Thursday, January 29सत्यम खबर
Shadow

नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुन

नेपालगन्ज, ९ माघ – नेपालगन्ज उपमहानगरपालिका वाटरपार्कमा आउने चैत्र २०, २१ र २२ गते ३ दिनसम्म होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके (हैन) को संयुक्त आयोजनामा नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुने भएको छ ।
यसै सन्दर्भमा नेपालगन्जमा सरोकारवालाहरु बीच बृहत छलफल कार्यक्रम समेत राखिएको थियो । उक्त सरोकारवालाहरु बीच राखिएको छलफल कार्यक्रममा नेपालगन्जमा रहेका होटल व्यवसायी, नाटा च्याप्टर बाँके, उद्योगीहरु, सञ्चारकर्मी लगायतहरुसँग सुझाव संकलन गरिएको थियो ।

नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना मार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका तारे होटल साना तथा मझौला होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै उपमहानगरपालिकाका व्यवसायीहरुको हक अधिकारको सुनिश्चितता हुने बताईएको थियो ।

फेस्टिबलले सामाजिक सेवा, तथा आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखि गुणस्तरिय सेवा र सुविधा प्रदान गर्ने लक्ष्यका साथै लोक संस्कृति, कलाको विकास र उत्थानमा क्रियाशिल पर्यटन व्यवसायको अभिबृद्धिको उद्देश्य राखि होटल व्यवसायीहरुको हक अधिकारका लागि सक्रिय भूमिका निर्वाह हुने आशा रहेको छलफलमा बताईएको थियो ।

नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभलको लागि आगामि मिति २०८२ चैत्र २०, २१ र २२ गते ३ दिनसम्म संयुक्त आयोजना हुने कार्यक्रम सञ्चालन गर्न अनुमति पाईसकेको जानकारी गराईएको थियो ।

आज सम्पन्न गरिएको सरोकारवालाहरु बीचको छलफलबाट फेस्टिभललाई सभ्य भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिने जनाईएको थियो भने फेस्टिभल सुशिल कोइराला प्रवेशद्धारदेखि पश्चिम तर्फको वाटरपार्क क्षेत्र सम्म लगाईने आयोजकद्वारा जनाईएको छ ।

उक्त सरोकारवालाहरु बीच छलफल कार्यक्रममा होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल र होटल संघ नेपाल, बाँके (हैन)का अध्यक्ष दिवाकर खनालको संयुक्त अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *