नेपालगन्ज, १२ मंसिर – मधेेश मिडिया मिसन नेपाल बाँकेका सल्लाहकार तथा आजकाे सामना साप्ताहिकका प्रकाशक/सम्पादक अजयकुमार गुप्ता पुन: अस्पताल भर्ना भएका छन् ।
पारिवारिक स्राेतका अनुसार करीब ४० दिन अगाडि स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल हुँदै मित्र राष्ट्र भारतकाे लखनऊमा रहेकाे विवेकानन्द अस्पतालमा उपचाररत भई स्वास्थ्य सुधार पछि घरमा आराम गर्दै आईरहेका थिए ।
तर स्वास्थ्यमा पुन: समस्या देखिएपछि नेपालगन्जमा कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश नागकाे क्लीनिकमा चेकजाँच गरिएकाे तथा पत्रकार गुप्तालाई ज्वाराे आउने, ब्लडकाे कमी, पिसाबमा गडबडी लगायत समस्या देखिएपछि पुनः अस्पतालमा भर्ना गरिएकाे बताए ।
हाल पत्रकार गुप्ता डा. नागकाे क्लीनिक (शदाब एण्ड कम्पनिकाे माथिल्लाे तला) काे भवन, बेड नं. ६ मा भर्ना भई उपचाररत रहेकाे बताईएकाे छ ।