Tuesday, October 22सत्यम खबर
Shadow

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यको वार्षिक पुण्यतिथी पाैष ९ गते हुने

नेपालगन्ज, ६ पौष – प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्यको वार्षिक पुण्यतिथिमा श्रद्धासुमन कार्यक्रम यही आईतवार पुष ९ गते उहाँको रानी तलाउ वडा नं. ७ स्थित आवास गृह अगाडि आयोजित हुने भएको छ । स्व. बैश्यको जन्म वि.स. २००१ मा भएको थियो उहाँको क्यान्सर रोगबाट वि.सं. २०७४।०९।०७ गते शुक्रवार दिन स्वर्गारोहण भएको थियो । यसरी उहाँको स्वर्गारोहण भएको झण्डै ६ वर्ष व्यतीत भईसकेको छ ।

प्रेस स्वतन्त्रता सेनानी स्व. बैश्यको वार्षिक पुण्यतिथिमा सामाजिक सेवा कार्यका लागि केही वर्ष अघि प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज—७ जि.प्र.का. बाँकेबाट विधिवत दर्ता भएको थियो । यस प्रतिष्ठानको अध्यक्ष पदमा नन्दलाल बैश्य, उपाध्यक्ष पदमा अजयकुमार गुप्ता, सचिव पदमा रुद्र सुवेदी, सहसचिव पदमा आशा ढकाल, कोषाध्यक्ष पदमा अछरी पोखरेल, त्यस्तै नै सदस्य पदमा झलक गैरे, गोबिन्द शर्मा, शुक्रऋषि चौलागाई, शकील अहमद कादरी, विश्वजीत तिवारी, अनुपकुमार गुप्ता र सल्लाहकारमा पूर्णलाल चुके, हेमन्त कर्माचार्य, टिकाजंग शाह, बलबहादुर चन्द रहेको कार्य समितिले कार्य गर्दै आएको छ ।

विगत वर्ष प्रतिष्ठानले नेपालगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा अग्रज वरिष्ठ पत्रकारहरु प्रेस स्वतन्त्रता सेनानी स्व. श्री पन्नालाल गुप्ता, प्रेस स्वतन्त्रता सेनानी मो. लियाकत अली र पत्रकार वासुदेव श्रेष्ठको सम्मान गर्दै एक विचार गोष्ठीको आयोजना गरेको थियो । सो पछि अर्को वर्ष बुलबुलियास्थित निल सागर आश्रममा गरीब अनाथहरुमा न्यानो कम्बल र सल वितरण त्यस्तै गत वर्ष बागेश्वरी मन्दिर पार्कमा गरिब गुरुवाहरुमा न्यानो कम्बल प्रतिष्ठानका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा वितरण गरिएको थियो । यस वर्ष प्रतिष्ठानका उपाध्यक्ष र स्व. श्री बैश्यको साईलो छोरा अजयकुमार गुप्ता ४ महिनादेखी सिकिस्त रुपमा विरामी भई अहिलेसम्म उपचाररत अवस्थामा रहेकाले यस वर्ष प्रतिष्ठानले भव्यतापूर्वक स्व. श्री बैश्यको वार्षिक पुण्यतिथि कार्यक्रमको आयोजना गर्न नसक्ने बैश्यको पारिवारिक श्रोतले जानकारी गराएको छ । तर पनि स्मृतिका लागि वैश्य परिवारको भवन अगाडि साधारण प्रकारको स्मृति कार्यक्रम यहि शुक्रवार र शनिवार दिन आयोजित हुने भएको छ ।

यो स्मृति कार्यक्रम शुक्रवार ७ गते हुने भएको थियो तर प्रतिष्ठानका सचिव रुद्र सुवेदी सो दिन जिल्लाबाट बाहिर जानु परेकोले शुक्रवार ७ गतेको सट्टा आईतवार ९ गते दिन साँझ छ बजेको समयमा बैश्यको आवास गृहको अगाडि फोटो लगाई श्रद्धाञ्जली अर्पण गरिने भएको छ । यो कार्यक्रमको शुरुवात छ बजे साँझ रानी तलाउ वडा नं. ८ स्थित जय माँ बागेश्वरी ब्रास बैण्डको ग्रुपले रामधुन बजाई गर्ने छ । रामधुन नेपालगन्जका प्रख्यात बैण्ड मास्टर निरज बँशकारबाट शुरुवात हुनेछ ।

सो पछि प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्यको फोटोमा पुष्प अर्पण उहाँको इस्टमित्र, पत्रकार र परिवार सदस्यले अर्पण गरी कार्यक्रमको समापन गर्नेछन् । अहिले सम्म प्रतिष्ठानले हरेक वर्ष वार्षिक पुण्यतिथि कार्यक्रम नियमित रुपमा सामाजिक सेवा कार्य गरी आयोजित गर्दै आएको छ तर केही कमी कमजोरीले गर्दा साधारणसभा आयोजित गर्न सकिएको छैन् न त प्रतिष्ठानको नविकरण गर्न सकिएको जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *