Saturday, April 25सत्यम खबर
Shadow

अवधी

डुडुवाको गाउँसभा गर्ने सहमतीपछि खोलियो ताला

डुडुवाको गाउँसभा गर्ने सहमतीपछि खोलियो ताला

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
डुडुवा, २७ मसिंर – पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपालिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउ“सो २ बजे गाउँसभा बस्ने सहमती भएको छ ।कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने छन् र त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।आज बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्था...
बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २३ मंसिर – बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आ“खा शिविर विहिबार सम्पन्न भएको छ ।फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए । जस मध्ये ८० जनामा मोतिया बिन्दु फेला परेका छन् ।मोतिया बिन्दुका बिरामीहरुलाई सहुलियत दरमा अस्पताल मै गई अपरेसन गर्ने केन्द्रका कार्यक्रम संयोजकले जानकारी दिएका छन् । वडाध्यक्ष गुप्ताका अनुसार वडावासीहरूकाे स्वास्थ्य सेवाका लागि अगामी दिनमा यस वडा कार्यालयबाट थप स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै जेष्ठ नागरिकहरूकाे लागि विशेष स्वास्थ्य याेजना ल्याईने बताउनुभयाे ।...
महिला सञ्जालद्वारा अफसरूला खाँकाे लागि न्याय माग

महिला सञ्जालद्वारा अफसरूला खाँकाे लागि न्याय माग

अपराध, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ मंसिर - अन्तरपाटी महिला संजाल बाँकेको आज बैठक बसी १६दिने महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रम गर्ने तयार गरेको छ । साथै बैठकले दाइजोका कारण मृत्यु भएकी अफसरुला खाँ न्यायको माग गरेको छ । बैठकले सत्य तथ्य पत्ता लगाइ पीडितलाइ न्याय र पीडकलाइ कानुन अनुसारको कारबाहिको माग गरेको छ । उनको मृत्यु भएको लामो समय भै सक्दा पनि पीडितले न्याय पाउनमा ढिलाइ भएको भन्दै नेपालगन्ज वडा नं.७ माइति भएकी खाँलाई न्यायको माग गरेको हो ।अन्तरपाटी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले दिएको जानकारी अनुसार बाँकेमा रहेको एभरेष्ट बैंकका प्रो.वहव खां की छोरी अफसरुला खाँको दाइजोका कारण मृत्यु भएको लामो समय वितिसक्दा पनि न्याय दिनमा ढिलाइ भएको र सत्य तथ्य लुकाउन खोजेमा संजालले कडा प्रतिवाद गर्ने समेत प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।पीडितलाइ न्याय र पीडकलाइ कानुन अनुसारको सजाय दिइयोस प्रेस विज्ञप्तीमा भ...
पत्रकार गुप्ता पुन: अस्पताल भर्ना

पत्रकार गुप्ता पुन: अस्पताल भर्ना

अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १२ मंसिर - मधेेश मिडिया मिसन नेपाल बाँकेका सल्लाहकार तथा आजकाे सामना साप्ताहिकका प्रकाशक/सम्पादक अजयकुमार गुप्ता पुन: अस्पताल भर्ना भएका छन् । पारिवारिक स्राेतका अनुसार करीब ४० दिन अगाडि स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल हुँदै मित्र राष्ट्र भारतकाे लखनऊमा रहेकाे विवेकानन्द अस्पतालमा उपचाररत भई स्वास्थ्य सुधार पछि घरमा आराम गर्दै आईरहेका थिए । तर स्वास्थ्यमा पुन: समस्या देखिएपछि नेपालगन्जमा कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश नागकाे क्लीनिकमा चेकजाँच गरिएकाे तथा पत्रकार गुप्तालाई ज्वाराे आउने, ब्लडकाे कमी, पिसाबमा गडबडी लगायत समस्या देखिएपछि पुनः अस्पतालमा भर्ना गरिएकाे बताए । हाल पत्रकार गुप्ता डा. नागकाे क्लीनिक (शदाब एण्ड कम्पनिकाे माथिल्लाे तला) काे भवन, बेड नं. ६ मा भर्ना भई उपचाररत रहेकाे बताईएकाे छ ।...
नेपाल शिवसेनाका कावा अध्यक्ष गुप्ताद्वारा संयुक्त राजीनामा

नेपाल शिवसेनाका कावा अध्यक्ष गुप्ताद्वारा संयुक्त राजीनामा

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० मंसिर – धार्मिक आस्थावानहरुको पक्षमा वकालत गर्दै आईरहेको नेपाल शिवसेना बाँकेमा हाल देखिएको कलहले चरम रुप धारण गरेको छ ।विगत चुनाव अगावैदेखि झिनोमसिना देखिएको तनाव हाल छताछुल्ल भएको पाईन्छ । विगतमा बिना स्पष्टीकरण निलम्वन गरिएका जिल्ला अध्यक्ष मदनराज शर्मा र त्यस लगत्तै सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ पछि राजीनामाको तगारो नै देखिएको छ ।नेपाल शिवसेनाका जिल्ला अध्यक्ष शर्मापछि कावा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आईरहेका शुभम गुप्ता, जिल्ला कोषाध्यक्ष विनोद लोध, वरिष्ठ सल्लाहकार चिन्तामणि पोखरेललगायतले समेत संयुक्त रुपमा राजीनामा सार्वजनिक गरिसकेका छन् । केही दिन अगाडी मात्र जानकारीमा आए अनुसार उहाँहरुले सार्वजनिक सञ्जाल फेसबुकको प्रयोग गर्दै राजीनामा दिएका छन् ।वर्तमान कावाअध्यक्ष गुप्ताका अनुसार केही दिन अगाडी सम्पन्न निर्वाचन पश्चात नेपाल शिवसेना...
जोगागाउँ पूर्णिमा नहान मेला कार्तिक २२ गतेबाट सुरु हुने

जोगागाउँ पूर्णिमा नहान मेला कार्तिक २२ गतेबाट सुरु हुने

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, ७ कार्तिक – बाँकेको जानकी गाउँपालिका वडा नं २ मा जोगागाउँ पूर्णिमा नहान मेला तयारी पूरा भएकाे जनाईएकाे छ । आज सोमबार भएकाे छलफलबाट जानकी गाउँपालिका वडा न.२ अन्तर्गत रहेको जोगागाउँ बाबाकुट्टिमा प्रत्येक वर्ष कार्तिक पुर्णिामामा लाग्ने मेला यस वर्ष कार्तिक २२, २३ र २४ गते लाग्ने तथा उक्त मेला हर्षाेउल्लासका साथ सम्पन्न गराउन विभिन्न समितिहरू समेत गठन गरिएकाे जनाईएकाे छ । सो मेलालाई सञ्चालन तथा व्यवस्थापनको लागि अध्यक्ष दयाराम भुजवा, उपाध्यक्ष दिनेश यादव, सचिव दिनेश सिंह घरोख, सहसचिव विश्व नाथ काँदु, कोषाध्यक्ष वीरेन्द्र बाबु काँदु, सदस्यहरु सलीम तेली, कृपा खटिक, कर्तार सिंह सिख, कुलबहादुर थापा, रमजान अलि दर्जी, हरिश चन्द्र काँदु, धर्मेन्द्र सिंह काँदु, गरी मूल समितिमा १ जना सत्यम खबर डट कम का पत्रकार सकिल अहमद राई ३ दिने मेलाको रिपोर्टिङ गर्नका लागि वडा अध्यक्ष चन्द्रिकाप्रसाद ग...
जय श्रीरामको नारा लगाउँदै मतदाताहरुले गरे खनाल र रौनियारलाई भब्य स्वागत

जय श्रीरामको नारा लगाउँदै मतदाताहरुले गरे खनाल र रौनियारलाई भब्य स्वागत

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक – मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्यको निर्वाचनमा बाँके जिल्ला देश कै केन्द्र जस्तै रहँदै आएको छ ।यसपटक समेत रोचक तवरले चुनावी तालमेल मिलाई हाल घरदैलोमा खटिरहेका उम्मेदवारहरुले विभिन्न एजेण्डासाथ मतदाताहरु कहाँ पुग्ने क्रम जारी रहेको छ ।यसैक्रममा कट्टर हिन्दुत्वको नारासहित जय श्रीरामको नाम जाप गर्दै बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्यमा स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका दिवाकर शर्मा खनाल र राजकुमार रौनियारको चर्चा रहेको पाईन्छ ।डुडुवा गाउँपालिका विभिन्न वडाहरुमा घरदैलो गर्ने क्रममा मतदाताहरुले जय श्रीरामको नाम लिंदै स्वतन्त्र उम्मेदवारद्वयलाई भब्य स्वागत गरेका छन् ।प्रदेश सदस्य उम्मेदवार रौनियारका अनुसार यसपटक हिन्दुवादी शक्तिहरुले मात्र हमलाई मत दिएको अवस्थामा हामी पूर्ण बहुमतका साथ विजय हुने देखिएको छ । भगवा...
जानकीका किसानहरुलाई अनुदानमा विउ वितरण

