Friday, April 24सत्यम खबर
Shadow

अवधी

मासिक गजल गोष्ठी सम्पन्न

मासिक गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २८ माघ – नेपालगन्जमा रहेका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबको आयोजनामा नियमित मासिक गजल गोष्ठी माघ २८ गते शनिवार सम्पन्न गरेको छ ।गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा उर्दू भाषालाई प्रोत्साहनका लागी मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आईरहेको सोही अनुसार महेन्द्र पुस्तकालयको सभाहलमा गजल साहित्यकारहरुले गजल वाचन गरेका थिए । गजल गोष्ठीमा “चश्म –ए–हैराँ में है माभी का तमाशा अब तक” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।नेपालगन्जका वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा, सैयद असफाक रसूल नेपाली, आदील सरवर नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, अव्दुल हयात रसीद, लगायतका उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति शुक्र...
बाटो निर्माणका लागि ज्ञापन पत्र

बाटो निर्माणका लागि ज्ञापन पत्र

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ माघ – डुडुवा गाउँपालिका बेतहनी वडा नं. २ का वडाबासीहरुले समस्याको निकास छिटोछरितो होस भनी जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाएका छन् ।केही महिना अगाडी पूर्व मन्त्री मोहम्मद ईस्तियाक राईको कार्यकालमा डुडुवा गाउँपालिका वडा नं. २ को वडाबासीहरुलाई बाढीबाट राहत होस भनी ९ मिटर बाटो दुबैतर्फ नालासहित करीब ७०० मिटरको लम्बईसम्मको योजना शहरी विकास डिभिजन कार्यालयमार्फत सञ्चालन गर्ने भनिएको थियो ।सोही योजना अन्तर्गत ठेक्कापट्टा भई कार्य समेत शुभारम्भ गरिएको थियो । तर डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्वारा रोक्काको पत्र पाउन साथ काम रोकिएको तथा हालसम्म पनि सञ्चालन नभएको ज्ञापनपत्र बुझाउन गएकाहरुले बताएका छन् ।पीडित वडाबासीहरुका अनुसार यस बारे छिटो निकास होस भनी केही दिन अगाडी मात्र गाउँपालिका अध्यक्ष चौधरीलाई भेटेका थियौ । पालिका अध्यक्षले समेत काम सञ्चालन गराउ...
वर्षौ पछि हट्ने भयो भारतीय बाटो प्रयोग गर्ने बाध्यता

वर्षौ पछि हट्ने भयो भारतीय बाटो प्रयोग गर्ने बाध्यता

अवधी, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, २३ माघ - बाँकेको नरैनापुर गाउँपालिका आउनका लागि नरैनापुर-२ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको बताएका छन् । नरैनापुर गाउँपालिकाले ३ करोड लागतमा रोसनपूर्वाको रोड निर्माण सुरु गरेपछि स्थानीयहरु हर्षित भएका छन् ।गाउँपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाउँका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताउनु भयो ।रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँकाे भनाई रहेकाे थियो ।वर्षौपछि गाउँपालिकाले बाटोको निर्माण सुरु गरेपछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भन्नुभयो, “हाम्रा बच्चाहरु स्कु...
सामाजिक सुरक्षा भत्ता बितरण

सामाजिक सुरक्षा भत्ता बितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ६ माघ – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७९÷०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको छ ।गाउँपालिकाको ६ वटै वडाका लक्षित नागरिकलाई बिहिबारदेखि भत्ता वितरण शुरु गरिएको छ । भत्ता बितरण गर्ने बैंक मै पुगेर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभएको थियो ।गाउँपालिकामा सामाजिक भत्ता पाउने जेष्ठ नागरिकलाई बैंकसम्म सहज रुपमा पुर्याएर भत्ता ग्रहण गराएर पुनः घर मै छोड्ने सुबिधा समेत प्रदान गरिएको छ । भत्ता पाउने व्यक्तिहरुलाई नेपालगन्जको तीन वटा बैंक एनआईएमबि बैंक, ज्योति बिकास बैंक र कुमारी बैंकमार्फत भत्ता बितरण भइरहेको छ ।गाउँपालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा प्रमुख कौशल कैरातीका अनुसार गाउँपालिकाको ६ वटै वडाका जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता, एकल महिला, विधुवा गरि...
जानकी – २ मा २ महिने नि:शुल्क कम्प्युटर तालिम शुरु

जानकी – २ मा २ महिने नि:शुल्क कम्प्युटर तालिम शुरु

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, २७ पौष - बाँकेको जानकी गाउँपालिका वडा नं. २ कार्यालयको सहयोग तथा सहकार्य र एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजनामा २ नं. वडा भित्रका शिक्षित युवा तथा युवतीहरुका लागि २ महिने नि:शुल्क कम्प्युटर (बेसिक) तालिम शुरु गरेको छ । क्षमता अभिवृद्धिका लागि वडा भरीका इच्छुक युवा तथा युवतीहरुका लागि २ महिने ( बेसिक) कम्प्युटर तालिम बुधबारदेशि शुरु गरेको हो । तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले ब्यानर पढेर उद्घाटन गरेका थिए । साथै अथितीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । रारा कम्प्युटर एजुकेशन नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम उनीहरूले कम्प्युटर आन् गर्नेदेखि फोल्डर बनाएर नेपाली र अंग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता बनाउने लक्ष्य रहेको छ। तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गुप्त...
गौरवको सम्झनामा फाउण्डेशनद्वारा विविध कार्यक्रम

गौरवको सम्झनामा फाउण्डेशनद्वारा विविध कार्यक्रम

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ पौष – गौरवव स्मृति तथा वि योर सेल्फ पाउण्डेशन एउटा निस्वार्थ रुपमा सञ्चालन रहेको सामाजिक संस्था हो । जसको मुख्य उद्देश्य समाजमा चेतना लगाउनुका साथ साथै कही कतै कसलाई पीडा भएको छ भने महम लगाउन तमतयार भई तदारुकताका साथमा जुट्नु । हाल यस्तै यस्तै गतिविधिले गर्दा बाँके जिल्लामा मात्र नभई अन्यत्र समेत आफ्नो पहिचान बनाउन सफल गौरव स्मृति एण्ड वि योर सेल्फ फाउण्डेशनले महिलाहरुको समस्यालाई ध्यानमा राखी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को अवधी भाषी बाहुल्यता रहेको स्थानमा “सेवा नै धर्म, स्वास्थ्य नै जीवन” भन्ने ध्यायका साथ महिनावारी सम्बन्धी सचेतिकरण तथा निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त महिनावारी सम्बन्धी सचेतिकरण तथा निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राजकुमार साहुले यस्तो खाले कार्यक्रमले ...
प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यकाे छैठाैं पुण्यतिथीमा सहभागीद्वारा श्रद्धाञ्जली

प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यकाे छैठाैं पुण्यतिथीमा सहभागीद्वारा श्रद्धाञ्जली

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ पाैष - प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यलाई आईतवार छैठौं वार्षिक पुण्यतिथिमा सहभागीहरूद्वारा अश्रुपुरित श्रद्धाञ्जली अर्पण गरिएको छ ।प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज–७, बाँकेले स्व. श्री वैश्यको रानीतलाउ शहीद दशरथचन्द मार्गस्थित निज निवास अगाडि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।यो श्रद्धाञ्जली कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष तथा उनका छाेरा अजयकुमार गुप्ताको पहलमा भएको हो । आईतवार साँझ ५ बजे आयोजित भएको सो कार्यक्रम रानीतलाउ वडा नं. ८ मा रहेको बागेश्वरी ब्रास बैण्डका बैण्ड मास्टर नीरज वंशकारले राम धुन बजाई शुभारम्भ गरेका थिए ।सो पछि स्व. राम गोपाल वैश्यका साईंला भाई सुरेशकुमार गुप्ताले पहिले स्व. वैश्यको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । सो पछि उहाँका घनिष्ठ मित्र लालचन्द शर्मा, अवधी पत्रक...
जानकी २ मा साइकल वितरण कार्यक्रम सम्पन्न

जानकी २ मा साइकल वितरण कार्यक्रम सम्पन्न

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ८ पाैष – बाँकेको जानकी गाउँपालिका वडा नं. २ को आयोजनामा आज शुक्रबार २० जना छात्राहरूलाई साईकल वितरण गरिएकाे छ । जानकी गाउँपालिका वडा नं. २ का २० जना छात्राहरूलाई जानकी गाउँपालिका वडा नं. २ बेलभारमा एक भब्य कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी गाउँपालिका वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे हातबाट आज शुक्रबार हस्तान्तरण गरिएकाे छ । छात्राहरूलाई साईकल हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीकाे आशनबाट बाेल्दै वडा अध्यक्ष गुप्ताले भन्नुभयाे- वडाबाट गरिएकाे याे सानाे सहयाेगले छात्राहरूलाई पढाइ गर्न थप उर्जा प्रदान गर्नुका साथै घरदेखि विधालयसम्म पुग्न लाग्ने समयकाे समेत सदुपयाेग हुने विश्वास व्यक्त गर्नुभयाे । यसैगरी कार्यक्रमकाे उद्देश्य बारे जानकारी गराउँदै भन्नुभयाे- गाउँघरमा गरिबीका कारण, आर्थिक अवस्था कमजाेर हुनुकाे कारणले कतिपय घरपरिवारका छाेरीहरू कक्षा ५ भन्दामा...
प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यको वार्षिक पुण्यतिथी पाैष ९ गते हुने

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यको वार्षिक पुण्यतिथी पाैष ९ गते हुने

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ पौष - प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्यको वार्षिक पुण्यतिथिमा श्रद्धासुमन कार्यक्रम यही आईतवार पुष ९ गते उहाँको रानी तलाउ वडा नं. ७ स्थित आवास गृह अगाडि आयोजित हुने भएको छ । स्व. बैश्यको जन्म वि.स. २००१ मा भएको थियो उहाँको क्यान्सर रोगबाट वि.सं. २०७४।०९।०७ गते शुक्रवार दिन स्वर्गारोहण भएको थियो । यसरी उहाँको स्वर्गारोहण भएको झण्डै ६ वर्ष व्यतीत भईसकेको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. बैश्यको वार्षिक पुण्यतिथिमा सामाजिक सेवा कार्यका लागि केही वर्ष अघि प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज—७ जि.प्र.का. बाँकेबाट विधिवत दर्ता भएको थियो । यस प्रतिष्ठानको अध्यक्ष पदमा नन्दलाल बैश्य, उपाध्यक्ष पदमा अजयकुमार गुप्ता, सचिव पदमा रुद्र सुवेदी, सहसचिव पदमा आशा ढकाल, कोषाध्यक्ष पदमा अछरी पोखरेल, त्यस्तै नै सदस्य पदमा झलक गैरे, ग...
साहु समाजद्वारा हजारौंलाई फाईदा हुने धर्मशाला शिलान्यास

साहु समाजद्वारा हजारौंलाई फाईदा हुने धर्मशाला शिलान्यास

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ मंसिर – सकारात्मक साेंच भए जे पनि गर्न सकिन्छ भन्ने उदाहरणको प्रस्तुति हाल साहु समाज बाँकेले देखाउँदै आईरहेको छ ।केही समय अगाडी मात्र लुम्बिन प्रदेश वन मन्त्री सुरेन्द्र हमालमार्फत साहु समाजको शौचालय लगायत निर्माणका लागि १० लाख बजेट प्राप्त गरी निर्माण कार्य सम्पन्न गरेको समाजले प्रदेश सरकारको थप ४० लाख बजेटबाट धर्मशाला निर्माणका लागि आज बुधबार शिलान्यास कार्य सम्पन्न गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने असहाय, गरीब, आर्थिक अवस्था कमजोर भएका परिवारहरुका लागि विशेष योजनाका साथ निर्माण हुन लागेको धर्मशालाबाट सम्पूर्णले फाइदा लिन सक्ने साहु समाजका अध्यक्ष हंसराम साहुले बताउनुभयो ।समाजमा धेरै बोलेर भाषण गर्नुभन्दा केही सकारात्मक पहल गरी गरीबहरुको भलो हुने काम गर्नु तथा सोही काम अनुसार साहु समाजले निर्माण गर्न लागेको धर्मशालाले स्थानीयहरुलाई आउने दिनमा विवाह, व्र...