जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा
रमेश कुमार बोहोरा
मितिः २०८२ कार्तिक २ गते, आईतबार
हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ । विश्वका हरेक मुलुकमा हुने राजनीतिक परिवर्तनको मूल ध्येय यही हो ।
नेपालको राजनीतिक इतिहासममा ४० को दशकयता थुप्रै परिवर्तन भयो । ती परिर्वनहरुमध्ये २०८२ भदौ २३-२४ को जेनजी क्रान्ति अभूतपूर्व रह्यो । असंगठित समूहको यो क्रान्तिले व्यवस्थाको साटो जनताको अवस्था परिवर्तनको माग राखेको थियो । वर्तमान राजनीतिक प्रणालीका केही आधारभूत पक्षहरुको सुधार चाहेको थियो र छ ।
२४ घण्टामै सत्ता ढल्ने गरी भएको जेनजी क्रान्ति वा आन्दोलन नेपालको राजनीतिक र सामाजिक इतिहासमा अद्वितीय र असामान्य घटना बन्न पुग्यो । आन्दोलनका पृष्ठभूमिहरु जेजस्तो थियो भनिए पनि अप्रमाणिक ती कथित विश्लेषणहरुको कुनै अर्थ छैन र देश अहिले नयाँ मोडमा उभिएको छ...






