असल शासन क्लबका पूर्व अध्यक्षहरुको भेला सम्पन्न
नेपालगन्ज, २४ माघ – असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न भयो ।
बास नेपालको केन्द्रीय कार्यालयमा बाँकेमा रहेका असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न भएको हो । असल शासन क्लब जिल्ला समन्वय समिति बाँकेका संस्थापक अध्यक्ष तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न असल शासन क्लबका पूर्ब अध्यक्षहरुले अनुभव सुनाएका थिए ।
प्रो पब्लिकको असल शासन कार्यक्रम अन्तर्गत २०५६ सालदेखि २०६५ सालसम्म बाँकेका बिभिन्न साविकका गाविस र नगरपालिकामा ६२ वटा असल शासन क्लबहरु कार्यरत थिए ।
बास नेपाल बाहेक सबै क्लबहरु निष्क्रिय रहेको हालको अवस्थामा असल शासन क्लबहरुले पु¥याएको योगदानको चर्चा गर्नका लागि भेला आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्...









