Thursday, June 18सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८२ माघ १७ गते, शनिबार रमेश कुमार बोहोरा भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेको यथार्थलाई अब बेवास्ता गर्न सकिने अवस्था छैन । लोकतन्त्रको मूल आधार मानिने निर्वाचन जब पैसाको प्रतिस्पर्धामा सीमित हुन पुग्छ, त्यही क्षणदेखि शासन प्रणालीको नैतिक धरातल कमजोर बन्छ र सार्वजनिक हितभन्दा निजी लगानीको प्रतिफल खोज्ने राजनीति संस्थागत हुँदै जान्छ । निर्वाचन आयोगले उम्मेदवारले अधिकतम कति खर्च गर्न पाउने भनेर हरेक निर्वाचनअघि सीमा तोक्दै आएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको प्रकृति हेरी २२ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । कानुनी र...
सुनारको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

सुनारको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ - नेकपा (एमाले) बाँके क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्धवार खगेन्द्र सुनारको अभिब्यक्तिप्रति भ्रत्सर्ना गर्दै कारवाहीको माग गर्नुभएको छ । लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्ब मन्त्री खत्रीले रास्वपाका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार सुनारले नेपालको राष्ट्रिय जनावर गाई काटेर खान पाउनुपर्ने भनि दिएको अन्तरवार्त नेपाली समाजमा सुहाउने बिषय नभएको टिप्पणी गर्नुभयो । प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै खत्रीले राष्ट्रिय जनावर गाई प्रति दिएको अभिव्यक्ति प्रति निर्वाचन आयोगको ध्यानार्कषण समेत गराउनुभयो । पुर्व मन्त्री खत्रीले सरकार छ भने यसखालका अभिब्यक्तिलाई गम्भिरता पूर्वक लिएर निगरानी गर्न सुझाव दिनुभयो । नेपालमा परापुर्वकालदेखी आदर र सम्मान गर्दै आइरहेको गाईलाई काटेर खान पाउनुपर्छ भन्ने अतिवाद...
खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ माघ – देशभरी रास्वपा नेता खगेन्द्र सुनारको ‘गाई खान पाउन पर्छ’ भन्ने सन्दर्भको भिडियो भाईरल भईरहेको अवस्थामा अहिले देशभरीबाट सनातनी हिन्दू धर्मावलम्बीहरुले बिरोध जनाउँदै बिरोधका गतिविधि सार्वजनिक भईरहेका छन् । यसैक्रममा बाँकेमा रहेको विश्व हिन्दू परिषद नेपालले प्रमुख निर्वाचन अधिकृतलाई खगेन्द्र सुनारको उम्मेदवारी खारेजी सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउने क्रममा विश्व हिन्दू परिषद नेपालका बाँके अध्यक्ष रामशंकर द्विवेदी, अधिवक्ता रामकुमार दीक्षित, कृष्णादेवी पाण्डे, मघई सिंह सरदारलगायत एक दर्शन बढी व्यक्तिहरुद्वारा निर्वाचन आयोग कार्यालय बाँके पुगी निर्वाचन प्रमुखलाई ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्रमा ‘उपर्युक्त सम्बन्धमा नेपालको संविधान, २०७२ को धारा ९ (३) मा “गाई“ राष्ट्रिय जनावर हुने भनी संवैधानिक प्रावधान रहेको छ । यसै गरी मुलुकी देवानी संहित...
हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ११ माघ – हिन्दू धर्म, संस्कृति तथा मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित “हिन्दू जनजागरण अभियान” को औपचारिक घोषणा गरिएको छ। उक्त अभियान हिन्दुत्व कर्तव्यसमिति अन्तर्गत सञ्चालन गरिनेछ। हिन्दुत्व कर्तव्यसमितिको बैठकले श्यम बस्नेत ज्यूको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गर्दै अभियानको घोषणा गरेको हो। समितिमा विभिन्न क्षेत्रका अनुभवी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ। अभियानका सचिव सन्तोष सिलवाल ले जानकारी दिँदै भन्नुभयो कि, “हिन्दू धर्म र संस्कृतिको रक्षा, युवामा चेतना अभिवृद्धि, सामाजिक सद्भाव र नैतिक मूल्यको प्रवद्र्धन हाम्रो मुख्य उद्देश्य हो। यस अभियानमार्फत हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नेछौँ।” उहाँका अनुसार, अभियानले केवल धार्मिक पक्ष मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नेछ। ...
नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुन

नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ माघ – नेपालगन्ज उपमहानगरपालिका वाटरपार्कमा आउने चैत्र २०, २१ र २२ गते ३ दिनसम्म होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके (हैन) को संयुक्त आयोजनामा नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुने भएको छ । यसै सन्दर्भमा नेपालगन्जमा सरोकारवालाहरु बीच बृहत छलफल कार्यक्रम समेत राखिएको थियो । उक्त सरोकारवालाहरु बीच राखिएको छलफल कार्यक्रममा नेपालगन्जमा रहेका होटल व्यवसायी, नाटा च्याप्टर बाँके, उद्योगीहरु, सञ्चारकर्मी लगायतहरुसँग सुझाव संकलन गरिएको थियो । नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना मार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका तारे होटल साना तथा मझौला होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै उपमहानगरपालिकाका व्यवसायीहरुको हक अधिकारको सुनिश्चितता हुने बताईएको थियो । फेस्टिबलले सामाजिक सेवा, तथा आम उपभोक्ताहरुको ...
नरैनापुर वडा नं.६ मा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरु

नरैनापुर वडा नं.६ मा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरु

आर्थिक, आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, ५ माघ - नरैनापुर गाउँपालिका वडा नं. ६ गंगापुर बाँकेको सहयोगमा र दर्पण समाज विकास नेपाल नरैनापुर -५ बाँकेको आयोजनामा आज सोमबारदेखि सुरु भएको छ | दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ का प्रमुख अतिथी नरैनापुर वडा नं.६ का वडा अध्यक्ष प्रेम चन्द्र मौर्यको प्रमुख अतिथित्व, दर्पण समाज विकास नेपाल बाँकेको अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक गणेश राज उप्रेती विशेष अतिथी, अतिथीहरु वडा सदस्य चुनमुन नाउँ,मायावती धोबी,वडा सचिव भारत राज गोराथोकी, कार्यालय सहायक सुजीत तिवारी, जय किसान मा.वि. भोजपूरका प्र.अ. तिरथ राम मौर्य,ने.रा.मा.वि. जमुनीका प्र.अ. अम्बर लाल यादव, नेपालगंज दैनिकका पत्रकार विनय प्रकाश दिक्षित, सामाजसेवी जेष्ठ नागरिक मान बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो| प्रतियोगितामा नर...
२५ वर्ष पछि उद्योग व्यापार प्रतिनिधि बोर्ड रुपैडिहाको चुनाव सम्पन्न

२५ वर्ष पछि उद्योग व्यापार प्रतिनिधि बोर्ड रुपैडिहाको चुनाव सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रुपैडिहा, ५ माघ – नेपालगन्जको सिमानासंग जोडिएको रुपैडिहा बजारमा व्यापारीहरुको संगठन उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि बोर्डको बहुप्रतिक्षित चुनाव २५ वर्षपछि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कडा प्रतिस्पर्धा वीच सम्पन्न चुनावको आइतवार राती घोषित परिणाम अनुसार अध्यक्ष पदमा शैलेश जायसवाल (कार) ले ४६५ मत प्राप्त गर्दै विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी योगेन्द्र शर्मा (लक) ले ३३२ मत प्राप्त गरे ।,त्यस्तै महासचिव पदमा सन्तोष अग्रवाल (काइट) ले ४९९ मत प्राप्त गरी विजयी भए। शाहिद हाशमी (मोटरसाइकल) ले २८९ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा सोनु कौशल (वाच) ले ४६४ मत प्राप्त गरी विजयी भए भने गुलाम वारिस (हवाइजहाज) ले ३३० मत प्राप्त गरेर पराजित भए । कोषाध्यक्ष सहित ११ सदस्य पदका लागि छब्बीस जना उम्मेदवारहरू मैदानमा थिए । निर्वाचित सदस्यहरुमा ऋषभ कौशल (कैंची) ५६९, शिवम गुप्ता (तीर) ५...
२८औँ भूकम्प सुरक्षा दिवसः भूकम्प उत्थानशीलताबारे विशेष संवाद

२८औँ भूकम्प सुरक्षा दिवसः भूकम्प उत्थानशीलताबारे विशेष संवाद

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदै आएको २८औँ भूकम्प सुरक्षा दिवसको सन्दर्भमा आईतबार रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जमा विशेष संवाद कार्यक्रम आयोजना गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेसँगको समन्वयमा, भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) र रेडियो कृष्णसार एफएमको सहकार्यमा तथा मानवीय सहायता साझेदारी मञ्चको सहयोगमा आयोजना गरिएको उक्त विशेष संवाद कार्यक्रम रेडियो कृष्णसार एफएमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । वि.सं. १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको विनाशकारी महाभूकम्पको स्मरण गर्दै आयोजना गरिएको संवादमा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी, सुरक्षित भवन निर्माण र समुदायको भूमिकाबारे गहन छलफल गरिएको हो । नेपाल सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा ...
धार्मिक पर्यटक स्थल सन्तानेश्वरमा बृहत सरसफाई

धार्मिक पर्यटक स्थल सन्तानेश्वरमा बृहत सरसफाई

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – बाँके जिल्लाको विकट मानिएको पालिका नरैनापुर गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल भगवान शिवको मन्दिर सन्तानेश्वरमा युवाहरुले बृहत सरसफाई कार्यक्रम शनिबारका दिन सम्पन्न गरेका छन् । उक्त सन्तानेश्वर मन्दिर प्रा·ण सम्म पुग्ने श्रद्धालुहरुले बाटोमा गरेका फोहोरहरुको बृहत सरसफाई अभियान कै रुपमा युवाहरुले हातेमालो गर्दै शनिबार सरसफाई अभियान चलाई करीब २५ बोरा फोहोर संकलन गरेका छन् । बाँके जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर भ्रमणको क्रममा त्यहाँ जथाभावी छरिएको फोहोर प्लास्टिक्सको खोस्टा र प्लास्टिक बोत्तलहरुको सरसफाई तथा उचित ब्यवस्थापनको लागि हाम्रो नेपालगन्जका युवा, सचेत नागरिकहरुको संयुक्त अभियानमार्फत सरसफाई गरिएको थियो ।, बृहत सरसफाई कार्यक्रममा शिरिष बुढाथोकी, पारश बिक्रम अर्याल, सन्देशराज मल्ल, राहुल बुढाछेत्री, नवरा...
सत्य रोज्ने क्षण

सत्य रोज्ने क्षण

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
कविता **** नाराहरू उडिरहे कागजका पतंगझैँ, रङ्गीचङ्गी, चम्किला, तर डोरी काटिएपछि सबै आकाशमै हराए। कसैले भन्यो सिङ्गापुर बनाउँछु, कसैले जापान, तर देश उभियो बेरोजगार हात र रित्तो भाँडोबीच भोकै रात काट्दै। कसैले नयाँ नेपालको नक्सा कोर्‍यो, स्विट्जरल्यान्डको सपना सुनायो, जातको नाममा नदी बाँड्न खोज्यो, तर त्यो नक्सा रगतले भिजेको कागज बन्यो, सपना जनताको निद्रै हराउने दुःस्वप्न। कसैले भने युवालाई अमेरिका पठाउँछु, न्यायको ढोका खोल्छु, भ्रष्टाचार शून्य बनाउँछु, तर फर्किए युवाहरू ताबूत बनेर, न्याय फाइलभित्र थुनियो, र शून्य भनेको ईमानदारी मात्र रहेछ। कसैले सुखी नेपालीको गीत गाए, अब कसैले रुनु पर्दैन भने, तर देश रोइरह्यो तुईन झुन्ड्याएर, घुसको डोरीले बाँधिएर, बतास, ओम्नी र यतिका छायाँमा थिचिएर। ...