Sunday, April 26सत्यम खबर
Shadow

जोगागाउँ पूर्णिमा नहान मेला कार्तिक २२ गतेबाट सुरु हुने

जानकी, ७ कार्तिक – बाँकेको जानकी गाउँपालिका वडा नं २ मा जोगागाउँ पूर्णिमा नहान मेला तयारी पूरा भएकाे जनाईएकाे छ ।

आज सोमबार भएकाे छलफलबाट जानकी गाउँपालिका वडा न.२ अन्तर्गत रहेको जोगागाउँ बाबाकुट्टिमा प्रत्येक वर्ष कार्तिक पुर्णिामामा लाग्ने मेला यस वर्ष कार्तिक २२, २३ र २४ गते लाग्ने तथा उक्त मेला हर्षाेउल्लासका साथ सम्पन्न गराउन विभिन्न समितिहरू समेत गठन गरिएकाे जनाईएकाे छ ।

सो मेलालाई सञ्चालन तथा व्यवस्थापनको लागि अध्यक्ष दयाराम भुजवा, उपाध्यक्ष दिनेश यादव, सचिव दिनेश सिंह घरोख, सहसचिव विश्व नाथ काँदु, कोषाध्यक्ष वीरेन्द्र बाबु काँदु, सदस्यहरु सलीम तेली, कृपा खटिक, कर्तार सिंह सिख, कुलबहादुर थापा, रमजान अलि दर्जी, हरिश चन्द्र काँदु, धर्मेन्द्र सिंह काँदु, गरी मूल समितिमा १ जना सत्यम खबर डट कम का पत्रकार सकिल अहमद राई ३ दिने मेलाको रिपोर्टिङ गर्नका लागि वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको अध्यक्षतामा १३ सदस्य मुल समितिसहित सुरक्षा समिति, सल्लाहकार समिति लगायत गठन गरिएकाे छ ।

जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे अगुवाईमा नव गठित जाेगागाउँ मेलालाई वडा अध्यक्ष गुप्ताले शान्त र मर्यादित तरिकाबाट मेला सम्पन्न गराउने आशा रहेकाे भन्दै गठित सम्पुर्ण समितिलाई बधाई तथा सफलताकाे लागि शुभकामना व्यक्त गरेका थिए ।

साथै उल्लेखित स्थानमा लाग्ने परम्परागत सो मेलामा अचार संहिता सगरा कुट्टी मेला भित्र रक्सीको पसल नराख्ने, जुवा, तास, नखेल्ने खेलाउने र मादक पदार्थ सेवन गरी मेला परिसर भित्र प्रवेश नगर्ने नगराउने वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सत्यमखबर डटकमलाई जानकारी दिनु भएको छ । साथै सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मेला अवलोकन गरिदिनको लागि यस वार्ड न. २ को तर्फबाट सम्पुर्णलाई निम्तो दिइएको व्यहोरा अनुरोधका छन् ।

यस कार्तिक पूर्णिमा मेलाको समिति गठनमा वडा सचिव कविता रेग्मी, सुरक्षाकर्मी लगायत ५० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *