व्यवसायीको समस्या समाधान गर्न चरणबद्ध दबावमूलक कार्यक्रम
नेपालगन्ज, ६ असोज – सम्बन्धित सरोकारवाला पक्षहरुले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न ध्यान केन्द्रित गर्न व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी “चुन्ना” पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।अध्यक्ष मन्सुरीले कोरोना कालदेखि नै व्यापारीहरु मार खेप्दै आईरहेको अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा लागू गर्न लागिएको नीतिले व्यापारी झन मारमा पर्ने बताउँदै विगतदेखि नै खुला सीमानाकाले गर्दा समेत नेपालगन्जका व्यापारीहरुले सास्ती खेप्दै आईरहेको गुनासो पोखेका छन् ।
संघका प्रवक्ता टंक धामीले प्रेस विज्ञप्ती बाचन गर्दै “बैंक तथा वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएका छौं । कारोबारको २०/२५ प्रतिशत...