जानकीका किसानहरुलाई अनुदानमा विउ वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईजानकी, २ कार्तिक - बाँकेको जानकी गाउँपालिकाको १ नं. वडामा किसानहरुलाई बर्शीन घाँसको वीउ वितरण गरिएको छ । जानकी गाउँपालिका पशु सेवा शाखाको ७५% अनुदानमा किसानहरुलाई विउ वितरण गरिएको हो । व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यमबाट पशुपालन गर्न सहज होस भन्ने उद्देशले वीउ वितरण गरिएको जानकी गाउँपालिका कावा अध्यक्ष इब्राहीम अलि हल्वाईले जानकारी दिए । ३ सय जना किसानहरुलाई घाँसको विउ जानकीको पशुसेवा शाखाको ७५% अनुदानमा खरिद गरी किसानलाई वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष इब्राहीम अलि हालवाईले जानकारी दिनु भएको छ। वीउ वितरण कार्यक्रममा जानकी गाउँपालिकाका वडा सदस्य हौसीलालले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाएको छ । विउ लिन आएका किसानहरुले विउ पाए पछि खुसी हुँदै वडा अध्यक्ष मो. रजा राईलाई धन्यबाद पनि दिनु भएको छ । कार्यक्रममा जानकी वडा नम्बर १ का कर्मचारी वड...
जय श्री राम शक्ति दल लाठी समितिको ३१औं वार्षिकाेत्सव एवम् खेलाडी सम्मान

जय श्री राम शक्ति दल लाठी समितिको ३१औं वार्षिकाेत्सव एवम् खेलाडी सम्मान

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
आकाश वैश्य, नेपालगन्ज, २२ असोज - जय श्री राम शक्ति दल लाठी समितिले दिन शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहालमा आफ्नो ३१औं वार्षिक उत्सव एवम् खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार वैश्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज श्रेष्ठले प्रभु श्रीरामको तस्बिर अगाडि दीप जलाई कार्यक्रमको समुद्घाटन गरेका थिए ।नेपाल शिव सेनाका नेता एवम् बाँके क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार दिवाकर शर्मा खनाल, नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष एवम् बाँके क्षेत्र नं. २ प्रदेश सभा (ख)का स्वतन्त्र उमेद्वार राजकुमार रौनियार, कसौधन वैश्य समाजका अध्यक्ष एवम् राप्रपाका केन्द्रीय सदस्य नन्दलाल वैश्य लगायतका नेता समाजसेवीहरुको उपस्थिति रहेको थियो । णप्रथम दिव्यांश वैश्य, ...
“चरमपन्थी संगठनलाई बहिस्कार गरौं”

“चरमपन्थी संगठनलाई बहिस्कार गरौं”

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० असोज – आपसी सौहार्द काउन्सिल बरेलीको ती उल्मा र मुफ्तिहरुको संगठन हो जसले आला हजरत र मुफ्ती ए आजमको संदेशलाई जनजन सम्म पुर्‍याउने गरेको छ । सुन्नी हन्फी खानकाही विचारधाराको केन्द्र दरगाह ए आला हजरतको मध्यम द्वारा हिंसा अपराध कट्टरपन्थिताको अन्त्य गर्ने जमातको रूपमा काउन्सिलले काम गर्दै आएको छ । विश्वभरीका आलीम मुफ्ती सामाजिक संघसंस्थाहरु सँग समन्वय गरि समाजमा शान्ति स्थापना गर्ने काउन्सिलले लामो समय देखि काम गर्दै आएको छ । सेमिनार , सभा, घोष्ठी, पुस्तक , लेख, कार्यक्रमको मध्यमबाट सूफी खानकाही हन्फी विचारधाराको अनुयायीहरुलाई एकजुट बनाउने र मानवता प्रेम भाव सिकाइ गराउने काउन्सिलको लक्ष्य रहेको दरगाह ए आला हजरतका सचिव मुफ्ती सलीम नूरीले बताए ।उनले भने समाजमा त्यस्ता संगठनहरु सक्रिय छन् जसले मानवता विपरीत काम गर्ने हिंसा अपराधलाई बढावा दिई समाजबाट शान्ति सौहार्द र मानवताको वाता...