Monday, April 20सत्यम खबर
Shadow

जय श्रीरामको नारा लगाउँदै मतदाताहरुले गरे खनाल र रौनियारलाई भब्य स्वागत

नेपालगन्ज, ४ कार्तिक – मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्यको निर्वाचनमा बाँके जिल्ला देश कै केन्द्र जस्तै रहँदै आएको छ ।
यसपटक समेत रोचक तवरले चुनावी तालमेल मिलाई हाल घरदैलोमा खटिरहेका उम्मेदवारहरुले विभिन्न एजेण्डासाथ मतदाताहरु कहाँ पुग्ने क्रम जारी रहेको छ ।
यसैक्रममा कट्टर हिन्दुत्वको नारासहित जय श्रीरामको नाम जाप गर्दै बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्यमा स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका दिवाकर शर्मा खनाल र राजकुमार रौनियारको चर्चा रहेको पाईन्छ ।
डुडुवा गाउँपालिका विभिन्न वडाहरुमा घरदैलो गर्ने क्रममा मतदाताहरुले जय श्रीरामको नाम लिंदै स्वतन्त्र उम्मेदवारद्वयलाई भब्य स्वागत गरेका छन् ।
प्रदेश सदस्य उम्मेदवार रौनियारका अनुसार यसपटक हिन्दुवादी शक्तिहरुले मात्र हमलाई मत दिएको अवस्थामा हामी पूर्ण बहुमतका साथ विजय हुने देखिएको छ । भगवान श्रीरामको चाहनाले गाउँका धेरै मतदाताहरुले नया“ अनुहारको खोजिरहेकै अवस्थामा हाम्रो उम्मेदवारीले उनीहरुमा आशाको नयाँ ऊर्जा प्रदान गरिरहेको बताएका छन् ।
विगत २० वर्षदेखि गाउँका जनताहरुसँग हामी प्रत्यक्ष रुपमा जोडिएको हुँदा समेत यसपटक हिन्दुवादी व्यक्तिहरुलाई मतदान गर्ने बताउँदै आईरहेको स्वतन्त्र उम्मेदवार रौनियारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *