदै यस्ताे मानवताप्रेमी कार्यमा सबैले हातेमाले गर्नुपर्ने बताउनुभयाे ।...
बी–ग्रुप र केयर नेपालद्धारा नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

बी–ग्रुप र केयर नेपालद्धारा नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ३० बैशाख – बाँकेमा कोरोना भाईरसको संक्रमण बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि बी–ग्रुप, बाँके सक्रिय भएर बाँके जिल्लामा कार्य गरिरहेको छ ।भेरी बाताबरणीय बिशिष्ठता समुह (बी–ग्रुप)ले केयर नेपालसंगको साझेदारीमा बाँके जिल्लामा सञ्चालन भएको कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत ४ लाख सत्ताईस हजार पाँच सय रुपैया बराबरको विभिन्न स्वास्थ्य सुरक्षा सामानहरु उपलब्ध गराएको छ । बी–ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, केएन नाइटी फाइभ माक्स, ग्लोब्स, पिपिई सेट, गन थर्मोमिटर, पल्स अक्सिमिटर, निबुलाईजर सेट, डिजिटल थर्मोमिटर र हेण्ड वासिङ्गलिक्वीड र सोडियम हाईडूोक्लोराइट गरी ४ लाख सत्ताईस हजार पाँच सय रुपैया बराबरको सामाग्री जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेमार्फत स्थानीय विपत ब्यवस्थापन समिति, नरैनापुरग...
राजकुमार रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना

राजकुमार रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त रहेको बेला नेपाल पनि अछुतो नरहेको कुरा सबैमा जानकारी भएको छ । त्यसमाथि विपदको समयमा मानवताप्रेमी कार्यमा सहयोगी मनकारी मनहरुले खुलेर सहयोग आदान–प्रदान गर्ने गरेका हुन्छन् ।यस्तै सहयोगी मनकारीहरुको रुपमा छुट्टै पहिचान बनाई सकेको नेपाल शिवसेनाले आज खाद्यान्न बैंकको स्थापना गरी मानवताप्रेमी कार्यका अग्रणी स्थान हासिल गरेको छ ।नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको संयोजकत्वमा रहेको खाद्यान्न बैंकमार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका कम आयु भएको गरिब मजदुर वर्गका लागि खाद्यान्न सहयोग गरिने बताईएको छ । नेपाल शिवसेनाका केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माका अनुसार यस कोभिड–१९ कोरोना भाईरसको महामारीमा महिनौ हुन लाग्दा मजदुरी गरी बसेकाहरुका लागि कोहीले कुनै पाईला नचाल्दा आफैबाट शुरुवात गरौं भनी आज केन्द...
३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – नेप्लिज अमेरीकन च्याम्बर अफ कमर्स डालस टक्सास, अमेरीका र वेष्टर्न हस्पिटल नेपालगन्जको सहयोग तथा बास नेपालको ब्यवस्थापनमा आज ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री टिकापुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।बास केन्द्रीय कार्यालयमा आज ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख रामबहादुर कुरुम्वाङ्ग र टीकापुर अस्पतालका अध्यक्ष दिपकबहादुर रावललाई २०० थान पिपिई वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापा, बासका अध्यक्ष रमेश सिटौला र कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका छन् । वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापाबाट १ लाख ७५ हजार र बाँसको समन्वयमा १ लाख ७५ हजार गरि ३ लाख ५० हजार बराबरको २०० थान पिपिई टिकापुर अस्पताललाई प्रदान गरिएको थियो । सामाग्री ग्रहण पश्चात बोल्दै ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख कुरुम्वाङ्गले बाँकेमा यस अ...
अनुसन्धानकाे नाममा अाैषधि सेवनबाट बञ्तित गर्ने अधिकार जिल्ला प्रहरीलाई कसले दिएकाे छ ?

अनुसन्धानकाे नाममा अाैषधि सेवनबाट बञ्तित गर्ने अधिकार जिल्ला प्रहरीलाई कसले दिएकाे छ ?

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज– "जाे चाेर उसैकाे ठुलाे स्वर" भनेकाे यही हाे । सरकारबाट ताेकिएकाे मापदण्ड अनुसार काेराेना संक्रमितहरूलाई प्रयाेग गर्ने रेम्डिसिभिर अाैषधि सरकारकै सिफारिमा सम्बन्धित फर्मेसीहरूले मात्र बिक्री वितरण गर्ने प्रावधान रहेकाे छ । तर काेहलपुर मेडिकल कालेज, नेपालगन्ज मेडिकल कालेज र भेरी अस्पतालबाट कसरी पुग्याे बालाेबजारी गर्नेहरूकाे हातमा रेम्डिसिभिर अाैषधि ? याे अनुसन्धानकाे विषय हाे तर जिल्ला प्रहरी बाँकेले अनुसन्धानकाे नाममा भेरी अस्पताल भित्र बिक्री हुने अाैषधि नै अनुसन्धान हुनेसम्म बिक्री नगर्ने कतिसम्म जायज छ ? अनुसन्धानकाे नाममा कुनै पनि काेराेना संक्रमित बिरामीलाई अाैषधि सेवनबाट बञ्तित गर्ने अधिकार जिल्ला प्रहरीलाई कसले दिएकाे छ ? भन्ने प्रश्न अाम सर्वसाधारणहरूकाे रहेकाे छ । आज बुधबार ५० हजार रुपैयाँमा रेम्डिसिभर इन्जेक्सन बिक्री गरेको आरोपमा वडा प्रहरी कार्यालयबाट खटेक...
वडाअध्यक्ष सिंह दाजु–भाई आफै खटिए

वडाअध्यक्ष सिंह दाजु–भाई आफै खटिए

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ बैशाख – कोभिड–१९ को मारमा बाँके जिल्ला हाल कराई रहेको पाईन्छ । सोही कोभिड–१९ कोरोना भाईरसको संक्रमण थप वडामा नफैलियोस् भनी वडाअध्यक्ष समिरप्रताप सिंह र सुधिरप्रताप सिंह आफै खटि वडालाई सेनिटाईजर गर्ने गरेका छन् । मंगलबारदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ लाई कोरोना संक्रमणबाट रोक्न श्रद्धा ईट्टा उद्योगको लगानीमा वडा नं. ६ का वडाअध्यक्ष दाजु–भाइ वडालाई संक्रमण मुक्त गर्न सेनिटाईजर गर्न खटिएका छन् ।विगत वर्षमा नेपाल सरकारद्वारा लकडाउन गरिएको बेलामा समेत विभिन्न सामाजिक दायित्व निर्वाह गर्दै मास्क वितरण, वडालाई सेनिलाईटर गर्ने, वडामा कम आय भएका गरिब मजदुर वर्गलाई खाधान्नलगायत सामाग्री वितरण गरेका थिए । सोही सामाजिक दायित्व निर्वाह गर्दै यसपटक पनि अन्जनी माता रसोई घरलाई नगद २१ हजारको सहयोग गरि वडा नं. ६ का वडाअध्यक्ष सिंहले शुरूवात गर्दै मंगलबारदेखि वडा नं. ६ मा...